Monday, April 6, 2026

येशू ख्रीष्टमा पूरा भएका भविष्यवाणीहरू

 





१. उहाँ स्त्रीबाट जन्मनुहुनेछ । [उत्पत्ति ३:१५] ख्रीष्ट मानव पिताबाट जन्मनुभएको थिएन । उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ ।

 उहाँ स्त्रीबाट जन्मनु भयो । [गलाती ४:४] भविष्यवाणीको पूर्तिमा पवित्र आत्माद्वारा येशू मरियमबाट जन्मनुभयो ।


२. अब्राहामका सन्तान हुने थिए । [उत्पत्ति २२:१८] सबै जातिहरूलाई ख्रीष्ट मार्फत आशिष् आउने थियो ।

 उहाँ अब्राहामको वंशज भएर जन्मनु भयो । [प्रेरित ३:२५; गलाती ३:१६]


३. यहूदाको कुलबाट एक अनन्त राजा खडा हुनुहुनेछ । [उत्पत्ति ४९:१०] त्यो ख्रीष्ट अनन्त राजा हुनुहुनेछ ।

 उहाँ यहूदाको वंशमा जन्मनु भयो । [लूका ३:३३] हामी यस पदमा र ख्रीष्टको वंशमा यहूदालाई देख्छौं ।


४. दाऊदको परिवारमा जन्मनेछ । [यशैया ११:४] येशूलाई     ठुटोको रूपमा वर्णन गरिएको छ, यिशैका छोरा दाऊदको हाँगा ।

 येशूको वंशावली “दाऊदका पुत्र येशू ख्रीष्टको वंशावली” [मत्ती १:१] भन्ने भनाइबाट सुरु हुन्छ ।


५. जन्म बेथलेहेममा हुनेछ । [मीका ५:२] मसीह इस्राएलको राजाको रूपमा बेथलेहेममा जन्मनु पर्ने थियो ।

 उहाँको बेथलेहेममा जन्म भयो । [मत्ती २:१] येशूको जन्म राजा हेरोदको समयमा यहूदियाको बेथलेहेममा भएको थियो ।


६. ऊ कन्याबाट जन्मनेछ र उसलाई इम्मानुएल भनिनेछ । [यशैया ७:१४]

पवित्र आत्माद्वारा कुमारी मरियमबाट जन्मनुभयो । [मत्ती १:१८-२३] येशूको अर्थ “परमेश्वर हामीसँग” हो ।


७. येशूको जन्ममा बालबालिकाको नरसंहार (सामूहिक हत्या) हुनेवाला थियो । [यर्मिया ३१:१५] यर्मियाले रोइरहेका आमाहरूको बारेमा भविष्यवाणी गरे जसका बालबालिकाहरूको हत्या गरिएको थियो ।

 ठीक त्यस्तै भयो। [मत्ती २:१६] जब हेरोदले ज्योतिषीहरूबाट येशू जन्मनुभएको थाहा पाए, उनले दुई वर्ष वा सोभन्दा कम उमेरका सबै केटाहरूलाई मार्न लगाए । तर परमेश्वरले येशूलाई बचाउनुभयो । [मत्ती २:१६-१८]


८. उहाँ एक अगमवक्ता हुनुहुनेछ । [व्यवस्था १८:१५] मोशा जस्तै एक जना अगमवक्ता खडा हुनेछन् भनी भविष्यवाणी गरिएको थियो ।

 येशूले चमत्कारहरू गर्दा, मानिसहरूले थाहा पाए कि उहाँ नै आउनुहुने अगमवक्ता हुनुहुन्छ । उहाँका चेलाहरूले यो सत्यको गवाही दिए । [मत्ती २१:११]


९. मल्कीसेदेकको दर्जाबमोजिम [भजनसंग्रह ११०:४] सदाको लागि एक जना पूजाहारी हुनेछन् ।

 ख्रीष्ट सधैंभरि प्रधान पूजाहारी हुनुहुन्छ । [यशैया ६:२०]


१०. उहाँलाई नजिकको साथीले धोका दिनेछ । [भजनसंग्रह ४१:९]

उहाँलाई उहाँका चेलाहरूमध्ये एक जना, यहूदाले धोका दियो । [मर्कूस १४:१०, ४३]


११. उहाँको मूल्य ३० चाँदीका सिक्का हुनेछ । [जकरिया ११:१२, १३]

 यहूदालाई धोका दिएकोमा उसलाई ३० वटा चाँदीका सिक्काहरू दिइयो । [मत्ती २६:१४, १५; २७:३-१०]


१२. उहाँलाई अपराधीहरूसँग गणना गरिनेछ । [यशैया ५३:१२]

 उहाँलाई दुई जना डाँकाहरूको बीचमा क्रूसमा टाँगिएको थियो । [मत्ती २७:३८]


