१. तिनीहरू आफ्नो पापको लागि लज्जित छन् ।
२. उहाँसँग सम्बन्धित भएकोमा तिनीहरू लज्जित महशुस गर्छन् ।
३. तिनीहरू विश्वास गर्छन् कि उहाँ टाढा हुनुहुन्छ र उहाँलाई सम्पर्क गर्न सकिँदैन ।
४. तिनीहरू उहाँको अस्तित्वमा विश्वास गर्दैनन् ।
५. उहाँ परमेश्वर हुनुहुन्न भन्ने कुरामा उनीहरू विश्वस्त छन् ।
६. तिनीहरूले उहाँका शिक्षाहरू र आज्ञाहरूलाई अप्रिय र पालन गर्न गाह्रो देख्छन् ।
७. तिनीहरूको सहज र सुरक्षित जीवन छ ।
८. तिनीहरूले शारीरिक, भावनात्मक, मानसिक र आर्थिक संघर्ष र कठिनाइहरू अनुभव गर्दैनन् ।
९. तिनीहरू आफ्नो धर्मले अन्धा छन् ।
१०. तिनीहरू करियर, अध्ययन, जागिर र व्यवसायमा व्यस्त छन् ।
११. तिनीहरू साथीहरू र समूहको दबाबमा हार मान्छन् ।
१२. तिनीहरू सोच्छन् कि येशूमा विश्वास केवल सरल दिमागका मानिसहरूको लागि हो ।
यसकारण लेखिएको छ,
“हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो ।
उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन ।
उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन् ।
तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो ।” [यूहन्ना १:९-१२]
“फैसलाचाहिँ यही हो: ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए ।
किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र ज्योतिमा आउँदैन, नत्रता त्यसका काम प्रकट हुनेछन् ।
सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रस्टै देखिन्छ ।” [यूहन्ना ३:१९-२१]
अनि येशूले भन्नुभयो, “म न्यायको लागि यस संसारमा आएँ, कि नदेख्नेहरूले देखून् र देख्नेहरूचाहिँ अन्धा होऊन् ।”
यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरूमध्ये कुनै-कुनैले उहाँलाई भने, “के हामी पनि अन्धा हौं त ?”
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अन्धा भए ता पापको दोषी हुनेथिएनौ, तर तिमीहरू 'हामी देख्छौं' भन्दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्छ ।” [यूहन्ना ९:३९-४१]

No comments:
Post a Comment