Monday, January 16, 2023

के तपाईं मृत्युको निम्ति तैयार हुनुहुन्छ ?




याे प्रश्न सुन्दा हामीलाई केही अचम्म या केही रिस पनि उठेको हुनुपर्छ। शुभ-शुभ कुरा गर्नुहाेस न! किन अशुभ-अशुभ कुरा गर्नुहुन्छ? यस्तै-यस्तै विचार गर्दै मृत्युको गम्भीरतालाई हामी टारी दिन्छौं। तर एकदिन मृत्युले हाम्रो ढाेकालाई ढकढक्याउन आउँछ। फेरि केहीको मनमा याे प्रश्न पनि आउन सक्छ, “के हामी मृत्युको निम्ति पनि तैयार हुनुपर्छ र?”


एउटा प्रेरक प्रसङ्ग छ, जसमा एक ठुलो सभामा साेधिन्छ कि “यस संसारमा सबैभन्दा बुद्धिमानी मानिस काे हाे?” तब त्यहाँबाट एकजनाले जवाफ दिन्छन, “जसले मृत्युलाई सधै सम्झना गर्दछ, र त्याे आउन अघि त्यसको लागि आफैलाई तैयारी गर्छ!”


मृत्यु एक अपरिहार्य तथ्य हाे, जसलाई अस्वीकार गर्न सकिँदैन। मृत्यु भनेको मृत्युको नाम मात्र होइन, तर यो सृष्टिकर्ता मलिकलाई भेट्ने माध्यम पनि हो। हरेक आत्माले मृत्युको स्वाद चाख्नुपर्छ। मृत्यु एक तथ्य हो जुन बारम्बार सम्झिईन्छ र आशाहरू चकनाचुर हुन्छन। यो संसारप्रति उदासीनताको स्रोत हो। कसैको निम्ति याे पापको पश्चात्ताप गर्न प्रोत्साहनको स्रोत पनि हाे।


विश्वासको कमजोरीले गर्दा आज हामी मृत्युको सामना गर्नुपर्ने बेलामा मृत्युदेखि नै भागिरहेका हुन्छौं। जब हामी कसैलाई मरेको देख्छौं, हामी साेँच्ने गर्छौं कि उसको मर्ने समय आएकाे थियो या उसलाई मर्न लेखेको थियो। तर म कहिले मर्ने हो ? मृत्युको तयारी गर्न मसँग धेरै समय छ भनी हामी साेच्छाैँ, यो हाम्रो लापरवाही र विश्वासको कमजोरी हो। सृष्टिकर्ता परमेश्वरले हामीलाई मृत्युभन्दा पहिल्यै नै मृत्युको लागि तयारी गर्ने क्षमता प्रदान गरून।


याे संसारमा एक मानिस थिए, जसले मृत्युलाई तार्न चाहान्थे। तिनलाई संसारले “माइकल ज्याक्सन” को नाममा चिनिन्छ!  लामो समयसम्म बाँच्नको लागि, उनले संयुक्त राज्य अमेरिका र युरोपबाट 55 शीर्ष प्लास्टिक सर्जनहरू नियुक्त गरे। १९८७ सम्म उनको आफ्नाे सम्पूर्ण रूप, छाला, छाप, र चालहरू परिवर्तन गरे । कालो माइकल ज्याक्सनको स्थानमा, सेतो रङको साथ सुन्दर र नारीलाई प्रभाव पार्न गरि उनी संसारको अगाडि आए।


माइकलको तेस्रो एल्बम “ब्याड” १९८७ मा जारी गरे। यो माइकलको पहिलो सफल एल्बम थियो, जाे 30 मिलियनभन्दा बढी प्रतिहरू बिक्री भएको थियोे।  यो एल्बमपछि, उनले आफ्नो पहिलो एकल यात्रा सुरु गरे।  उनी देश–देश गए। संगीत कार्यक्रमहरू प्रदर्शन गरे र यी कार्यक्रमहरूबाट लाखौं डलर कमाए। आफैं प्रसिद्धले युरोपमा आफ्नो सबैभन्दा ठूलो मूर्तिहरू पनि खडा गरे। उसले आफ्नो जीवनबाट धेरै सफलताहरू पाए र धेरै इच्छा पूरा पनि गरे। तर उनीसँग एक सय पचास वर्ष बाँच्न अन्तिम इच्छा थियो।


