सृष्टि गरिएको प्राणीको रूपमा हामी दिनमा धेरै पटक सास भित्र लिन्छौं र बाहिर फाल्छाैँ । सास फेर्नु एक आवश्यकता हो, जसको कारण आज हाम्रो अस्तित्व छ ।
एकपटक सास लिनुहोस र यसलाई बाहिर निकाल्नुहोस । यसलाई फेरि गर्नुहोस, बिस्तारै, र यसकाे शब्दलाई बुझ्ने प्रयास गर्नुहोस । सास फेर्ने कामलाई हामी सामान्य रूपमा लिन्छौं, तर के हामी कहिल्यै साेँचेका छाैँ कि हामी किन यसरी बनेका छौं र किन हाम्रो यो नरम मेसिनले सधैं अक्सिजन पम्प गर्छ ?
हामी दु:खमा भारी सास फेर्छौं र आनन्दमा हाम्रो फोक्सो लगभग फुट्ने जस्तो हुन्छ । डरले हामी हाम्रो सास रोक्छौं र हामीलाई शान्त गर्न बिस्तारै सास फेर्नु भनेर भन्छाैँ । जब हामी केहि कठिन काम गर्न लागेका हुन्छौं, तब हामी हाम्रो साहस खोज्न गहिरो सास लिन्छौं । जब म यसको बारेमा सोँच्छु, सास फेर्ने काम लगभग एक प्रकारको प्रार्थना जस्तै देखिन्छ ।
मोशाले परमेश्वरलाई तपाईंको नाम के हो भनी सोधे, तब परमेश्वरले उनलाई दिनुभएको नाम יהוה “याहे” (YHWH) शब्द मौलिक हिब्रूमा रेकर्ड गरिएको छ । [प्रस्थान 3:15]
समय बित्दै जाँदा मानिसले YaHWeH स्वर व्यञ्जनकाे निम्ति त्यहाँ "a" र "e" थपेका छन । विद्वानहरू र रब्बीहरूले नोट गरेका छन कि YHWH अक्षरहरूले सास फेर्न आवाजहरू आकांक्षी व्यञ्जनहरू प्रतिनिधित्व गर्दछ । जब स्वरहरू हस्तक्षेप नगरी उच्चारण गरिन्छ, यो वास्तवमा सास फेर्न जस्तो लाग्छ, जुन हिब्रू वर्णमालामा यसरी उल्था हुन्छ -
Yod, rhymes with “rode”, which we transliterate “Y”
He, rhymes with “say”, which we transliterate “H”
Vav, like “lava”, which we transliterate “V” or “W”
He rhymes with “say”, which we transliterate “H”
सास लिनुहाेस - YH (याह)
सास छोड्नुहोस - WH (वेह)
त्यसैले बच्चाको पहिलो रोदन, उसको पहिलो सासले परमेश्वरकाे नाम बोल्छ । गहिरो सासले उहाँको नाम पुकार्छ । एक नास्तिकले पनि उहाँको नाम बोल्छ । जीवित हुनुको अर्थ म निरन्तर उहाँको नाम बोल्छु । मुख खोलेर सास लिनुहोस, फेरि मुख खोलेर सास फेर्नुहोस । यदि तपाईंले ध्यान दिएर सुन्नुभयो भने, तपाईंले सास भित्र लिँदा “YH/याह'” र सास बाहिर निकाल्दा “WH/वेह” सुन्न सक्नुहुन्छ । म शान्त हुँदा सबैभन्दा ठूलो आवाज सुनिन्छ । विशेषगरी अस्पतालको भेन्टिलेटर या ICU मा राखिएका बिमारीहरूबाट अझै स्पष्ट तरिकाले यस्ता आवाजहरू सुन्न सकिन्छ ।
हामी सबै, सधैं, जताततै, उठ्दा, सुत्दा, सास फेर्दा आफ्नाे ओठबाट परमेश्वरकाे नाम लिईरहेका हुन्छौँ । परमेश्वरले जीवनको सास दिनुहुन्छ । उहाँले आदमलाई त्यो सास दिनुभयो । जीवनको त्यो सासको साथ परमेश्वरले मानिसको आत्मामा आफ्नो नामको छाप लगाउनुभयो । उहाँको नाममा हामीसँग सास र जीवन छ । उहाँले आफ्नो नाम प्रत्येक जीवित आत्मामा छाप्नु भयो ।
हिब्रू विद्वानहरूले परमेश्वरको पवित्र नाम (YHWH) लाई हेर्दा हामीले सास फेर्ने बेलामा परमेश्वरको नाम नै लिन्छौं भन्ने निष्कर्षमा पुगेका छन । हाम्रो सासद्वारा सर्वशक्तिमान परमेश्वरको अस्तित्वलाई स्वीकार गर्दछाैँ । YHWH मा प्रत्येक अक्षरको धेरै आवाजहरू हाम्रो सास फेर्ने आवाजहरू हुन ।
हामी परमेश्वरको स्वरूपमा बनेका व्यक्तिहरू हौँ । उहाँमा सास फेर्ने, उहाँकै नाम जसद्वारा हामीले सास लिन्छौँ । उहाँको नाम हाम्रो सासमा छ, जुन कुराले हामी हाम्रो रगतलाई अक्सिजनको साथ इन्फ्युज गर्न सक्षम छौं, जुन प्रक्रियालाई हाम्रो हृदयले पम्प गरेर हाम्रो शरीरका सबै अंगहरूमा जीवन पठाउन रगत पम्प गर्छ । हामीलाई जीवन दिने कुरा याहे (YHWH) नाम हो । उहाँको नाम हाम्रो जीवनको सास हो ।
यसकारण लेखिएको छ -
“तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।” [उत्पत्ति 2:7, 7:22]
“हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ।” [भजनसंग्रह 34:1]
“सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस! हल्लेलूयाह!” [भजनसंग्रह 150:6]
तर यसले के भन्छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात विश्वासको वचन, जो हामी प्रचार गर्दछौं। [रोमी 10:8]
किनभने “हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौं र उहाँमा हाम्रो अस्तित्व छ।” तपाईंहरूका आफ्नै कविहरूले पनि भनेका छन, ‘हामी निश्चय उहाँकै सन्तान हौं।’ [प्रेरित 17:28]
* गीतकार जेसन ग्रे ले पनि परमेश्वरको नामको बारेमा गीत लेखेर गाएका छन, “The Name of God is the Sound of Our Breathing.” जसलाई तपाईंले तलको लिङ्कमा गएर सुन्न र हेर्न सक्नुहुन्छ ।
#BackToTheCreator #God


No comments:
Post a Comment