के यो मुख्यतया संसारको लागि न्यायको समय हो ? जब तपाईं २ थेसलोनिकी २:१-२ पढ्नुहुन्छ, तपाईंले पत्ता लगाउनुहुन्छ कि ख्रीष्टको दिनले ख्रीष्टको दोस्रो आगमनलाई जनाउँछ । यो उहाँको क्रोधको दिन हो, उहाँको न्यायको दिन [२ थेसलोनिकी १:७-८], र यो न्याय उहाँले पृथ्वीमा आफ्नो हजार वर्षीय शासन, उहाँको एक हजार वर्षको शान्ति स्थापना गर्नुभन्दा पहिले हुन्छ । यसबारे भन्न धेरै कुराहरू छन्, तर अहिलेको लागि, ख्रीष्टको दोस्रो आगमनको बारेमा केही रोचक तथ्यहरू यहाँ दिइएका छन् ।
१. दोस्रो आगमन ख्रीष्टियनहरूका लागि होइन ।
ख्रीष्टको दोस्रो आगमन ख्रीष्टियनहरूका लागि होइन, जबकि मण्डलीको र्याप्चर ख्रीष्टियनहरूका लागि हो । (याद राख्नुहोस्, हामीले केही समय अघिको संस्करणमा र्याप्चरको बारेमा छलफल गरेका थियौं ।)
र्याप्चरको बारेमा सात रोचक तथ्यहरू
२. उहाँको दोस्रो आगमनमा सन्तहरू पृथ्वीमा फर्कदैछन् ।
उहाँ एक्लै आउनुहुने छैन, हामी पापीहरूलाई न्याय गर्न उहाँसँगै आउनेछौं । सम्झनुहोस्, हामी मण्डलीको र्याप्चरमा उहाँसँगै गएका थियौं । त्यसोभए, हामी ख्रीष्टको दोस्रो आगमनको प्रतीक्षा गरिरहेका छैनौं; हामी थुमाको विवाह भोजपछि, उहाँसँगै पृथ्वीमा फर्कनेछौं । [यहूदा १:१४-१६]
३. दोस्रो आगमनको अवधि र्याप्चर जस्तो छैन !
मण्डलीको र्याप्चर जस्तो नभई, उहाँको दोस्रो आगमनमा, प्रभु येशू ख्रीष्ट सबै राष्ट्रहरूले उहाँलाई देख्न सकून् भनेर दिनभरि (२४ घण्टा) हावामा रहनुहुनेछ । [मत्ती २४:३०]
४. उहाँको दोस्रो आगमन मण्डलीको र्याप्चरको ७ वर्षपछि हुन्छ ।
ख्रीष्टको दोस्रो आगमनभन्दा सात वर्ष अघि, र्याप्चर हुनेछ [१ थेसलोनिकी ४:१७], र हामी ख्रीष्टको मिलनको उत्सव र थुमाको विवाह भोजको लागि स्वर्ग जानेछौं ।
५. येशू रगतमा डुबेको लुगा लगाएर पृथ्वीमा फर्कदै हुनुहुन्छ ।
स्वर्गमा त्यो अद्भुत भोज विवाह भोज सम्पन्न भएपछि, प्रभु येशू रगतमा डुबेको लुगा लगाएर सेतो घोडामा सवार भएर पृथ्वीमा आफ्नो दोस्रो आगमनमा फर्कनुहुन्छ ।
प्रकाश १९:१३ ले भन्छ, “उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ ‘परमेश्वरको वचन’ थियो ।”
यसको महत्व के हो ? रगतमा डुबेको उहाँको पोशाक सारा संसारलाई किनेको प्रमाण र रसिद हो । [मत्ती १३:४४, १ कोरिन्थी ६:२०, १ पत्रुस १:१८-१९]
६. उहाँले आफ्नो आगमनमा ख्रीष्ट विरोधीलाई “प्रहार” गर्नुहुनेछ !
येशूको दोस्रो आगमनमा, बाइबलले भन्छ कि उहाँले ख्रीष्ट विरोधीलाई “...प्रभु येशूले आफ्नो मुखको सासले नाश पार्नुहुनेछ...।” [२ थेसलोनिकी २:८], जसले आत्माको तरवारलाई जनाउँछ - परमेश्वरको “रेमा” - उसको मुखबाट निस्कने वचनहरू । [प्रकाश १९:१५, एफिसी ६:१७] गौरवशाली खबर !
७. यो महासङ्कष्ट पछि तुरुन्तै हुन्छ ।
मत्ती २४:२९ मा, जहाँ येशू आफैंले यसको बारेमा बोल्नुहुन्छ, उहाँले भन्नुभयो, “ती दिनहरूको सङ्कष्ट पछि तुरुन्तै...।” यसले ख्रीष्टको दोस्रो आगमन महासङ्कष्ट पछि हुनेछ भन्ने संकेत गर्छ ।
के होला ? येशूसँग हुनको लागि तपाईंले ख्रीष्टको दोस्रो आगमनसम्म पर्खनु पर्दैन । र्याप्चरमा, उहाँलाई प्रभुको रूपमा ग्रहण गर्ने सबैले उहाँसँग सधैंभरि रहन पाउनेछन् ।
यहाँ तलको मुक्तिको प्रार्थना गर्नुहोस्, र जब अन्तिम तुरही बज्छ, तपाईं प्रभुलाई हावामा भेट्न उठाइनु हुनेछ ! [१ थेसलोनिकी ४:१७]
मुक्तिको प्रार्थना :
यदि तपाईं अझै नयाँ गरी जन्मनुभएको छैन भने, हामी तपाईंलाई यसरी प्रार्थना गरेर येशू ख्रीष्टलाई आफ्नो जीवनको प्रभु बनाउन आमन्त्रित गर्न चाहन्छौं,
“हे प्रभु परमेश्वर, म मेरो सम्पूर्ण हृदयले जीवित परमेश्वरको पुत्र येशू ख्रीष्टमा विश्वास गर्छु । म विश्वास गर्छु कि उहाँ मेरो लागि मर्नुभयो र परमेश्वरले उहाँलाई मृत्युबाट ब्यूँताउनुभयो । म विश्वास गर्छु कि उहाँ आज जीवित हुनुहुन्छ । म मेरो मुखले स्वीकार गर्छु कि येशू ख्रीष्ट आजदेखि मेरो जीवनको प्रभु हुनुहुन्छ । उहाँ मार्फत र उहाँको नाममा, मसँग अनन्त जीवन छ; म नयाँ जन्मिएको छु । प्रभु, मेरो आत्मा बचाउनु भएकोमा धन्यवाद ! म अब परमेश्वरको सन्तान हुँ । हल्लेलुयाह !”
बधाई छ ! अब तपाईं परमेश्वरको सन्तान हुनुहुन्छ ।
हामी तपाईंको सम्पर्क प्राप्त गर्न चाहन्छौं ताकि हामी तपाईंलाई ख्रीष्टियनको रूपमा बढ्न मद्दत गर्न सकौं ।
Sources :
1. https://www.teevotogo.org/the-second-coming-of-christ/
2. https://www.teevotogo.org/prayer-of-salvation/

No comments:
Post a Comment