Thursday, April 9, 2026

र्‍याप्चर, रहस्य, जाँच र तथ्यहरू

 



 र्‍याप्चर येशू ख्रीष्ट आफैंले प्रेरित पावललाई दिनुभएको ख्रीष्टको शरीरको सिद्धान्त हाे । यो बिषय केवल धर्मशास्त्रमा मात्र निर्माण गरिएको छ । महा सङ्कष्ट पूर्व र्‍याप्चरको सिद्धान्त भविष्यवाणी, अनुमान, वा मण्डली परम्पराबाट लिइएको होइन । यो एक रहस्य हो जुन पुनरुत्थान हुनुभएका प्रभु येशू ख्रीष्टद्वारा ख्रीष्टको शरीरको लागि अनुग्रहको युगमा प्रेरित पावललाई सिधै प्रकट गरिएको थियो ।


भविष्यवाणी (इजरायलको कार्यक्रम) लाई रहस्य (ख्रीष्टको शरीर) सँग मिसाउँदा भ्रम र सैद्धान्तिक विरोधाभास उत्पन्न हुन्छ । वचनलाई सही रूपमा विभाजित गरिएको छ भने र्‍याप्चरले थुमाको क्रोध पृथ्वीमा खस्नु अघि अनुग्रहको युग समाप्त गर्छ ।


१. पावलले बौरिउठ्नुभएको ख्रीष्टबाट प्रत्यक्ष प्रकाश पाएका थिए ।


पावलले सिकाएका सुसमाचार र सिद्धान्तहरू बाह्र प्रेरितहरूबाट सिकेका थिएनन् । ती येशू ख्रीष्टद्वारा प्रत्यक्ष रूपमा प्रकट गरिएका थिए ।


“भाइ हो, तिमीहरूले यो जान भन्ने म चाहन्छु, कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन । 

किनकि मैले यो कुनै मानिसबाट पाएको होइनँ, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्टको प्रकाशद्वारा मैले यो पाएको हुँ ।” [गलाती १:११-१२]


यसको अर्थ र्‍याप्चर सहित ख्रीष्टको शरीरको सिद्धान्त, क्रूसपछि दिइएको नयाँ प्रकाश थियो ।


२. र्‍याप्चर एक रहस्य थियो, तर पहिले लुकेको थियोे ।


र्‍याप्चर भविष्यवाणीमा प्रकट भएको थिएन । पावललाई प्रकट नगरिएसम्म यो लुकेको थियो ।


“हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ, एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा । किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन् । अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ ।” [१ कोरिन्थी १५:५१-५२]


पावलले स्पष्ट रूपमा र्‍याप्चरलाई रहस्य भन्छन् । धर्मशास्त्रमा रहस्य भनेको प्रकट नभएसम्म परमेश्वरमा लुकेको कुरा हो ।


३. क्रोध आउनु अघि ख्रीष्टको शरीर हटाइन्छ ।


महा सङ्कष्ट भनेको पृथ्वीमा खन्याइएको थुमाको क्रोध हो ।


“तिनीहरूले पहाड़हरू र चट्टानहरूलाई भने, ‘हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाओ, किनकि उहाँहरूका क्रोधको ठूलो दिन आएको छ, र यसको अगि को खड़ा हुन सक्छ’ ?” [प्रकाश ६:१६-१७]


तर ख्रीष्टको शरीर त्यो क्रोधको लागि नियुक्त गरिएको छैन ।


“किनकि परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नलाई अघिबाटै नियुक्त गर्नुभएको हो ।” [१ थिस्सलोनिकी ५:९]


त्यसकारण क्रोध सुरु हुनुभन्दा पहिले नै मण्डलीलाई उठाउनु पर्छ ।


४. पावलले पहिले र्‍याप्चरको बारेमा वर्णन गरे ।


पावलले र्‍याप्चरको बारेमा सबैभन्दा स्पष्ट वर्णन दिए ।


“किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन् । 

तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं ।” [१ थिस्सलोनिकी ४:१६-१७]


महत्त्वपूर्ण विवरणहरू :

