जानेर पनि नचिन एक अद्वितीय व्यक्ति:
तपाईको विचार, सृष्टिको प्रारम्भ देखे आजसम्मका महान व्यक्तित्व को हुनुहुन्छ ? सर्व महान अगुवा को हुनुहुन्छ ? सबरी महान शिक्षक को हुनुहुन्छ ? यस संसारमा जन्मिएका व्यक्तित्वहरूमा कसले मानव जातिको जन्म लिन्छ, सबै भलो हुन्छ, र पवित्र जीवन जिउनु हुन्छ ?
संसारको कुनै पनि भागमा आज जान्छ, र कुनै पनि धर्मको मानिसलाई कुरा गर्यो। आफ्नो धर्मप्रति जतिकै भैपनि, यदि व्यक्तिले ऐतिहासिक सत्यताहरू जानका छन् भने, तिनीहरूले नासरतको येशू जस्तै अरू कोही भानी मानिलिन। उहाँ सबै युगको एक अद्वितीय व्यक्तित्व हुनुहुन्छ ।
येशूले इतिहासको गतिलाई नै परिवर्तन गरिदिनुभयो । आजको दिनाङ्कलाई रामरी बिचार गयौं भने हामी यो निष्कर्षमा पुग्न सक्छौं किसरतको येशू आजको नजिक २००० वर्ष अघि यो पृथ्वीमा जीवित हुनहुन्छ । BC भन्नाले ख्रीष्ट भन्दा पहिले अर्थात् ख्रीष्ट पूर्व बुझौं, र AD भन्नाले अन्नो डोमिनी अर्थात् "हाम्रो प्रभुको वर्ष" वा ख्रीष्टाब्द भनी बुझौं।
येशू जन्मनुभन्दा सयकडौं वर्ष पहिले, इस्राएलका अगमवक्ताहरूले उहाँको आगमनबारे बताएका कुराहरू बाइबल धर्मशास्त्रमा उल्लेख गरिएका छन । लगभग १५०० वर्षको अवधिमा धेरै लेखकहरूले लेखेको पुरानो नियममा उहाँको आगमनबारे गरिएका अगमवाणीहरू उहाँको आश्चर्यमय जन्म, उहाँको पाप रहित जीवन, उहाँले गर्नुभएका असंख्य आश्चर्य कर्महरू, उहाँको मृत्यु अनि पुनरूत्थान, सबै अगमवाणीहरू उल्लेख भए जस्तै एक-एक गरी पूरा भए।
येशूले जिउनु भएको जीवन, उहाँले सम्पन्न गर्नु भएका आश्चर्य कर्महरू, उहाँले बोल्नु भएका शब्दहरू, क्रूसमा उहाँको मृत्यु, उहाँको पुनरूत्थान, उहाँको स्वर्गारोहण- सबैले एउटै कुराको घोषणा गर्दछ कि उहाँ केवल मानव होइन तर मानवभन्दा महान हुनुहुन्थ्यो । येशूले दाबी गर्नुभयो, “म र पिता एकै हौ" (यूहन्ना १०:३०), "जसले मलाई देखेको छ त्यसले पिता (परमेश्वर) लाई देखेको छ” (यूहन्ना १४:५), अनि “बाटो, सत्य र जीवन मै हुँ, म बाहेक अरू कोहीद्वारा पिताकहाँ जान सक्तैन” (यूहन्ना १४:६) । उहाँको जीवन र सन्देशले परिवर्तन ल्याएको छ ।
नासरतको येशू ख्रीष्टको जीवन र प्रभावलाई इतिहासमा खोजी हेर्नुहोस, त्यहाँ तपाईले उहाँ अनि उहाँको सन्देशद्वारा मानिसहरूको जीवन अनि राष्ट्रहरूमा ठूलो परिवर्तन आइरहेको भेट्टाउनु हुनेछ । उहाँको शिक्षा र प्रभाव जहाँ जहाँ पुगेको छ, त्यहाँ विवाहको पवित्रता र स्त्री अधिकार मानिलिइएको छ, उच्च शिक्षाको निम्ति संस्थानहरू खडा गरिएको छ, नानीहरूको सुरक्षा सम्बन्धी कानून बनिएको छ, दासत्व-प्रथा हटाइएको छ, अनि मानव जातिको भलाईको निम्ति अरू धेरै परिवर्तनहरू ल्याइएको छ ।
व्यक्तिगत जीवन पनि नाटकीय रूपले परिवर्तन भइरहेका छन । उदाहरणको निम्ति, प्रसिद्ध जेनेरल अनि साहित्यिक प्रबुद्ध लिउ वालेस कट्टर नास्तिक थिए । ख्रीष्टिय मतलाई सधैंको निम्ति नष्ट पार्ने किसिमको पुस्तक लेख्न थुप्रै जानकारीहरू बटुल्नलाई उनले यूरोप र अमेरिकाका पुस्तकालयहरूमा दुई वर्षसम्म अध्ययन गरे । जब उनले दोश्रो अध्याय लेख्दै थिए, अचानक उनले आफूलाई घूँडा टेकी येशूसँग यसरी प्रार्थना गरिरहेको पाए, “हे मेरा प्रभु अनि मेरा परमेश्वर” !
