Monday, January 16, 2023

अलेक्जेन्डर महानकाे मृत्युको अन्तिम क्षण :


इतिहासमा महान सम्राटहरू मध्ये अलेक्जेन्डर पनि एक थिए। उनि आफ्नाे याैवनकालमा नै सम्राट अर्थात राजाहरूका पनि राजा बनिसकेका थिए। उनीसँग कुनै कुराकाे कमी थिएन। धन-सम्पत्ति, मान-सम्मान र अरू सबै थिए, जसको पछि आज संसार भागिरहेकाे छ। उनले आधा भन्दा धेरै संसारलाई जितिसकेका थिए। उनले समुन्द्रलाई पनि हेरेर यसाे भन्ने गर्थे,
“हे समुन्द्र, यदि तँ जमिन भएकाे भए, म तँलाई पनि जित्ने थिए।”

उनको मृत्यु अझै रहस्यमय नै छ। यद्यपी यी महान सम्राटको मृत्युको कथा अझै पनि निरन्तर चलिरहन्छ। कथा यस्तो छ, उनले महसुस गरे कि मृत्यु आउँदैछ र उनी समयमा आफ्नो मातृभूमि फर्कन सक्षम हुनेछैन। उसले आफ्ना सेनापतिहरूलाई भने, “म यो संसार छोड्न लागेको छु। मेरो तीन इच्छा छ। म जे भन्छु त्यही गर।” सेनापतिहरूले आँसुले भरिएको आँखाले आज्ञा पालन गरे।

1. जब म मर्नेछु तब मेरो लाशकाे बाकस वैद्यहरूलाई बोक्न दिनु।
2. चिहान जाने बाटोमा र मेराे लाशकाे अगाडि र पछाडि सबै पैसा, सुन, चाँदी, हीरा र रत्नहरू फैलाउनु।
3. मेरा हातहरू खुकुलो पार्नु र त्यसलाई सबैले हेर्नको लागि छोड्नु।

उनका एक जना सेनापति यी असामान्य अनुरोधहरूबाट यति छक्क परे कि उनले अलेक्जेन्डरलाई स्पष्टीकरणको लागि सोधे। तब अलेक्जेन्डर महानले यसरी जवाफ दिए,

1. सबैभन्दा राम्रो वैद्यहरूले मेरो लाशकाे बाकसलाई बोकेर यो प्रमाणित गर्नु चाहन्छु कि मृत्युको मुखमा, संसारका सर्वश्रेष्ठ वैद्यहरूले पनि मृत्युलाई जीवनमा ल्याउन सक्ने शक्ति छैन। यसकारण मानिसहरू आफ्नाे स्वास्थसँग खेलवाड नगरून।

2. म सबै सुनका सिक्काहरू सडकमा फैलाउन चाहन्छु ताकि संसारले जानुन, मसँग धनकाे कमि थिएन तर पनि मेराे धनले मलाई मर्नदेखि बचाउन सकेन। यदि तपाईंसँग यो पृथ्वीमा धन छ भने, त्याे धन पृथ्वीमा नै रहनेछ। यसकारण मानिसहरू धनकाे पछाडि मात्रै भागेर आफ्नाे बहुमुल्य समयलाई बर्बाद नगरून।

3. मेरो हात हावामा झुण्ड्याउनुकाे कारण मानिसहरूलाई यो बुझाउनको लागि, जसरी हामी खाली हात यो संसारमा आएका छौं, त्यसरी खाली हात नै यो संसार छोड्छौं। हाम्रो सबैभन्दा बहुमूल्य सम्पत्ति सकिएपछि हामीसँग केही बाँकी रहनेछैन, जुन स्वास्थ्य र समय हो।

अलेक्जेन्डर महानले आफ्नाे जीवनकाे अनुभवदेखि मृत्युको अन्तिम क्षणमा संसारलाई अनगिन्ती कुराहरूकाे ईशारा दिन चाहिरहेका थिए। उनको यी तीनवटा इच्छा-पत्र ध्यानसँग र गम्भीरताकाे साथ बुझ्ने प्रयास गर्याैँ भने हाम्रो हृदय छिया-छिया हुनेछ।