१३. उहाँको शरीर कुहिनेछैन । [भजनसंग्रह १६:९]

 उहाँकाे शरीर नकुहुँदै मृत्युबाट बौरी उठ्नुभयो । [मत्ती २८:६]


१४. उहाँ माथि उक्लनुहुनेछ । [भजनसंग्रह ६८:१८]

 येशूलाई स्वर्गमा लगियो । [प्रेरित १:९]


* यसरी पुरानो नियमका भविष्यवाणीहरू नयाँ नियममा पूर्ति भए । यहुदी युगमा हरेक कुराे आउनेवाला थाेककाे प्रतिक हुन्थ्यो ।


* ख्रीष्टको देह धारण आकस्मिक थिएन तर परमेश्वरको अनन्त योजनाद्वारा भएको थियो । जब येशू पृथ्वीमा जन्मनुभयो, बाइबलका धेरैजसो भविष्यवाणीहरू उहाँमा पूरा भए । यी भविष्यवाणीहरू उहाँको जन्मभन्दा धेरै अघि लेखिएका थिए ।


* बाइबलका सबै पुस्तकहरू र विषयवस्तुहरूको केन्द्रबिन्दु येशू हुनुहुन्छ । पुरानो नियमले ख्रीष्टलाई आउनुहुने व्यक्तिको रूपमा बोलेको छ, र नयाँ नियमले उहाँलाई पहिले नै आइसकेको व्यक्तिको रूपमा बोलेको छ । दुवैले ख्रीष्टको मानवजातिको उद्धारलाई प्रकट गर्दछ । ख्रीष्टको जन्म, मृत्यु र पुनरुत्थान आकस्मिक घटनाहरू थिएनन् तर समयको सुरुवातदेखि नै परमेश्वरद्वारा योजनाबद्ध र व्यवस्थित गरिएका थिए । पुरानो नियमका अगमवक्ताहरूले यी कुराहरूको बारेमा पहिले नै भविष्यवाणी गरेका थिए ।


* आदमदेखि लिएर, पुरानो नियमका सबै पिताहरूले ख्रीष्टको प्रतिस्थापनात्मक मृत्युमा विश्वास गर्थे र बलिदान चढाउँथे । पुरानो नियममा गरिएको प्रत्येक बलिदान ख्रीष्टको वास्तविक बलिदानको प्रतीक हो । यसबाहेक, प्रत्येक पुरानो नियमको पुस्तक ख्रीष्टमा केन्द्रित छ । पूजाहारीहरू, मन्दिर, बलिदानहरू, मन्दिरका पवित्र भाँडाकुँडाहरू, आदिले ख्रीष्टलाई औंल्याउँछन् । मसीही भविष्यवाणीहरूको एक भाग (ख्रीष्टको बारेमा भविष्यवाणीहरू) पहिले नै पूरा भइसकेका छन् । तीमध्ये केही पूरा हुन बाँकी छन् । ख्रीष्टको आगमन (बादलमा) र धर्मीहरूको उठाई लगिने रहस्य भविष्यवाणीको एक महत्त्वपूर्ण तत्व हो जुन पूरा हुन बाँकी छ । यदि धेरै पहिले लेखिएका भविष्यवाणीहरू पूरा भइसकेका छन् भने, बाँकी भविष्यवाणीहरू पनि पूरा हुनेछन् ।


यसकारण लेखिएको छ,

“तर समयको पूर्णतामा परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो । उहाँ एउटी स्त्रीबाट जन्मनुभयो, तथा व्यवस्थाको अधीनमा जन्मनुभयो ।” [गलाती ४:४]

 

“किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो ।” [१ कोरिन्थी १५:३]


“किनभने व्‍यवस्‍था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो । यसकारण सालिन्‍दै नित्‍य चढ़ाइने त्‍यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्‍दैन ।” [हिब्रू १०:१]


Sources :

1. https://whattowatchfor.org/jesus.htm

2. https://citylightomaha.org/jesus-in-the-old-testament/

3. https://www.biblegateway.com/blog/2019/03/the-bible-explained-with-infographics-an-interview-with-karen-sawrey/

4. https://visualtheology.church/shop/posters/books-of-the-bible/exodus/100-prophecies/

5. https://viz.bible/old-testament-prophecies-fulfilled-in-christ/

6. https://craigtowens.com/2019/12/18/prophecy-fulfilled/

7. https://www.learnreligions.com/prophecies-of-jesus-fulfilled-700159

8. https://app.coptic.education/sundayschool/7thgrade/newtestament/week3christfulfillstheprophecies

9. https://www.preceptaustin.org/messianic_prophecies

10. https://www.facebook.com/groups/764406607682350/permalink/2053891842067147/?app=fbl







No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...