ठोस अनि अकाट्य प्रमाणको कारण, उनले येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्न भनेर भन्न सकेनन । यसरी लिउ वालेसले ख्रीष्टको समयलाई लिएर महानतम अंग्रेजी उपन्यास लेखे जसलाई “बेन हूर” भनिन्छ ।
त्यसैगरी अक्सफोर्ड विश्वविद्यालयको प्रोफेसर सी.एस. लुवीस पनि एक धर्म- विरोधी थिए, जसले वर्षौंसम्म येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्न सकेनन । तर उनले आफूले पाएको ज्ञानमा इमान्दार भएर उहाँको ईश्वरत्व सम्बन्धी प्रमाणहरू अध्ययन गरी येशूलाई आफ्नो परमेश्वर र मुक्तिदाता भनी ग्रहण गरे ।
येशू ख्रीष्ट, झुट वा पागल :
आफ्नो प्रसिद्ध पुस्तक “मेयर क्रिश्चियानिटी” मा लुवीसले यसरी तर्क गरेकाछन, “येशूले भनेको जस्तो कुराहरू बोलेर एउटा साधारण मानिस महान नैतिक शिक्षक हुनसक्तैन । उ कि पागल हुनुपर्छ वा कपटसाथ झुट बोलेको हुनुपर्छ । तपाईले निश्चयता गर्नुपर्छ, उहाँ कि त परमेश्वरको पुत्र हुनुहुन्छ वा पागल हुनुपर्छ । तपाईले उहाँलाई मूर्ख ठानी इन्कार गर्नसक्नुहुन्छ वा उहाँलाई प्रभु र परमेश्वर भनी उहाँको चरणमा पर्न सक्नुहुन्छ । तर उहाँ एक महान मानवीय शिक्षक मात्र हुनुहुन्थ्यो भनेर आफूलाई तटस्थ राख्ने निरर्थक काम हामी नगरौं । उहाँले हामीलाई त्यस्तो विकल्प छोड्नुभएको छैन ।”
नासरतको येशू तपाईको निम्ति को हुनुहुन्छ ? यस प्रश्नमा तपाईको उत्तरले तपाईको यस जीवन र अनन्तसम्मलाई प्रभाव पारेको हुन्छ ।
प्रायः जसो धर्महरू मानव जातिले शुरू गरेका हुन, अनि मानव-निर्मित दर्शन, नियम अनि असल कामको स्तरमा आधारित छन । यी धर्महरूबाट तिनका प्रवर्तकहरूलाई हटाईदिनुहोस, तिनका अनुशासन र अभ्यासमा त्यति बढी परिवर्तन आउनेछैन ।
तर ख्रीष्टियन मतबाट येशू ख्रीष्टलाई हटाई दिनुहोस त यहाँ केही पनि रहने छैन, किनभने बाइबलीय ख्रीष्टियन-मत केवल जीवनको दर्शन वा नैतिक स्तर, वा धार्मिक संस्कार पालन गर्नुमात्र होइन । साँचो ख्रीष्टियन मत बौरी उठ्नु भएको जीवित मुक्तिदातासँगको व्यक्तिगत अनि अत्यावश्यक सम्बन्ध हो ।
बौरी उठ्नुभएको प्रवर्त्तक :
नासरतको येशू क्रूसमा मारिनुभयो, चिहानमा गाडिनुभयो, अनि तेश्रो दिनमा मृत्युबाट बौरी उठ्नुभयो । अरू कुनैपनि धर्मले आफ्नो प्रवर्त्तक बौरी उठ्नुभयो भनी दाबी गर्दैन, यस कुरोमा ख्रीष्टियन मत अद्धितीय छ । ख्रीष्टियन मतको मान्यता सम्बन्धी कुनै पनि छलफल नासरतको येशूको बौरी उठाइको प्रमाणमा सबल ठहर्छ ।
शताब्दियौदेखि धेरै महान विद्वानहरूले पुनरूत्थानको प्रमाणलाई जाँचेका छन र उनीहरूले येशू जीवित हुनुहुन्छ भनी विश्वास गरेका छन ।
