Tuesday, February 14, 2023

मनतातो विश्वासीकाे चिन्हहरू :

 



1. चर्चमा भेटी चढाउनको लागि  १० रूपैयाँ पनि बढी हुन्छ,

तर १००० रूपैयाँको अनावश्यक किनमेल गर्दा पनि धेरै कम खर्च गरे झैँ लाग्छ ।


2. दुई घण्टाको समय निकालेर प्रार्थना गर्न कठिन काम हो जस्तो लाग्छ,

तर ३-६ घण्टाको चलचित्र हेर्दा कुनै बोरिङ हुँदैन ।


3. प्रार्थना गर्नको लागि पर्याप्त शब्दहरू पाइदैनन,

तर अरूको बारेमा गफ गर्न, कुरा काट्न, अनावश्यक अफवाह फैलाउन भने पर्याप्त शब्दहरू पाइन्छन ।

 

4. स्तुति-आराधना, वचनका सेवाहरू सामान्यभन्दा लामो भयो भने झर्काे लाग्छ, बोरिंग हुन्छ,

तर TV, TikTok, Instagram, Facebook, Youtube इत्यादिमा दिन-रात घण्टौ बिताए तापनि समय कम लाग्छ ।


5. बाइबलबाट एउटा अध्याय पढ्न गाह्रो हुन्छ,

तर २५० पृष्ठ लामो उपन्यास एकै रातमा नसके खानै मन लाग्दैन ।


6. चर्चमा अन्तिम सिटमा बस्न मनपर्छ,

तर सांस्कृतिक तथा अन्य कार्यक्रममा भने अगाडिको सिटमा हुन र सबैले देखुन, क्यामेरामा आउन पाए हुन्थ्याे भन्ने इच्छा हुन्छ । 

 

7. दैनिक TV सिरियलकाे कार्यक्रम छुटाउन मन पर्दैन,

तर साप्ताहिक बाइबल अध्ययनको लागि आत्मिक सेवा सम्मेलनमा जाने र सहभागी हुने समय नै हुँदैन ।


8. जब प्रार्थनाको समय हुन्छ, मन चारैतिर 

डुल्न थाल्छ,

तर खेल खेल्ने समयमा भने मन एउटै कुरामा एकाग्र र ध्यान केन्द्रित हुन्छ । 


9. समयमै विद्यालय वा कार्यालयमा पुग्नको लागि पुर्व तयारी हुन्छ,

तर कुनै पनि समयमा सेवा सङ्गतिको लागि भने जतिखेर पुगे त भयो भन्ने हुन्छ । 


10. पार्टीमा जान र स्वादिलो खाना खान मन पर्छ,

तर प्रभु भोजको टेबलमा सङ्गती गर्न र सहभागी हुन छुटाइन्छ ।


11. हाम्रा बच्चाहरूलाई उनीहरुको सबै विषयहरूमा कडा अध्ययन गर्न लगाइन्छ,

तर बच्चाहरूलाई परमेश्वरको वचन अध्ययन गर्न लगाउन कुनै प्रयास नै गरिदैन । 


12. विद्यालयमा या विवाह भाेजमा अनुशासनात्मक पोशाक लगाएर, चिटिक्क र अनुशासित भएर मात्र जान मन पर्छ,

तर चर्चमा जस्तोसुकै लुगा लगाएर गए पनि के भो र भन्ने विचार हुन्छ ।


13. अरुको मुखबाट आफ्नो प्रशंसा सुन्न मन पर्छ,

तर अरूको अगाडि परमेश्वरको प्रशंसा गर्न लाज लाग्छ ।


यसकारण लेखिएको छ -

अनि लाउडिकियाका मण्‍डलीका दूतलाई यो लेख:

यी कुरा आमेन, विश्‍वासयोग्‍य र साँचो साक्षी र परमेश्‍वरका सृष्‍टिको शासकले भन्‍दछ।

मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो।

किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु।

“म धनी छु, र मसित धन-सम्‍पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्‍दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्‍धा र नाङ्गा छौ।

यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्‍नो नग्‍नताको शर्म ढाक्‍नलाई सेतो वस्‍त्र र तिमीले देख्‍न सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किन्‍ने म तिमीलाई सल्‍लाह दिन्‍छु।

जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्‍काउँछु, र ताड़ना दिन्‍छु। यसकारण उत्‍साहित होओ। पश्‍चात्ताप गर।

[प्रकाश 3:14-19]


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...