 * विश्वासीहरू उठाइएका छन् ।

 * तिनीहरू प्रभुलाई आकाशमा भेट्छन् ।

 * यो पृथ्वीमा दोस्रो आगमन होइन ।


यो घटना ख्रीष्टको न्यायमा पृथ्वीमा फर्कने घटनाभन्दा फरक छ ।


५. पावललाई पहिले स्वर्गमा उठाइयो । पावल आफैंले र्याप्चर जस्तो घटना अनुभव गरे । 


“ख्रीष्टमा म एक जना मानिसलाई चिन्दछु, जो चौध वर्षअघि तेस्रो स्वर्गसम्म उचालिलगियो । ऊ शरीरमै लगियो कि शरीरविनै, सो म जान्दिनँ, परमेश्वर जान्नुहुन्छ ।” [२ कोरिन्थी १२:२]


पावल स्वर्गमा उठाइए र फर्किए । यो घटनाले उठाई लाने नमुना र उदाहरणको रूपमा काम गर्छ ।


यस प्रकारको घटना अनुभव गर्ने पावल ख्रीष्टको शरीरको पहिलो अभिलेखित सदस्य बने ।


६. र्‍याप्चरसँगै अनुग्रहको युग पनि समाप्त हुन्छ ।


पावलले सिकाउँछन् कि हामी अनुग्रहको युगमा बाँचिरहेका छौं ।


“तिमीहरूका निम्ति मलाई सुम्पिएको परमेश्वरका अनुग्रहको जिम्मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्ने मलाई लागेको छ ।” [एफिसी ३:२]


यो वर्तमान युग ख्रीष्टको शरीर पूर्ण नभएसम्म जारी रहन्छ ।


जब र्याप्चर हुन्छ :

 * ख्रीष्टको शरीरलाई आकाशमा उठाई लगिनेछ ।

 * अनुग्रहको युग समाप्त हुन्छ ।

 * परमेश्वरले इस्राएलसँग आफ्नो भविष्यसूचक कार्यक्रम पुनः सुरु गर्नुहुन्छ ।


७. महा सङ्कष्ट मण्डलीको कार्यक्रम होइन ।


महा सङ्कष्ट इस्राएलको भविष्यसूचक कार्यक्रमको एक भाग हो ।


“हाय ! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ ! त्यस्तो अरू कुनै दिन पनि हुनेछैन । याकूबको निम्ति यो दु:खको दिन हुनेछ, तर ऊ त्यसबाट बचाइनेछ ।” [यर्मिया ३०:७]


नोट :

 * यो याकूबको कष्ट हो, ख्रीष्टको शरीरको होइन ।

 * यस अवधिले इस्राएल र राष्ट्रहरूको बारेमा गरिएको भविष्यवाणी पूरा गर्दछ ।


८. भविष्यवाणीलाई रहस्यसँग मिश्रण गरिए सैद्धान्तिक भ्रम निम्त्याउँछ ।


जब शिक्षकहरू एकजुट हुन्छन् :

 * इजरायलको भविष्यवाणी कार्यक्रमसँग ख्रीष्टको शरीरको रहस्य जोडिएयो भने विरोधाभास सिर्जना गर्छन् ।


परिणामस्वरूप यी विचारहरू आउँछन् । जस्तै:

 * मण्डली महा सङ्कष्टबाट गुज्रिरहेको छ ।

 * येशूले आफ्नै शरीरमाथि क्रोध खन्याउनुभयो ।

 * र्‍याप्चरसँग दोस्रो आगमनलाई भ्रमित गर्नेछ तर धर्मशास्त्रले दुई अलग कार्यक्रमहरू देखाउँछ ।


निष्कर्ष :

प्रेरित पावल सिद्धान्त अनुसार :

 १. र्‍याप्चर पावललाई प्रकट गरिएको रहस्य हो । 

 २. ख्रीष्टको शरीर क्रोधको लागि नियुक्त गरिएको छैन ।

 ३. मण्डली उठाई लगिएपछि अनुग्रहको युग समाप्त हुन्छ ।

 ४. महा सङ्कष्ट इस्राएलको भविष्यवाणी कार्यक्रमसँग सम्बन्धित छ ।

 ५. भविष्यवाणी र रहस्यलाई सही रूपमा विभाजन गर्नाले विरोधाभासहरू हट्छन् ।


त्यसकारण, महा सङ्कष्ट पूर्वको र्‍याप्चर ख्रीष्टको शरीरको लागि प्रेरित पावललाई बौरिउठ्नुभएका प्रभु येशू ख्रीष्टद्वारा प्रकट गरिएको सैद्धान्तिक सत्यको रूपमा खडा छ ।