हवार्ड कानून विद्यालयका कानूनी विज्ञान अधिकृत शिमोन ग्रीनलीफले सुसमाचार लेखकहरूले दिएको पुनरूत्थानको प्रमाणलाई जाँचिसकेपछि यसरी निश्कर्ष निकालेका छन, “येशू मृत्युबाट बौरी नउठ्नु भएको भए र यस सत्यलाई उनीहरूले निश्चयतासाथ नजानेका भए, उक्त कुराहरू खुरन्धार रूपमा किटान गरेर वर्णन गर्न उनीहरूलाई सम्भव थिएन ।”
एक महान ब्रिटिश इतिहासकारले यसरी भनेका छन, “प्रमाण के हो सो म जान्दछु अनि म भन्दछु पुनरूत्थान सम्बन्धी कुनै पनि प्रमाणलाई कसैले पनि नष्ट पार्न सकेको छैन ।”
युगौंदेखि ख्रीष्टियनहरू इष्टर (ख्रीष्ट पुनरूत्थान हुनुभएको दिन) मा एक अर्कालाई “ख्रीष्ट पुनरूत्थान हुनुभयो” भनेर अभिवादन गर्दछन र “उहाँ साँच्चै बौरी उठ्नुभएको छ” भनेर प्रत्युत्तर जनाउँदछन ।
विश्वास गर्नुका कारणहरू :
ख्रीष्टियन विश्वासको केन्द्र पुनरूत्थान हो । अध्ययन गर्नेहरूले पुनरूत्थान सत्य हो भनी विश्वास गर्नुका केही कारणहरू छन:
सर्वप्रथम, अगमवाणी गरिएकोः
येशू आफैले आफ्नो मृत्यु र पुनरूत्थानबारे अघिबाटै भन्नुभएको थियो अनि उहाँको मृत्यु र पुनरूत्थान उहाँले अगमवाणी गर्नुभए जस्तै गरी हुनआयो । (लूका १८:३१-३३)
दोश्रो, रित्तो चिहान:
उहाँको चिहान रित्तो हुनु नै पुनरूत्थानको पर्याप्त स्पष्टीकरण हो । राम्ररी बाइबल अध्ययन गर्यौं भने हामी चाल पाउँदछौं कि उहाँको मृत शरीर राखिएको चिहान रूङ्ने रोमी सिपाहीहरू खटाइएको थियो अनि उहाँको चिहानमा मानिसले पल्टाउन नसक्ने ठूलो ढुङ्गो राखिएको थियो । कसैले दाबी गरेझैं, येशूको मृत्यु नभएर, केवल मरेसरह मात्र हुनुभएको भए, त्यत्रो बडेमानको ढुङ्गा र पहरेदारहरूले उहाँलाई भाग्न दिने थिएनन- वा उहाँका चेलाहरूले भगाई लान पाउने थिएनन । उहाँको शत्रुहरूले अवश्य चोरी लगेनन किनभने चेलाहरूले उहाँ बौरी उठ्नुभयो भनी प्रचार गर्दा उनीहरूले उहाँको मृत शरीर देखाउने थिए तर त्यसो भएन ।
तेश्रो, व्यक्तिगत भेटघाट:
उहाँ चेलाहरूकहाँ देखा पर्नु नै पुनरूत्थानको स्पष्टीकरण हो । पुनरूत्थान पश्चात १० पटक जति येशू उहाँका चेलाहरूकहाँ देखा पर्नुभयो, जुन दृष्टिभ्रम थिएन भनी प्रभुले यसरी प्रमाणित गर्नुभयो: उहाँले तिनीहरूसंग खानुभयो अनि बातचीत गर्नुभयो अनि उनीहरूले उहाँलाई छोए ।
चौथो, मण्डलीको जन्मः
ख्रीष्टियन मण्डलीको शुरूवात नै पुनरूत्थानको स्पष्टीकरण हो । संसारको इतिहासमा अस्तित्व रहेको सबभन्दा ठूलो संस्था नै मण्डली (चर्च) हो । सबैभन्दा पहिले प्रचार गरिएको आधाभन्दा बढी अंश पुनरूत्थान बारे नै थियो (प्रेरित २:१४-३६) । मण्डलीको आधारभूत संदेश पनि पुनरूत्थान नै हो भनेर शुरूको मण्डलीलाई स्पष्ट थाहा थियो। येशू र चेलाहरूका शत्रुहरूले त्यसबेला येशूको मृत शरीर प्रस्तुत गरेर उनीहरूको प्रचार बन्द गर्नसक्ने थिए । तर त्यसो गर्न कहिल्यै सकेनन ।
