१. येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई प्रभु भोज दिनुभयो, त्यसपछि उहाँले कसैसँग पैसा माग्नु भएन ।
२. चेलाहरूले विश्वासीहरूलाई प्रभुको भोज दिए, त्यसपछि उनले कसैसँग पैसा मागेनन् ।
३. येशू ख्रीष्टले चेलाहरूमा सास फुक्नुभयो र भन्नुभयो, “पवित्र आत्मा प्राप्त गर ।”, त्यसपछि उहाँले कसैसँग पैसा माग्नु भएन ।
४. चेलाहरूले हात राखेर विश्वासीहरूले पवित्र आत्मा पाए, त्यसपछि उनले कसैसँग पैसा मागेनन् ।
५. बप्तिस्मा दिने यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिए, त्यसपछि उनले कसैसँग पैसा मागेनन् ।
६. जब चेलाहरूले विश्वासीहरूलाई बप्तिस्मा दिए, तिनीहरूले कसैसँग पैसा मागेनन् ।
७. परमेश्वरले सबै विश्वासीहरूलाई पवित्र आत्मा र उहाँका वरदानहरू दिनुभयो, त्यसपछि उहाँले कसैसँग पैसा माग्नु भएन ।
८. येशू ख्रीष्टले मानिसहरूबाट दुष्ट आत्माहरू निकाल्नुभयो, त्यसपछि उहाँले कसैसँग पैसा माग्नु भएन ।
९. येशू ख्रीष्टले मानिसहरूका रोगहरू निको पार्नुभयो, त्यसपछि उहाँले कसैसँग पैसा माग्नु भएन ।
१०. येशू ख्रीष्टले चेलाहरू र विश्वासीहरूलाई वचन सिकाउनुभयो, त्यसपछि उहाँले कसैसँग पैसा माग्नु भएन ।
११. येशू ख्रीष्टले जब मुर्दाहरूलाई जीवित पार्नुभयो, त्यसपछि उहाँले कसैसँग पैसा माग्नु भएन ।
१२. चेलाहरूले मानिसहरूका दुष्ट आत्माहरूलाई बाहिर निकाले, त्यसपछि उनले कसैसँग पैसा मागेनन् ।
१३. चेलाहरूले मानिसहरूका रोगहरू निको पारे, त्यसपछि उनले कसैसँग पैसा मागेनन् ।
१४. चेलाहरू घर-घर गए र सङ्गति प्रार्थना गरे, त्यसपछि उनले कसैसँग पैसा मागेनन् ।
१५. येशू ख्रीष्टले घर-घर गएर सङ्गति प्रार्थना गर्नुभयो, त्यसपछि उहाँले कसैसँग पैसा माग्नु भएन ।
१६. येशू ख्रीष्ट र उहाँका चेलाहरूले आफ्ना घरायसी आवश्यकताहरू पूरा गर्न विश्वासीहरूबाट कहिल्यै पैसा मागेनन् ।
१७. येशू ख्रीष्टले कसैको सेवा गरेपछि कहिल्यै पैसा दिने वा लिने प्रचार गर्नुभएन ।
* तपाईंसँग पैसा माग्ने झुठो मानिसहरूबाट सावधान रहनुहोस् ! बाइबलका शिक्षाहरू पालन गर्नुहोस्, कुनै मानिसको शिक्षा होइन !
यसकारण लेखिएको छ,
“येशू परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो। अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो, र पैसा साट्नेहरूका टेबिल, र परेवा बेच्नेहरूका आसन पल्टाइदिनुभयो।
उहाँले तिनीहरूलाई भन्नुभयो, ‘यो लेखिएको छ, 'मेरो घर प्रार्थनाको घर कहलाइनेछ।' तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ’।” [मत्ती २१:१२-१३, यर्मिया ७:८-११]
“सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म धन-सम्पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्।” [यर्मिया ६:१३, ८:१०, यशैया ५६:११]
“त्यसका अगुवाहरू घूस खाएर न्याय गर्दछन्। त्यसका पूजाहारीहरू ज्याला लिएर सिकाउँदछन्। त्यसका अगमवक्ताहरू पैसाको लागि अगमवाणी गर्दछन्। तापनि तिनीहरू परमेश्वरको आड़ लिएर भन्छन्, ‘के परमप्रभु हाम्रा बीचमा हुनुहुन्न र? हामीमाथि कुनै खराबी आइपर्नेछैन’।” [मीका ३:११]
“विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो, र तिनीहरू आफ्ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्छ।” [फिलिप्पी ३:१९, तीतस १:११]
“किनभने यस्ताहरूले ख्रीष्ट हाम्रा प्रभुको निम्ति होइन, तर आफ्नै पेटको निम्ति सेवा गर्दछन्, र तिनीहरूको मीठो-मीठो बोली र कुराले सीधासाधाहरूका हृदयलाई धोका दिन्छन्।” [रोमी १६:१८]
“अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदोरहेछ भन्ने देखेर सिमोनले यसो भन्दै तिनीहरूलाई रुपियाँ दिन ल्यायो,
‘मलाई पनि यो शक्ति दिनुहोस्, र मैले जोसुकैमाथि हात राखिदिएपछि त्यसले पवित्र आत्मा पाओस्।’
तर पत्रुसले भने, ‘तेरा रुपियाँ तँसँग नष्ट होस्, किनकि परमेश्वरको वरदान रुपियाँले किन्न सकिन्छ भनी तैंले विचार गरिस्’।” [प्रेरित ८:१८-२०]
“जसरी इस्राएलीहरूका माझमा झूटा अगमवक्ताहरू पनि थिए, त्यसरी तिमीहरूका माझमा झूटा शिक्षकहरू खड़ा हुनेछन्...
र धेरै जनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन्, र तिनीहरूको कारण सत्यका मार्गको बदनामी हुनेछ।
लोभको वशमा परेर तिनीहरूले झूटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन्। तिनीहरूका दण्डको कुरा अघिबाटै निर्णय भइसकेको छ, र तिनीहरूका विनाशको कुरा जागै छ।
...तिनीहरूका हृदयले लोभमा तालीम पाएका हुन्छन्। तिनीहरू श्रापित सन्तान हुन्।
सोझो मार्ग छोड़ेर तिनीहरू कुमार्गमा लागेका छन्। खराब कामको लाभ असल मान्ने बओरको छोरो बालामको पछि तिनीहरू लागेका छन्।” [२ पत्रुस २:१-३, १४-१५]
“तिनीहरूलाई धिक्कार छ! किनकि तिनीहरू कयिनको चालमा हिँड्छन्, लाभको खातिर बालामको भूलमा फस्दछन् र कोरहको विद्रोहमा जस्तै नष्ट हुन्छन्।” [यहूदा १:११]
“तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर। करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्ति उदाहरण भएर।” [१ पत्रुस ५:२]
“यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्ने, एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथिसत्कार गर्ने, सुयोग्य शिक्षक होऊन्, मतवाला र रिसाहा होइन तर तिनी विनम्र, झगड़ा नगर्ने, धनको लोभ नगर्ने, आफ्नो घर राम्ररी चलाउन सक्ने र आफ्ना छोरा-छोरीहरूलाई आदरपूर्वक आज्ञापालन गर्ने बनाऊन्।” [१ तिमोथी ३:२-४]

No comments:
Post a Comment