Sources :

1. https://www.facebook.com/groups/535041793324830/permalink/3507289096100070/?app=fbl


2. https://www.facebook.com/share/p/1EHa7AAR4e/


3. https://www.facebook.com/100084223545114/posts/938557522295024/?app=fbl








🔥 THIS IS GOD’S ORDER — NOT MAN’S OPINION 🔥

In a time when prophecy is mocked, twisted, or ignored, God has not left His people in confusion. Scripture gives a clear, ordered prophetic timeline when the Word of God is rightly divided. The problem is not the Bible — the problem is forcing verses to say what they were never meant to say.


The pre-tribulation Rapture is not escapism.

It is Bible doctrine.


✨ THE RAPTURE OF THE CHURCH — OUR BLESSED HOPE


The Rapture is Christ coming FOR His Church, not with His Church. He does not touch the earth. He does not judge nations. He does not establish a kingdom. He catches away the Body of Christ to heaven.


📖 “Then we which are alive and remain shall be caught up together with them in the clouds, to meet the Lord in the air.”

— 1 Thessalonians 4:17 (KJV)


This event is:


Imminent (no signs precede it)


Comforting, not terrifying (1 Thess. 4:18)


Distinct from the Second Coming


A mystery revealed to Paul, not to Israel (1 Cor. 15:51)


📖 “Looking for that blessed hope…” — Titus 2:13 (KJV)


Mockers say, “The word rapture isn’t in the Bible.”

Neither is “Trinity” — yet the doctrine is clearly taught. “Caught up” (harpazō) is the doctrine. Words don’t create truth — Scripture does.


🔥 THE SEVEN-YEAR TRIBULATION — JACOB’S TROUBLE


After the Church is removed, God resumes His prophetic program with Israel, exactly as foretold.


📖 “Seventy weeks are determined upon thy people and upon thy holy city…”

— Daniel 9:24 (KJV)


This period is:


Not the Church Age


Not the Body of Christ


Specifically for Israel and the nations


A time of judgment, deception, and divine wrath


📖 “Alas! for that day is great, so that none is like it: it is even the time of Jacob’s trouble.”

— Jeremiah 30:7 (KJV)


The Church is not appointed to wrath.


📖 “For God hath not appointed us to wrath…”

— 1 Thessalonians 5:9 (KJV)


Grace does not disappear — but the administration of the Church Age ends. That distinction matters.


👑 THE SECOND COMING — THE KING RETURNS


This is not the Rapture.


Here, Jesus returns to the earth, publicly, visibly, in power and judgment.


📖 “And his feet shall stand in that day upon the mount of Olives.”

— Zechariah 14:4 (KJV)


📖 “And I saw heaven opened… and he treadeth the winepress of the fierceness and wrath of Almighty God.”

— Revelation 19:11–15 (KJV)


At the Second Coming:


Enemies are judged


Israel is delivered


Christ establishes His literal kingdom


Mixing this with the Rapture creates confusion. Rightly dividing Scripture removes it.


❗ ANSWERING THE MOCKERS


📖 “Knowing this first, that there shall come in the last days scoffers…”

— 2 Peter 3:3 (KJV)


Mockery doesn’t disprove doctrine — it fulfills prophecy.


The pre-tribulation Rapture stands because:


It preserves God’s promises to Israel


It keeps the Church out of wrath


It honors Pauline revelation


It maintains clear biblical distinctions


This is not tradition.

This is Scripture compared with Scripture.


✝️ THE GOSPEL — FOR THE LOST


Before prophecy unfolds, salvation is available now.


📖 “Moreover, brethren, I declare unto you the gospel…”

— 1 Corinthians 15:1–4 (KJV)


Jesus Christ:


Died for your sins


Was buried


Rose again the third day


Salvation is not earned, not maintained by works, and not proven by endurance.

It is received the moment you believe in Jesus Christ and His finished work.


📖 “Believe on the Lord Jesus Christ, and thou shalt be saved.”

— Acts 16:31 (KJV)


⚠️ The Rapture is imminent.

⚠️ The Church Age will not last forever.

⚠️ Today is the day of salvation.


💬 If you see it — say it.

📖 If you believe the Bible — stand on it.







No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...