एस्क्याटोलोजी भनेको अन्तिम समयको बारेमा अध्ययन हो, जहाँ संसारको भविष्यको लागि परमेश्वरको भविष्यसूचक योजना र येशू ख्रीष्ट मार्फत उहाँका प्रतिज्ञाहरूको पूर्ति हुने बिषय समाबेश छ ।
एस्क्याटोलोजीमा यी विषयहरू समावेश छ :
१. भविष्यवाणी - परमेश्वरले आफ्ना मानिसहरूलाई तयार पार्न भविष्यका घटनाहरू प्रकट गर्नुहुन्छ ।
“निश्चय नै परमप्रभु परमेश्वरले आफ्ना दास, अगमवक्ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुन्न ।” [आमोस ३:७]
२. मण्डलीको र्याप्चर - विश्वासीहरू हावामा ख्रीष्टलाई भेट्न उठाई लगिए ।
“तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं ।” [१ थेसलोनिकी ४:१७]
३. महासङ्कष्ट - न्याय र जाँचको सात वर्षको अवधि हुनेछ ।
“किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगत्को सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ ।” [मत्ती २४:२१]
४. ख्रीष्टको दोस्रो आगमन - पृथ्वीमा शासन गर्न येशूको भौतिक पुनरागमन हुनेछ ।
“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् ।” [मत्ती २४:३०]
५. सहस्राब्दी राज्य - ख्रीष्टको शान्ति र धार्मिकताको १,००० वर्षको शासन हुनेछ ।
“पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन् । यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन, तर तिनीहरू परमेश्वर र ख्रीष्टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन् ।” [प्रकाश २०:६]
५. अनन्त राज्य - परमेश्वर आफ्ना उद्धार गरिएका मानिसहरूसँग सधैंभरि बास गर्नुहुन्छ ।
“उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन । किनकि पहिलेका कुराहरू बितिसकेका छन् ।” [प्रकाश २१:४]
* एस्क्याटोलोजीले हामीलाई सम्झाउँछ : परमेश्वरको योजना पूर्ण रूपमा प्रकट हुँदैछ र ख्रीष्टमा हुनेहरूका लागि, उत्तम कुराहरू आउन बाँकी छ ।
* एस्क्याटोलोजी (Eschatology) ग्रीक शब्द एस्काटोस (अन्तिम) र लोगिया (अध्ययन) बाट आएको, यसले अन्तिम घटनाहरूको सिद्धान्तलाई जनाउँछ । जसले इतिहासको अन्त्य, मृत्यु, न्याय, मृत्युपछिको जीवन, र मानवता र संसारको अन्तिम गन्तव्यलाई समेट्छ । यो मृतकहरूको पुनरुत्थान, र्याप्चर, ख्रीष्टको दोस्रो आगमन, मसीही युग, नयाँ आकाश र नयाँ पृथ्वी र अनन्तकाल जस्ता विषयहरूमा केन्द्रित छ ।
Source :
https://www.instagram.com/p/DSy2xQgD5dq/?img_index=1&igsh=MTl1aTkxN28ydWVhNw==

No comments:
Post a Comment