जातिहरूको न्याय आउँदैछ । यो प्रतीकात्मक होइन, आत्मिक होइन, मण्डलीको लागि होइन । यो वास्तविक निर्णय, वास्तविक समयमा, विशेष उद्देश्यका लागि न्याय हो । तर यदि तपाईंले यसलाई सही रूपमा विभाजन गर्नुभएन भने तपाईंले आफूलाई त्यस्तो दृश्यमा राख्नुहुनेछ जहाँ तपाईं सम्बन्धित हुनुहुन्न ।
“जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ ।” [मत्ती २५:३१]
यो र्याप्चर होइन । यो ख्रीष्टको शरीर होइन । यो दोस्रो आगमन हो । अनि त्यो पल ख्रीष्टले राष्ट्रहरूलाई भेला गर्नुहुन्छ । तिनीहरू मरेकाहरू होइनन् तर महा सङ्कष्टबाट बचेका जीवित अन्यजातिहरू हुन ।
“र उसको सामुन्ने सबै जातिहरू भेला हुनेछन्...।” [मत्ती २५:३२]
त्यसो भए यो न्याय के हो ?
यहाँ यस्तो सोधिएको छैन, “के तपाईंले अनुग्रहको सुसमाचारमा विश्वास गर्नुभयो ?”
तर यो सोधिरहेको छ, “तपाईंले उहाँका भाइहरूलाई कस्तो प्रतिक्रिया दिनुभयो ?”
“तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्यौ... ।” [मत्ती २५:४०]
उनका यी भाइहरू मण्डली होइनन् । तिनीहरू याकूबको कष्टको समयमा बाँकी रहेकाहरू, स्थिर रहने र विश्वास गर्ने इजरायलहरू हुन ।
यहाँ सन्दर्भको महत्व छ । यहीँ हो जहाँ सही विभाजनले तपाईंलाई सुरक्षा दिन्छ । किनकि महा सङ्कष्ट ख्रीष्टको शरीरको निम्ति होइन, तर यो इजरायललाई शुद्ध गर्ने बारेमा हो ।
“हाय ! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ ! त्यस्तो अरू कुनै दिन पनि हुनेछैन । याकूबको निम्ति यो दु:खको दिन हुनेछ, तर ऊ त्यसबाट बचाइनेछ ।” [यर्मिया ३०:७]
यो प्रस्थानमा जस्तै... उजाडस्थान जस्तै... एउटा शुद्धीकरण हो, एउटा तयारी हो, विश्वासयोग्यहरू अगाडि ल्याउनु हो । परमेश्वरले फेरि तिनीहरूलाई आफ्नो राज्यमा ल्याउन, एक पटक आफ्नो जातिहरूसँग व्यवहार गर्नुहुनेछ ।
“तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्ति अपराध खतम पार्न, पाप समाप्त गर्न, दुष्टताको लागि प्रायश्चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्द गर्न र महापवित्रस्थानलाई अभिषेक गर्न सत्तरी 'सातहरू' को आदेश तोकिएको छ ।” [दानियल ९:२४]
त्यो अन्तिम हप्ता अर्थात् ७० औं हप्ता अझै बाँकी छ । अनि यो इजरायलको निम्ति हो, तर हाम्रो निम्ति होइन । त्यसैले जब ख्रीष्ट फर्कनुहुनेछ, उहाँले जातिहरूलाई अलग गर्नुहुन्छ । उहाँका भाइहरूलाई सहयोग गर्नेहरूलाई भेडाहरू भनिएको छ र बाख्राहरू तिनीहरू हुन, जसले तिनीहरूलाई अस्वीकार गरे र सताए । यो ठुलो सेतो सिंहासन होइन । त्यो पछि आउँछ । [प्रकाश २०:११-१५]
फरक समय । फरक व्यक्तिहरू । फरक उद्देश्य ।
यो कति महत्त्वपूर्ण छ भनेर के तपाईंले देख्नुभयो ? यदि तपाईंले यी निर्णयहरूलाई मिसाउनुभयो भने तपाईं स्पष्टता गुमाउनुहुन्छ । यदि तपाईंले इजरायलको कार्यक्रममा मण्डलीलाई राख्नुभयो भने तपाईंले आफ्नो पहिचान गुमाउनुहुन्छ । परमेश्वरले उहाँको पुनरागमनमा पृथ्वीमा ख्रीष्टको शरीरको न्याय गरिरहनुभएको छैन, किनकि हामी पहिले नै उहाँसँग छौं ।
“तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं ।” [थिस्सलोनिकी ४:१७]
अनि यहाँ यो व्यावहारिक बन्छ । किनकी आज धेरै मण्डलीहरूमा पनि फरक सन्देश दिन खोजिरहेका छन् । उनीहरूको सन्देशको केन्द्रमा राजनीति, सामाजिक सुधार, मानवीय प्रयास ईत्यादी छन् । तर आज त्यो परमेश्वरको शक्ति होइन ।
“किनकि सुसमाचारसँग म शर्माउँदिनँ । किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि ।” [रोमी १:१६]
* यसको उत्तर सक्रियता होइन ।
* यसको उत्तर कार्यक्रम होइन ।
* यसको उत्तर विश्व प्रणालीमा सुधार गर्नु होइन ।
* यसको उत्तर भनेको परमेश्वरको अनुग्रहको सुसमाचार हो ।
“तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिनँ । यति मात्र चाहन्छु, कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ ।” [प्रेरित २०:२४]
सहि विभाजनले तपाईंले यसलाई स्पष्ट रूपमा देख्न थाल्नुहुन्छ,
* महा सङ्कष्ट इस्राएलको लागि हो ।
* राज्य इस्राएललाई प्रतिज्ञा गरिएको छ ।
* जातिहरूहरूको न्याय त्यस समयसँग सरोकार छ ।
अनि आज ? आज, परमेश्वरले अनुग्रह प्रदान गर्दै, मिलापको प्रचार गर्दै, पापीहरूलाई सित्तैमा बचाउँदै ख्रीष्टको शरीर बनाउँदै हुनुहुन्छ ।
“किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो ।” [एफिसी २:८]
त्यसैले आफूलाई मत्ती २५ मा नराख्नुहोस् । आफूलाई ख्रीष्टमा राख्नुहोस् । कार्यक्रमहरूलाई भ्रमित नगर्नुहोस् । समयरेखाहरू नमिसाउनुहोस् । सन्देश नगुमाउनुहोस् । किनभने जब तपाईं सही रूपमा विभाजन गर्नुहुन्छ, तब सबै मिल्छ । सबै कुरा स्पष्ट हुन्छ । सबै कुराले उहाँको अनुग्रहलाई बढाउँछ ।
विभिन्न न्याय । विभिन्न व्यक्तिहरू । विभिन्न उद्देश्यहरू ।
सहि विभाजनले सत्य बलियोसँग खडा हुन्छ । रहस्यको प्रकाश अनुसार ख्रीष्टको प्रचार गर्नुहोस् !
Source :
https://www.facebook.com/groups/291649598650140/permalink/1635629540918799/

No comments:
Post a Comment