1. उहाँसँग कुनै दासहरू थिएनन, तर पनि मानिसहरूले उहाँलाई मालिक भनि सम्बाेधन गरे।
2. उहाँसँग कुनै डिग्री थिएन, तर पनि मानिसहरूले उहाँलाई गुरू भनि सम्बाेधन गरे।
3. उहाँसँग कुनै औषधी थिएन, तर पनि मानिसहरूले उहाँलाई चिकित्सक भनि सम्बाेधन गरे।
4. उहाँसँग कुनै सेना थिएन, तर पनि राजाहरू उहाँसँग डराउँथे।
5. उहाँले कुनै युद्ध जीत्नु भएन, तर पनि उहाँले संसारमाथि विजय पाउनुभयाे।
6. उहाँले कुनै अपराध गर्नु भएन, तर पनि मानिसहरूले उहाँलाई क्रुसमा चढाए।
7. उहाँलाई चिहानमा दफन गरियाे, तर आज पनि उहाँ जीवित हुनुहुन्छ।
1. रसायनशास्त्रमा, उहाँले पानीलाई दाखरसमा परिणत गर्नुभयो।
2. जीवविज्ञानमा, उहाँ प्राकृतिक गर्भधारण बिना जन्मनुभयाे।
3. भौतिकशास्त्रमा, उहाँले स्वर्गमा आरोहण गर्दा गुरुत्वाकर्षणको नियमलाई खण्डन गर्नुभयो।
4. अर्थशास्त्रमा, उहाँले 5000 मानिसहरूलाई दुई माछा र 5 रोटी खुवाएर ह्रासमान प्रतिफलको नियमलाई गलत साबित गर्नुभयो।
5. औषधि बिज्ञानमा, उहाँले बिरामी र अन्धाहरूलाई औषधि नदिई निको पार्नुभयो।
6. इतिहासमा, उहाँ आदि र अन्त्य हुनुहुन्छ।
7. राजनीतिमा, उहाँ राजाहरूका राजा, प्रभुहरूका प्रभु, अद्भुत सल्लाहकार, र शान्तिका राजकुमार हुनुहुन्छ।
8. धर्ममा, उहाँद्वारा बाहेक कोही पनि परमेश्वर पिताकहाँ जान सक्दैन।
* यसैले येशू ख्रीष्ट इतिहासकै सबैभन्दा महान व्यक्ति हुनुहुन्छ र उहाँ नै मानिसको शरिरमा आउनुभएको सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ।
र अन्तमा तपाईंकाे निम्ति याे प्रश्न छ कि,
के तपाईंले इतिहासकै सबैभन्दा महान व्यक्ति येशू ख्रीष्टलाई चिन्नुभयाे ?
यसकारण फिलिप्पी 2:5-11 मा लेखिएको छ,
“तिमीहरूमा यस्तो मन होस, जो ख्रीष्ट येशूमा पनि थियो।
परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन।
तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो।
स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो।
त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ,
कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।”
.jpg)
No comments:
Post a Comment