Thursday, February 16, 2023

चर्चमा पैसा पाइन्छ, बोरा लिएर आउनुस !

 



२०५८ साल तिरको कुरा हो । मेरो एकजना सहपाठी मित्रले सधै सोध्नु हुन्थियो, “सर, हजुरले चर्चमा पैसा पाउनु हुन्छ रे नि?” “हो नि ! तपाई आउनु भयो भने तपाईले पनि पाउनु हुन्छ ।”


“एक दिन अलि ठुलै पर्स लिएर जाउँला, तपाई पनि चर्चबाट पैसा लिएर आउनु होला” मैले भन्थे । एक दिन उहाँले साँच्चै चर्च जाने विचार गर्नु भो । उहाँ र म बिर्तामोडको एउटा स्थानीय चर्चमा गयौँ । धुमधामसँग भजन गायौँ । सङ्गती आधा हुन लगेको थियो होला, एकजना जवान भाई झोला लिएर भेटि उठाउदै हाम्रो छेउ आईपुगे । त्यो बेला मेरो भेटि हाल्ने औकात २० रुपैया मात्र थियो । तर मैले आँट गरेर रु १०० भेटिको झोलामा हाले । मेरा मित्रले त्यो दृश्य राम्ररी हेर्नू भो । उहाँले मलाई सोध्नु भयाे, “मैले पनि भेटि हाल्नु पर्छ ?” मेरो उत्तर थियो “तपाईको आफ्नो बिचार हो।” उहाँले फेरि अर्को प्रस्न राख्नु भो, “होइन, कति हाल्नु पर्ने हो ?” मैले भने “मैले कति हाले देख्नु भो होइन त !” उहाँले पनि १०० को नोट पर्सबाट निकाल्नु भो र भेटिको झोलामा खसाल्नु भो ।


सङ्गती सकेर कोठा जाँदै गर्दा मैले बाटामा उहाँलाई सोधे “कति पैसा पाउनु भो त ?” उहाँको उत्तर थियो, “तपाई पनि हावा कुरा नगर्नु न।” मैले उहाँलाई धाप मारेर भने, “आजदेखि उता तपाईं पनि चर्चमा पैसा पाइन्छ भनेर हावा कुरा कहिल्यै नगर्नु होला।”


त्यसपछी उहाँले यस्तो हावा कुरा फेरि कहिल्यै गर्नु भएन । आज पनि हाम्रो मित्रता उतिकै बलियो छ । हामी भेट हुँदा एक अर्कालाई यो घटनाको बारेमा याद गराउँछौ र पेट मिचिमिचि हास्छौँ ।

* यसैले चर्चमा जाँदा पैसा पाउने हाेईन, तर दिनुपर्छ। साथै पैसा दिने मात्रै हाेईन, तर सम्पुर्ण जीवन नै अर्पण गर्नुपर्छ।


यसकारण लेखिएको छ,

तब येशूले सबैलाई भन्‍नुभयो, “कोही मपछि आउने इच्‍छा गर्छ भने त्‍यसले आफूलाई इन्‍कार गरोस, र दिनहुँ आफ्‍नो क्रूस बोकेर मेरो पछि लागोस।” [लूका 9:23]


“यदि कोही मकहाँ आउँछ, र आफ्‍ना बुबा, आमा, पत्‍नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्‍नै प्राणलाई समेत तुच्‍छ ठान्‍दैन भने, त्‍यो मेरो चेला हुन सक्‍दैन।

जुन व्‍यक्ति आफ्‍नो क्रूस बोकेर मेरो पछि लाग्‍दैन, त्‍यो मेरो चेला हुन सक्‍दैन।” [लूका 14:26-27]

साभार : http://merogod.com/index.php/2018/05/15/4423/

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...