एक समय प्रभुको महान सेवक जाेन वेस्लीले एउटा सपना देखे। जुन सपनामा उनी नरककाे ढाेकाकाे छेऊमा उभिएका थिए। उनले त्यहाँबाट भित्र साेधे, “के यहाँ काेही प्रेस्विटेरियनहरू छन?”
“हाे, तिनीहरू यहाँ धेरै छन।” भित्रबाट जवाफ आयाे।
उनले फेरि भित्र साेधे, “के यहाँ काेही चर्च अफ इंगल्याण्डका सदस्यहरू छन ?”
“हाे, तिनीहरू यहाँ धेरै नै छन।” भित्रबाट जवाफ आयाे।
उनले फेरि साेधे, “के यहाँ काेही ब्याप्टिष्तहरू छन ?”
“हाे, तिनीहरू पनि यहाँ धेरै नै छन।” भित्रबाट फेरि जवाफ आयाे।
उनले फेरि साेधे, “के यहाँ काेही वेसलियनहरू पनि छन ?”
“हाे, तिनीहरू मध्ये यहाँ धेरै संख्यामा छन।” भित्रबाट पुनः जवाफ आयाे।
यी उत्तरहरूले निराश जाेन वेसलीले फेरि आर्काे सपना देख्छन। यस समय उनि स्वर्गकाे ढाेकाकाे छेउमा उभिएका थिए। उनले यहाँ पनि ती पहिलेकै प्रश्नहरू स्वर्गदुतलाई दाेहाेराए तर उनलाई हरेक पटक त्यही नै दुःखदायी उत्तर मिल्याे, “अंह ! एक जना पनि छैनन।”
“यदि प्रेस्विटेरियनहररू, चर्च अफ इंगल्याण्ड, ब्याप्टिष्तहरू, वेसलियनहरू काेही पनि छैनन भने स्वर्गमा काे-काे छन त ?” जाेन वेसलीले आश्चार्य मान्दै साेधे।
तब स्वर्गदुतहरूले जवाफ दिए, “जुन नाम तपाईंले हामीलाई बताउनुभयो, तिनिहरूकाे बारेमा हामी केही पनि जान्दैनाैं। तर यहाँ जसले प्रभु येशू ख्रीष्ट लाई प्रेम गर्दछन, तिनिहरूकाे संख्या धेरै नै छन।”
शिक्षा :
आज संसार भरि लगभग 45,000 भन्दा बढी मानव निर्मित ख्रीष्टियन सम्प्रदायहरू छन। सम्प्रदायहरू आफैमा गलत त हाेईन, तर आफ्नै सम्प्रदायलाई मात्रै सर्वेसर्वा र हर्ताकर्ता ठान्ने साेँच भने गलत हाे। आज धेरै विश्वासी तथा अगुवाहरूमा आफ्नै सम्प्रदाय नै साँचो सम्प्रदाय हाे, अरू सम्प्रदाय सबै गलत र झुठो हाे भन्ने साेँच पनि छ। मानिसहरूलाई स्वर्ग लाने र नरक हाल्ने ठेक्का आफैसँग मात्रै भएको जस्तो व्यवहार गर्ने सम्प्रदायहरू पनि अनगिन्ती छन। याे विचार एक धार्मिक अतिवाद हाे र आत्मिक घमण्ड पनी! यस्तो साेँच राख्नेहरूकाे पतन निश्चित छ।
यदि हामीले आफ्नो सम्प्रदायलाई परमेश्वरभन्दा बढी प्रेम गरिरहेका छाैँ भने हामीले फेरि एउटा बाबेलकाे धरहरा बनाउँदै छाैँ, जसलाई परमेश्वरले एकदिन ढाल्नु हुनेछ।
हामी जुन सम्प्रदायबाट विश्वासमा आयाैँ त्यो सम्प्रदायलाई आदर गराैँ तर प्रभु येशू ख्रीष्ट र उहाँको वचन बाइबललाई सबैभन्दा बढी प्रेम गराैँ। किनकि स्वर्गमा यस संसारकाे कुनै सम्प्रदायकाे अस्तित्व र महत्त्व छैन। सम्प्रदायकाे एकमात्र लक्ष्य भनेको मानिसहरूलाई आफैसँग मात्रै जाेड्नु हाेईन, तर येशू ख्रीष्ट र बाइबलकाे वचनसँग सम्बन्ध जाेड्नु हाे।
हामी आफ्नाे सम्प्रदाय प्रति जति धेरै समर्पित भएतापनि न्यायकाे दिन स्वर्गमा हामी येशू ख्रीष्ट र बाइबल प्रति कति समर्पित थियौं भन्ने कुराकाे जाँच बढी हुनेछ।
त्यसोभए, मेरो साथी, यदि तपाईं नरकबाट बच्न र स्वर्गमा प्रवेश गर्न चाहनुहुन्छ भने, तपाईंले पनि प्रभुलाई चिन्नुपर्छ र उहाँलाई प्रेम गर्नुपर्छ। सम्प्रदायवाद पर्याप्त हुनेछैन। केबल येशू ख्रीष्टले मात्रै तपाईंलाई बचाउन सक्नुहुन्छ।
यसकारण लेखिएको छ,
येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।”
येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन।”
[यूहन्ना 3:3,5]

No comments:
Post a Comment