माइकल ज्याक्सनले आफ्नो जीवनलाई मृत्युबाट बचाउन के गरे ? त्यसलाई सोचेर मानव बुद्धि स्तब्ध हुन्छ। माइकल ज्याक्सनले लामो जीवन बाँच्नका लागि रोचक कुराहरू गरे। उदाहरणका लागि : उनी रातमा अक्सिजन नियमित गर्ने प्रविधि जडान गरिएको टेन्टमा सुत्थे। कीटाणु, भाइरस र रोगहरूको प्रभावबाट बच्न पन्जाहरू पहिरेर मानिससँग हात मिलाउने गर्थे । उनी सार्वजनिक स्थानमा निस्कनुअघि अनुहारमा मास्क लगाउने गर्थे । बाह्र डाक्टरहरूको स्थायी कर्मचारी थियो। यी डाक्टरहरूले उनको शरीरको हरेक अंगको दैनिक जाँच गर्थे। उनको आहारहरू दैनिक प्रयोगशालामा परीक्षण गरिन्थ्यो। उनका स्टाफले उनलाई दैनिक व्यायाम दिए। माइकल ज्याक्सनको अतिरिक्त फोक्सो, मृगाैँला, आँखा, मुटु र कलेजो पनि थियो। यी दाताहरू थिए जसको खर्च उनले बेहोरेका थिए र यी दाताहरूले उनलाई आवश्यक पर्दा अंगहरू दान गर्नुपर्थ्यो। त्यसैले उनले डेढ सय वर्ष बाँच्ने विश्वास गरे। तर २५ जून २००९ को रात आयो। उनलाई सास फेर्न गाह्रो भयो । उनका डाक्टरहरूले देशभरका वरिष्ठ चिकित्सकहरूलाई उनको निवासमा भेला गरे।


यी डाक्टरहरूले उनलाई मृत्युबाट बचाउने प्रयास गरिरहे तर जब तिनीहरू असफल भए, तिनीहरूले उनलाई अस्पताल लगे। तर अस्पताल पुगेपछि मानिसको मृत्यु भयो। उनले डेढ सय वर्षको योजना बनाएका थिए, जाे भुइँमा खाली खुट्टा हिड्दैन थिए, जो कसैसँग हात मिलाउनु अघि पन्जा लगाउने गर्थे, जसको घरमा कीटाणुनाशक छर्किएको थियो। जसले दैनिक डाक्टरहरूले उनलाई निषेध गरेकाे कुराहरू २५ वर्षदेखि केही खाएनन। तर ५० वर्षको उमेरमा मात्रै ३० मिनेटमा मानिसको मृत्यु भयो। उनको आत्मा शरीरबाट उडेर गयाे। उनले १५० वर्ष बाँच्ने आफ्नो सपना पुरा गर्न सकेनन। ज्याक्सन मृत्युलाई चुनौती दिन चाहन्थे, तर मृत्युले उनलाई नै चुनौती दियो। यो जीवनको नियम हो।


२५ जुन, २००९, ३:१५ को समयमा उनको देहान्त भएपछि माइकल ज्याक्सनको मृत्युको खबरले विकिपीडिया, ट्वीटर, ALO, Instant र Messenger ले काम गर्न छोड्यो। गुगलमा एकैपटक ८० लाख मानिसले उनको खोजी गर्यो। यो गुगलको इतिहासमा एक रेकर्ड थियो। भारी ट्राफिकको कारणले गुगलको प्रणाली डाउन भयो र यसको निम्ति कम्पनीले आफ्ना प्रयोगकर्ताहरूसँग 25 मिनेटको लागि माफी मागेको थियो।