याे सत्य घटनाबाट मानिसको जीवनकाे प्रमुख लक्ष्य भनेको यस संसारमा आएर धन-सम्पत्ति, मान-इज्जत, प्रसिद्धि कमाउनु मात्रै हाेईन, तर त्याे भन्दा पनि महान उद्देश्य छ भनेर बुझ्न कठिन हुनेछैन।

जब हामी सारा विश्व, सृष्टिको अद्भुत रचना र मानिसको जीवनको अद्भुत बनावटलाई ध्यानसँग नियाल्छाैँ, तब हामी केबल खान-पिउन, रमाइलो, माेज-मस्ति गर्न, धन-सम्पत्ति, मान-इज्जत, प्रसिद्धि कमाउनु मात्रै आएका हाेईनाैँ भन्ने सत्य प्रमाणित हुन्छ।

यसकारण आज हामी हरेकले जीवनकाे साँचो लक्ष्य र उद्देश्य खाेज्नै पर्छ। याे हामी हरेककाे कर्तव्य हाे। यसकारण सृष्टिकर्ता परमेश्वरले हामीलाई ज्ञान, बुद्धि र विवेक दिनुभएको छ। जीवन छाेटाे छ र हामीले गर्ने कामहरू धेरै छन। सृष्टिकर्ताले हामी सबैलाई सत्य जान्न, बुझ्न र त्यस अनुसार जीवन व्यतीत गर्न सहायता गर्नुभएको हाेस!

यसकारण परमेश्वरकाे वचन बाइबलमा लेखिएको छ -
“हाम्रा आयुका दिनहरू सत्तरी वर्ष हुन्छन; अनि बलको कारणले अस्सी वर्ष भए तापनि तिनीहरूको बल मेहनत र शोक नै हो; किनकि त्यो चाँड़ै शेष हुन्छ, र हामी उड़िजान्छौं। यसकारण हामीलाई आफ्ना दिनहरू गन्‍न सिकाउनुहोस, र हामी आफ्नो हृदय बुद्धिमा लगाउन सकौं!”
[भजनसंग्रह ९०:१०, १२]KJV

“माग, र तिमीहरूलाई दिइनेछ; खोज, र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति खोलिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ; अनि जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले ढकढक्याउँछ, त्यसका निम्ति खोलिनेछ।”
[मत्ती ७:७-८]KJV

“किनकि यो आज्ञा, जो आज म तिमीलाई आज्ञा गर्दछु, योचाहिँ तिमीबाट छिपेको छैन, न ता यो टाढ़ा नै छ। न ता यो स्वर्गमा छ, र तिमीले भनौला: ‘हाम्रा निम्ति माथि स्वर्गमा को जाला र त्यसलाई हामीकहाँ ल्याउला, कि हामी त्यो सुनौं र त्यसलाई पालन गरौं?’ न ता यो समुद्रपारि नै छ, र तिमीले भनौला: ‘हाम्रा निम्ति समुद्रपारि को जाला र त्यसलाई हामीकहाँ ल्याउला, कि हामी त्यो सुनौं र त्यसलाई पालन गरौं?’ तर वचन तिम्रो अति नजिकमा छ, तिम्रै मुखमा र तिम्रै हृदयमा छ, यसैले कि तिमीले यसलाई पालन गर्न सक।”
[व्यव. ३०:११-१४]KJV

“कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई उहाँको पहिचानमा बुद्धिको र प्रकाशको आत्मा दिएका होऊन, र तिमीहरूको मनका आँखाहरू उज्याला पारिएका होऊन, जसले गर्दा उहाँको बोलावटको आशा के रहेछ, पवित्र जनहरूमा उहाँको पैतृक सम्पत्तिको महिमाको धन के रहेछ र उहाँको शक्तिशाली सामर्थ्यको कामअनुसार हामी विश्‍वास गर्नेहरूप्रति उहाँको सामर्थ्यको अपार महानता के रहेछ, सो जान्न सक।”
[एफेसी १:१७-१९]KJV

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...