एकजना मानिसले मनमनै भन्यो,
“परमेश्वर, मसँग बोल्नुहोस ।”
तब एक कुखुराकाे भाले बास्याे । तर त्यस मान्छेले वास्ता गरेन ।
मानिसले फेरि मुख खाेलेर भन्याे,
“परमेश्वर, मसँग बोल्नुहोस ।”
तब आकाशमा मेघ-गर्जन भयो । तर त्यस मान्छेले वास्ता गरेन ।
मानिसले वरिपरि हेर्यो र भन्यो,
“परमेश्वर, मलाई तपाईसँग भेट्न गर्न दिनुहोस ।”
र एउटा तारा चम्कियो । तापनि त्याे मानिसले वास्ता गरेन ।
मानिसले चिच्यायो,
“परमेश्वर, मलाई एउटा चमत्कार देखाउनुहोस ।”
र एउटा नयाँ जीवनको जन्म भयो । तर मानिसलाई त्यसलाई पनि वास्ता गरेन ।
त्यो मानिस निराश हुँदै करायो,
“मलाई छुनुहोस, परमेश्वर, र मलाई थाहा दिनुहोस कि तपाईं यहाँ हुनुहुन्छ ।”
त्यसपछि परमेश्वर तल झरेर मानिसलाई छुनुभयो । तर त्यो मानिसले पुतलीलाई पन्छाएर हिँड्यो ।
* कहीँ तपाईं पनि आफ्नै साेँच अनुसारको र आफ्नै तरिकाबाट परमेश्वरलाई त खोज्दै हुनुहुन्न ?
यसैले केही प्रसिद्ध व्यक्तिहरूले परमेश्वरको उपस्थितिको बारेमा यसाे भनेका थिए -
“यदि तपाईलाई परमेश्वर बाेल्नुहुन्छ भन्ने शंका छ भने,
बाहिर हेर्नुहोस र उहाँको अद्भुत सृष्टिमाथि ध्यान लगाउनुहाेस । उहाँको रचना उहाँको भाषाको मुख्य भाग हो।”
- जेमी गैलोवे
“हामीले परमेश्वरलाई खोज्नुपर्छ, र उहाँ कोलाहल र बेचैनीमा भेट्टाउन सकिँदैन। परमेश्वर मौन को मित्र हुनुहुन्छ। हेर्नुहोस कसरी प्रकृति - रूखहरू, फूलहरू, घाँस मौनतामा बढ्छन; ताराहरू, चन्द्रमा र सूर्यहरू हेर्नुहोस, तिनीहरू कसरी मौनतामा हिंड्छन... हामीलाई आत्माहरू छुन मौनता चाहिन्छ।”
- मदर टेरेसा
“आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ। र तारा-मण्डलले उहाँका हातको सीपको घोषणा गर्छ।
हरेक दिन तिनीहरूले वार्तालाप गर्छन, र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन।
कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरूको सोर सुनिँदैन।
तिनीहरूको सोरले सारा पृथ्वी गुञ्जायमान छ, तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन।”
- राजा दाऊद
#BackToTheCreator #God




No comments:
Post a Comment