प्रेरितहरूको विश्वासको सार :
प्रेरितहरूको विश्वासको आधारभूत सिद्धान्तहरूको अद्भुत सारांश हो। अंग्रेजीमा धेरै संस्करणहरू अवस्थित छन - यहाँ धेरै चर्चहरू द्वारा प्रयोग गरिएको छ।
प्रेरितहरूको पंथ सम्भवतः नोस्टिकवाद (येशू पूर्ण रूपमा मानव थिएन भन्ने विश्वास) को विरोध गर्न उत्पत्ति भएको हो, तर चाँडै चर्चको केन्द्रीय सिद्धान्त बन्यो। यसको उत्पत्तिको सही मिति अज्ञात छ, यद्यपि यो कम्तिमा तेस्रो वा चौथो शताब्दी ईस्वी जत्तिकै पुरानो हो।
म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान पिता, (मत्ती 5:45)
स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि, (उत्पत्ति 1:1; राेमी 1:20)
अनि उहाँका एकले पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, (मत्ती 3:17)
जो पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो, (लुका 1:35)
कन्ये मरियमदेखि जन्मनुभयो, (लुका 2:7)
जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, (युहन्ना 19:16)
जो क्रूसमा टाँगिनुभयो, मर्नुभयो अनि गाडिनुभयो, (युहन्ना 19:29-42)
उहाँ नरकमा जानुभयाे, (1 पत्रुस 3:19-20; भजन 116:3, एफेसी 4:9)
तेस्रो दिन उहाँ मृत्युबाट बौरी उठ्नुभयो, (मत्ती 28:1-10; युहन्ना 20:11-18)
स्वर्गमा चढ़िजानुभयो, (लुका 24: 51)
अनि सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, (मर्कुस 14:36, हिब्रू 1:3)
जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनुहुनेछ। (मत्ती 16:27; प्रेरित 1:11)
म विश्वास गर्दछु, पवित्र आत्मामाथि; (युहन्ना 14: 15-20; प्रेरित 1:7-8)
पवित्र मण्डलीमाथि; (मत्ती 16: 18-19; एफेसी 5: 26-27; कलस्सी 1:24)
पवित्रहरूको सङ्गतिमाथि; (मत्ती 28:19-20; 2 काे. 11:13; 1 काे. 15:33)
पाप मोचनमाथि, (लुका 7:48, 1 युहन्ना 1:8-9)
शरीरको पुनरुत्थानमाथि, (1 काे. 15:51-54; 1 थेस. 4:13-18)
र अजम्मरी जीवनमाथि। (1 युहन्ना 5:20, युहन्ना 3:16)
आमिन ।
* एक ख्रीष्टियन विश्वासी (मण्डली) प्रेरितहरूको विश्वासको सार भित्र सुरक्षित छ।
* याे बाइबलकाे शिक्षा र सिद्धान्त बिपरित मण्डली भित्र फैलिरहेकाे झुठो शिक्षाहरूबाट विश्वासीहरूलाई सुरक्षित राख्न त्यस समयका मण्डलीका अगुवाहरूले तैयार पारेका थिए।
यसकारण लेखिएको छ,
“यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौ।
त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ।
उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ।
अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ।”
[एफिसी 2:19-22]
#The #Apostles' #Creed #Old #Is #Gold !

No comments:
Post a Comment