पाँचौं परिवर्तित जीवनहरू:
चेलाहरूको परिवर्तित जीवन पुनरूत्थानको स्पष्टिकरण हो । उहाँ क्रूसमा टाँगिनुभन्दा पहिले उनीहरूले उहाँलाई एक्लै पारे, उहाँको मृत्युपश्चात उनीहरू निराश अनि आतंकित भए। येशू चिहानबाट बौरी उठ्नुहुनेछ भनेर चेलाहरूले आशै गरेका थिएनन । (लूका २४:१-११)
तरै पनि, उहाँको पुनरूत्थान र पेन्तिकोसमा गरेका अनुभव पश्चात, यिनै निरूत्साहित र अन्योलमा परेका स्त्री अनि पुरूषहरू बौरी उठ्नुभएको ख्रीष्टको सामर्थ्यवान शक्तिद्वारा परिवर्तन भए । उहाँको नाउँमा तिनीहरूले संसारलाई उलटपुलट पारे । आफ्नो विश्वासको खातिर कतिले प्राण गुमाए अनि कति डरलाग्दो सतावटमा परे । उनीहरूको साहसले यही प्रमाणित गर्दथ्यो कि प्रभु येशू ख्रीष्ट साँच्चै बौरी उठ्नुभएको हो- एउटा यस्तो सत्य जसको निम्ति प्राण गुमाउनु एकदमै सार्थक ठहर्छ ।
जीवित प्रभु :
येशू ख्रीष्ट बौरी उठ्नुभएको कारण, उहाँका सच्चा चेलाहरूले मृत प्रवर्त्तकको नैतिक नियमहरू मात्र पालन गर्दैन तर जीवित प्रभुसंग वास्तविक र व्यक्तिगत सम्बन्ध कायम राख्दछन । येशू ख्रीष्ट आज जीवित हुनुहुन्छ, यसैकारण उहाँलाई विश्वास गर्ने र उहाँको आज्ञापालन गर्नेहरूलाई उहाँ आशिष दिनुहुन्छ अनि उनीहरूका जीवन सामर्थ्यवान तुल्याउनु हुन्छ ।
आजसम्म संसारलाई विशेष रूपमा प्रभाव पार्नेहरू लगायत लाखौंले येशू ख्रीष्टलाई ग्रहण गरी उहाँमा पाइने आशिषलाई आफ्नो बनाएका छन ।
फ्रांसेली भौतिकशास्त्री अनि दार्शनिक ब्लेस पास्कलले मानिसहरूको निम्ति ख्रीष्टको खाँचो छ भन्ने सत्यतालाई बुझाउन यसरी अभिव्यक्त गरेका छन, “प्रत्येक मानिसको हृदयमा परमेश्वरको आकारको रित्तो स्थान छ, जो सृजिएको कुरोले होइन तर सिर्जना गर्नुहुने ख्रीष्ट येशूको उपस्थितिले मात्र ढाकिन्छ ।”
के तपाई प्रभु येशू ख्रीष्टलाई जीवित मुक्तिदाता भनी व्यक्तिगत रूपमा ग्रहण गर्नचाहनुहुन्छ ? यसो गर्नु तपाईको निम्ति दु:साहसिक कदम ठहर्ला, तर तपाईले निश्चय ग्रहण गर्न सक्नुहुन्छ । उहाँ तपाईसँग व्यक्तिगत अनि प्रेमिलो सम्बन्ध गाँस्न यति इच्छुक हुनुहुन्छ कि उहाँले यस अत्यावश्यक सम्बन्धको निम्ति सबै बन्दोबस्तहरू मिलाई सक्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, “हेर, म ढोकामा उभिएर घच्घच्याउँछु कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यसकहाँ भित्र आउनेछु ।”

No comments:
Post a Comment