मेरा प्रीय छेरा र छाेरीहरू,
तिमीले मलाई चिनेको छैनौं होला तर मलाई तिम्रो बारेमा सबै थाहा छ। भजनसंग्रह 139:1 तिमी कहिले बस्छाै र कहिले उठ्छाै मलाई थाहा छ। भजनसंग्रह 139:2 म तिम्रो सबै मार्गहरूसँग परिचित छु। भजनसंग्रह 139:3 तिम्रो शिरका कपालहरू समेत गनिएका छन। मत्ती 10:29-31 किनकि तिमी मेरो स्वरूपमा बनेका थियौ। उत्पत्ति 1:27 ममा नै तिमी बस्छौ, चल्छौ र तिम्रो अस्तित्व छ। प्रेरित 17:28 किनकि तिमी मेरा सन्तान हौ। प्रेरित 17:28 तिमी गर्भमा हुनुभन्दा पहिले नै मैले तिमीलाई चिनेको थिएँ। यर्मिया 1:4-5 मैले सृष्टिको योजना गर्नुभन्दा पहिले नै मैले तिमीलाई चुने । एफिसी 1:11-12 तिम्रो अस्तित्वमा कुनै गल्ती छैन, किनकि तिम्रो सबै दिनहरू मेरो पुस्तकमा लेखिएका छन।भजनसंग्रह 139:15-16 मैले तिम्रो जन्मको सही समय र तिमी कहाँ बस्नेछाै भनेर पहिल्यै निर्धारण गरें। प्रेरित 17:26
तिमी भयानक र अचम्मको तरिकाले बनेको छौ। भजनसंग्रह 139:14 मैले तिम्री आमाको गर्भमा तिमीलाई रचेँ। भजनसंग्रह 139:13 र तिमी जन्मेको दिनमा तिमीलाई जन्म दिए। भजनसंग्रह 71:6 मलाई नचिनेकाहरूले मलाई गलत रूपमा प्रस्तुत गरेका छन। यूहन्ना 8:41-44 तापनि म टाढा र क्रोधित भएको छैन, तर म प्रेमको पूर्ण स्वरूप हुँ। 1 यूहन्ना 4:16 र यो मेरो चाहना हो कि मेरो प्रेम तिमीमा प्रशस्त होस। 1 यूहन्ना 3:1 किनभने तिमी मेरो सन्तान हाै र म तिम्राे बुबा हुँ। 1 यूहन्ना 3:1 म तिमीलाई तिम्रो शारीरिक बुबाले गर्न सक्नेभन्दा धेरै दिन चाहान्छु। मत्ती 7:11
किनकि म सिद्ध बुबा हुँ। मत्ती 5:48 तिमीले पाउने हरेक असल उपहार मेरो हातबाट आउँछ। याकूब 1:17 किनकि म तिम्रो प्रबन्धक हुँ र म तिम्रो सबै आवश्यकताहरू पूरा गर्छु। मत्ती 6:31-33 तिम्रो भविष्यको लागि मेरो योजना सधैं आशाले भरिएको छ। यर्मिया 29:11 किनकि म तिमीलाई अनन्त प्रेमले प्रेम गर्छु। यर्मिया 31:3
तिमी प्रति मेरा विचारहरू समुन्द्रको किनारमा रहेका बालुवा जस्तै अनगिन्ती छन। भजनसंग्रह 139:17-18 र म तिम्रो बारेमा गीत गाएर रमाउँछु। सपन्याह 3:17 म तिम्रो भलाइ गर्न कहिल्यै छोड्ने छैन। यर्मिया 32:40 किनकि तिमी मेरो बहुमूल्य सम्पत्ति हौ। प्रस्थान 19:5 म मेरो सारा हृदय र मेरो सारा प्राणले तिमीलाई स्थापित गर्न चाहन्छु। यर्मिया 32:41 अनि म तिमीलाई महान र अचम्मका कुराहरू देखाउन चाहन्छु । यर्मिया 33:3 यदि तपाईंले आफ्नो सारा हृदयले मलाई खाेज्याै भने, तिमीले मलाई भेट्टाउनेछाै। व्यवस्था 4:29 ममा आनन्दित हाेऊ र म तिम्रो हृदयको इच्छाहरू दिनेछु। भजनसंग्रह 37:4 किनकि तिमीहरूलाई ती चाहनाहरू दिने म नै हुँ । फिलिप्पी 2:13 तिमीले कल्पना गर्न सक्नेभन्दा धेरै गर्न म सक्षम छु। एफिसी 3:20
किनकि म तिम्रो सबैभन्दा ठूलो प्रोत्साहन हुँ। 2 थेसलोनिकी 2:16-17 म तिमीलाई तिम्रो सबै समस्याहरूमा सान्त्वना दिने बुबा हुँ। 2 कोरिन्थी 1: 3-4 जब तिम्रो हृदय टुटेको हुन्छ, तब म तिम्रो नजिक हुन्छु। भजनसंग्रह 34:18 जसरी गोठालोले थुमा बोक्छ, त्यसरी नै मैले तिमीलाई मेरो हृदयको नजिक बोकेको छु। यशैया 40:11 एक दिन म तिम्रो आँखाबाट सबै आँसु पुछिदिनेछु। प्रकाश 21:3-4 र म यस पृथ्वीमा तिमीले भाेगेका सबै पीडाहरू हटाउनेछु। प्रकाश 21:3-4 म तिम्रो बुबा हुँ, र म तिमीलाई माया गर्छु, जसरी म मेरो छोरा येशूलाई माया गर्छु। यूहन्ना 17:23 किनकि येशूमा, तिमीप्रतिको मेरो प्रेम प्रकट भएको छ। यूहन्ना 17:26 येशू मेरो अस्तित्वको सही प्रतिनिधित्व हुन। हिब्रू 1:3 म तिम्रो विरुद्धमा होइन, तिम्रो पक्षमा छु भनी देखाउन उनी आए। रोमी 8:31 र म तिमीहरूका पापहरू गणना गरिरहेको छैन, भनी तिमीहरूलाई बताउन चाहन्छु। 2 कोरिन्थी 5:18-19
तिमी र मेरो मेलमिलाप होस भनेर येशू मरे। 2 कोरिन्थी 5:18-19 उनको मृत्यु तिमी प्रतिको मेरो प्रेमको अन्तिम अभिव्यक्ति थियो। 1 यूहन्ना 4:10 मैले तिम्रो प्रेम पाउन सकूँ भनेर मैले मनपर्ने सबै कुरा त्यागें। रोमी 8:31-31 यदि तिमीले मेरो पुत्र येशूको वरदान प्राप्त गर्याै भने, तिमीले मलाई ग्रहण गर्नेछौ। 1 यूहन्ना 2:23 र कुनै पनि कुराले तिमीलाई मेरो प्रेमबाट फेरि अलग गर्नेछैन। रोमी 8:38-39 घर फर्क र म स्वर्गमा अहिलेसम्म कसैले नदेखेको सबैभन्दा ठूलो भाेज गर्नेछु। लूका 15:7 म सधैं तिम्रो बुबा थिएँ, र सधैं तिम्रो बुबा नै रहनेछु। एफिसी 3:14-15 मेरो प्रश्न याे छ कि के तिमी मेरो सन्तान बन्न चाहान्छाै? यूहन्ना 1:12-13 म तिमीलाई धैर्यता पुर्वक पर्खिरहेको छु। लूका 15:11-32
उही तिम्रो प्रेमी पिता...
सर्वशक्तिमान परमेश्वर ❤️

No comments:
Post a Comment