 तर उनको औषधीहरू, सावधानीहरू र डाक्टरहरूले पनि उनलाई मृत्युबाट बचाउन सकेनन। एक दिन चुपचाप त्यो संसारमा सर्यो, जसमा हरेक जीवित मानिस पुग्नुपर्छ। र यसरी उनको अन्तिम इच्छा पूरा हुन सकेन। माइकल ज्याक्सनको मृत्यु एक घोषणा हो कि मानिसले सारा संसार जित्न सक्छ। तर उसले आफ्नो मृत्युको समयलाई टार्न सक्दैन। उसले मृत्यु र यो मृत्युको लेखकसँग प्रतिस्पर्धा गर्न सक्दैन।


हामी मृत्युको बारेमा सुन्न, कुरा गर्न ईन्कार गराैँला र मृत्युदेखि भाग्ने धेरै याेजना र तरिकाहरू पनि अपनाउँला तर एकदिन हामी सबैले त्यसको सामना गर्नुपर्नेछ। हामीले नचाहेर पनि र नसाेचेकाे समयमा मृत्युु आउनेछ। माइकल ज्याक्सनले मृत्युदेखि बच्न अनगिन्ती उपायहरू अपनाए, तर मृत्युको निम्ति आफैलाई कहिल्यै तैयार गरेनन। याे उनको निम्ति ठुलो धाेका थियो। आज मेरो र तपाईंकाे निम्ति एकपटक फेरि त्यहीँ पुरानो प्रश्न दाेहाेरिन्छ, “के तपाईं मृत्युको निम्ति तैयार हुनुहुन्छ?”


मृत्युको निम्ति तैयार हुन यी प्रश्नहरूले तपाईंलाई केही साेँच्न मद्दत गर्नेछ :

1. के तपाईंले एकमात्र सृष्टिकर्तालाई चिन्नु भयो?

2. के तपाईंले सृष्टिकर्तासँग सम्बन्ध जाेड्न सफल हुनुभयो?

3. के तपाईंले सारा संसार सृष्टि गर्नुको उद्देश्य बुझ्नुभयाे?

4. के तपाईंले जीवनकाे उद्देश्य बुझ्नुभयाे?


* यी प्रश्नहरूकाे जवाफ पाउनुभयो भने तपाईंले मृत्युलाई सामना गर्न सक्नुहुनेछ!


यसकारण लेखिएको छ -

जब मैले उहाँलाई देखें, तब म मरेतुल्‍य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्‍नो दाहिने बाहुली यसो भनेर ममाथि राख्‍नुभयो,  “नडराऊ, आदि र अन्‍त्‍य र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्‍ति जीवित छु, अनि मृत्‍यु र पातालका साँचाहरू मसित छन।”

[प्रकाश 1:17-18]


जब विनाशीले अविनाशी र मरणशीलले अमरत्‍व धारण गर्छ, तब लेखिएको त्‍यो वचन पूरा हुनेछ, “मृत्‍यु विजयमा निलिएको छ।”

“ए मृत्‍यु, तेरो विजय कहाँ? ए मृत्‍यु, तेरो खील कहाँ?”

मृत्‍युको खील पाप हो, र पापको शक्ति व्‍यवस्‍था हो।

तर परमेश्‍वरलाई धन्‍यवाद होस, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा विजय दिनुहुन्‍छ।

[१ कोरिन्थी 15:54-57]


तपाईंले मृत्युपछि के हुन्छ ? याे लिङ्कमा क्लिक गर्नुभयो भने 14:38 मिनेटको एउटा भिडियो पाउनुहुनेछ। याे भिडियोमा तपाईंले निम्न प्रश्‍नहरूकाे जवाफ पाउन सक्नुहुनेछ।

मृत्युपछि के हुन्छ ? स्वर्ग र नरक कस्ता छन ? तपाईंको छनोट कति महत्वपूर्ण छ ? तपाईं कसरी स्वर्ग जानसक्‍नुहुन्छ ?

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...