Thursday, February 23, 2023

बाइबलकाे 66 पुस्तकमा येशू ख्रीष्टकाे छाँया

 



पुरानो करार 


उत्पत्ति - येशू ख्रीष्ट जीवनकाे स्वास हुनुहुन्छ ।

प्रस्थान - निस्तार चाडको पाठाे हुनुहुन्छ ।

लेवी - हाम्रो प्रधान पुजारी हुनुहुन्छ ।

गन्ती - बादल र आगाेकाे खम्बा हुनुहुन्छ ।

व्यवस्था -  हाम्रो निम्ति श्राप बन्नेवाला हुनुहुन्छ ।

यहाेशू - हाम्रो मुक्तिको कप्तान हुनुहुन्छ ।

न्यायकर्ता -  अन्यायमा परेको बेला छुटकारा दिनेवाला हुनुहुन्छ ।

रूथ - नजिककाे नातेदार हुनुहुन्छ ।

१ र २ शमूएल - विश्वासयाेग्य भविष्यवक्ता हुनुहुन्छ ।

१ र २ राजा - हामीमाथि राज्य गर्नेवाला राजा हुनुहुन्छ ।

१ र २ इतिहास - महिमित मन्दिर हुनुहुन्छ ।

एज्रा - स्वतन्त्रता घाेषणा गर्ने पुजाहारी हुनुहुन्छ ।

नहेम्याह - मानिसको भट्किएका जीवनको पुनर्निर्माणकर्ता हुनुहुन्छ ।

एस्तर - माेर्दकै जस्तो हाम्रो सल्लाहकार हुनुहुन्छ ।

अय्यूब - छुटकारा दिनेवाला हुनुहुन्छ ।

भजनसंग्रह - हाम्रो असल गाेठालाे हुनुहुन्छ ।

हितोपदेश - हाम्रो ज्ञान हुनुहुन्छ ।

उपदेशक - जीवनकाे अर्थ हुनुहुन्छ ।

श्रेष्ठगीत - हाम्रो आत्माकाे असल प्रेमी हुनुहुन्छ ।

यशैया - शान्तिका राजकुमार हुनुहुन्छ ।

यर्मिया - ईन्कार गरिएको सन्देश वाहक हुनुहुन्छ ।

विलाप - रूनेवाला भबिस्यबक्ता हुनुहुन्छ ।

इजकिएल - चार मुख भएको अचम्मको मानिस हुनुहुन्छ ।

 दानियल - नरककाे आगाेदेखि बचाउनेवाला हुनुहुन्छ ।

होशे - विश्वासयाेग्य पति हुनुहुन्छ ।

याेएल - पवित्र आत्मा र आगाेको बप्तिस्मा दिनेवाला हुनुहुन्छ ।

आमोस - हाम्रो बोझ उठाउनेवाला हुनुहुन्छ ।

ओबदिया - दुष्ट काम गर्नेहरूकाे न्यायाधीश हुनुहुन्छ ।

याेना - क्षमा गर्नुहुनेवाला परमेश्वर हुनुहुन्छ ।

मीका - बेथलेहेममा जन्मनुहुने अनन्तका परमेश्वर हुनुहुन्छ ।

नहूम - क्रोधको दिनमा हाम्रो शरणस्थान हुनुहुन्छ ।

हबककुक - जागृति ल्याउनुहुने प्रचारक हुनुहुन्छ ।

सपन्याह - जलन राख्नेवाला प्रभु हुनुहुन्छ ।

हाग्गै - सफा गर्ने झरना हुनुहुन्छ ।

जकरिया - अनुग्रहकारी पिता हुनुहुन्छ ।

मलाकी - धार्मिकताकाे पुत्र हुनुहुन्छ ।


नयाँ करार


मत्ती - येशू ख्रीष्ट मसिह राजा हुनुहुन्छ ।

मर्कूस - आश्चार्य कामहरू गर्नेवाला हुनुहुन्छ ।

लूका - मानिसको पुत्र हुनुहुन्छ ।

यूहन्ना - परमेश्वर शरिरमा प्रकट हुनुहुन्छ ।

प्रेरित - संसारकाे मुक्तिदाता हुनुहुन्छ ।

रोमी - परमेश्वरकाे धर्मिकता हुनुहुन्छ ।

१ कोरिन्थी - अन्तिम आदम हुनुहुन्छ ।

२ कोरिन्थी - सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ ।

गलाती - व्यवस्थाबाट स्वतन्त्र गर्नेवाला हुनुहुन्छ ।

एफेसी - मण्डलीको शिर हुनुहुन्छ ।

फिलिप्पी - हाम्रो जीवनकाे आनन्द हुनुहुन्छ ।

कलस्सी - सृष्टिकर्ता हुनुहुन्छ ।

१ थिस्सलोनिकी - अन्तिम दिनहरूमा सान्त्वना दिनेवाला हुनुहुन्छ ।

२ थिस्सलोनिकी - फेरि फर्केर आउनेवाला राजा हुनुहुन्छ ।

१ तिमोथी - परमेश्वर र मानिस बिचको मध्यस्थकर्ता हुनुहुन्छ ।

२ तिमोथी - विश्वासयाेग्य अगुवा हुनुहुन्छ ।

तीतस - हाम्रो धन्य आशा हुनुहुन्छ ।

फिलेमोन - भाईभन्दा नजिककाे मित्र हुनुहुन्छ ।

हिब्रू - अनन्त करारकाे रगत हुनुहुन्छ ।

याकुब - हाम्रो विश्वासको जग हुनुहुन्छ ।

१ पत्रुस - कष्टकाे बेला हाम्रो आशा हुनुहुन्छ ।

२ पत्रुस - प्रधान गोठालो हुनुहुन्छ ।

१ यूहन्ना - हाम्रो अनन्त जीवन हुनुहुन्छ ।

२ यूहन्ना - हाम्रो जीवनकाे ढाँचा हुनुहुन्छ ।

३ यूहन्ना - हाम्रो जीवनकाे प्रेरणा हुनुहुन्छ ।

यहूदा - न्यायकर्ता हुनुहुन्छ ।

प्रकाश - राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ ।


यसकारण लेखिएको छ,

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन, अर्थात मोशाको व्‍यवस्‍था, अगमवक्ता र भजनका पुस्‍तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ।” [लूका 24:44]

“तब मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्‍त्रमा आफ्‍नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो।” [लूका 24:27]

“तिमीहरू धर्मशास्‍त्रमा खोजी गर्दछौ, किनभने त्‍यहाँ अनन्‍त जीवन पाइन्‍छ भनी तिमीहरू ठान्‍छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्‍त्र हुन।” [यूहन्ना 5:39]

“तब मैले भने, ‘हेर्नुहोस, हे परमेश्‍वर, पुस्‍तकको मुट्ठोमा मेरो बारेमा लेखिएजस्‍तै तपाईंकै इच्‍छा पूरा गर्न म आएको छु’।” [हिब्रू 10:7]



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...