Wednesday, February 22, 2023

येशू ख्रीष्टकाे ईश्वरत्व र मनुष्यत्व

 



आज मानिसहरूमा येशू ख्रीष्टकाे बारेमा निम्न भ्रमहरू पाईन्छन,

1. येशू ख्रीष्ट पुर्ण मनुष्य मात्रै हुनुहुन्छ ।

2. येशू ख्रीष्ट पुर्ण परमेश्वर मात्रै हुनुहुन्छ ।

3. येशू ख्रीष्ट आधा मनुष्य र आधा परमेश्वर हुनुहुन्छ ।


तर बाइबलले यी तीनवटै विचारलाई रद्ध गर्दछ ।

किनकि सम्पुर्ण बाइबलले येशू ख्रीष्ट एकसाथ “पुर्ण मनुष्य” र “पुर्ण परमेश्वर” हुनुहुन्छ भनेर यसरी अभिलेख राखेको छ ।


पुर्ण (100%) परमेश्वर :

(युहन्ना 1:1-3, 14 , 8:58, 10:30-33  मर्कुस 14:60-64, लुका 12:8-9, कलस्सी 1:15-201)


पुर्ण (100%) मनुष्य :

(मत्ती 1:18-25, 4:2, 26:37, मर्कुस 9:21, युहन्ना 4:6, 19:34)


यसकारण येशू ख्रीष्टलाई “इम्‍मानुएल” पनि भनिन्छ । यसकारण लेखिएको छ -

“हेर, एउटा कन्‍याले गर्भधारण गर्नेछिन, र त्‍यसले एउटा पुत्र जन्‍माउनेछिन, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्‍वर हामीहरूसँग।”

[मत्ती 1:23, यशैया 7:14]


यसकारण संसारमा आउनुहुँदा ख्रीष्‍टले भन्‍नुभयो, “बलि र भेटीहरू तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्‍ति एउटा शरीर तयार पार्नुभएको छ।”

[हिब्रू 10:5]


निष्कर्ष :

येशू ख्रीष्ट - “परमेश्वर मानव शरीरमा” हुनुहुन्छ !

Jesus Christ - God In Human Flesh.



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...