Thursday, January 15, 2026

संसारको नियमहरू र येशूको नियमहरू




१. संसारले भन्छ, “आफ्नो प्रतिद्वन्द्वीलाई नष्ट गर्नुहोस् ।”

 येशूले भन्नुहुन्छ, “आफ्नो शत्रुलाई प्रेम गर्नुहोस् ।” [मत्ती ५:४४, लूका ६:२७-२८]


२. संसारले भन्छ, “आफ्नो वाचा तोड्नुहोस् ।”

 येशूले भन्नुहुन्छ, “आफ्नो वचन राख्नुहोस् ।” [मत्ती ५:३७, गन्ती ३०:२, भजनसंग्रह १५:४, उपदेशक ५:५]


३. संसारले भन्छ, “जित्नको लागि झूट बोल्नुहोस् र ठग्नुहोस् ।”

 येशूले भन्नुहुन्छ, “इमानदारीको सधैं जित हुन्छ ।” [फिलिप्पी २:५-११, हितोपदेश १०:९, ११:३, १२:२२,  १ पत्रुस ३:१६, तीतस २:७]


४. संसारले भन्छ, “घमण्डले शासन गर ।”

 येशूले भन्नुहुन्छ, “धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको उत्तराधिकारी हुनेछन् ।” [मत्ती ५:५, भजनसंग्रह ३७:११, १ पत्रुस ३:४]


५. संसारले भन्छ, “अरूबाट सेवा पाउ ।”

 येशूले भन्नुहुन्छ, “अरूको सेवा गर ।” [मत्ती २०:२८, २५:४०, मर्कूस १०:४५, कलस्सी ३:२३] 


६. संसारले भन्छ, “पहिलो पहिलो हुनेछ ।”

 येशूले भन्नुहुन्छ, “अन्तिम पहिलो हुनेछ ।” [मत्ती १९:३०, २०:१६, मर्कूस १०:३१]


७. संसारले भन्छ, “रिस राख्नुहोस् ।”

 येशूले भन्नुहुन्छ, “अरूलाई क्षमा गर्नुहोस् ।” [मत्ती ६:१४-१५, लूका ६:३७, एफिसी ४:३२]


८. संसारले भन्छ, “आँखाको बदला आँखा, र दाँतको बदला दाँत ।”

 येशूले भन्नुहुन्छ, “तिम्रो दाहिने गाला चड्काउनेलाई अर्को गाला पनि थापिदेऊ ।” [मत्ती ५:३८-४२]


९. संसारले भन्छ, “अरूको निन्दा गर्नुहोस् ।”

 येशूले भन्नुहुन्छ, “अरूलाई सुधार्नुहोस् ।” [मत्ती ५:४४, लूका ६:२७-२८]


१०. संसारले भन्छ, “आफ्नो बारेमा उच्च सोच्नुहोस् ।”

 येशूले भन्नुहुन्छ, “आफ्नो बारेमा गम्भीर भएर सोच्नुहोस् ।” [मत्ती १८:१-४, रोमी १२:३]


११. संसारले भन्छ, “अरूको गल्तीको न्याय गर्नुहोस् ।”

 येशूले भन्नुहुन्छ, “पहिले आफ्नै गल्तीको न्याय गर्नुहोस् ।” [मत्ती ७:३-५, १ कोरिन्थी ११:३१ र रोमी २:१]


१२. संसारले भन्छ, “आफूलाई पहिले राख्नुहोस् ।”

 येशूले भन्नुहुन्छ, “अरूलाई पहिले राख्नुहोस् ।” [यूहन्ना १३:४-५, फिलिप्पी २:३-४, १ कोरिन्थी १०:२४]


१३. संसारले भन्छ, “विवाद निम्त्याउनुहोस् ।”

 येशूले भन्नुहुन्छ, “शान्ति खोज्नुहोस् ।” [यूहन्ना १४:२७, भजनसंग्रह ३४:१४, १ पत्रुस ३:११, रोमी १२:१८,१४:१९, फिलिप्पी ४:७]


१४. संसारले भन्छ, “उच्च वर्गको पछि लाग्नुहोस् ।”

 येशूले भन्नुहुन्छ, “निम्न वर्गसँग सम्बन्ध राख्नुहोस् ।” [मत्ती ९:१०-१३, लूका ५:२९-३२, रोमी १२:१६]


१५. संसारले भन्छ, “बदला लिनुहोस्, खराबको सट्टा खराब गर्नुहोस् ।”

 येशूले भन्नुहुन्छ, “कहिल्यै बदला नलेओ, खराबीलाई भलाइले जित ।” [मत्ती ५:४४, लूका ६:२७-२८, रोमी १२:१७-२१, १ पत्रुस ३:९, हितोपदेश १७:१३]

 

१६. संसारले भन्छ, “मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गर्छन, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर ।”

 येशूले भन्नुहुन्छ, “मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर ।” [मत्ती ७:१२ र लूका ६:३१]


* संसारको नियमहरू वा येशूको नियमहरू मध्ये एक जनाले तपाईंलाई शासन गर्नेछ !


* तपाईंको जीवनलाई कसले शासन गरिरहेको छ ?


* जब तपाईं संसारको मानसिकतामा बस्नुहुन्छ, लड्न सधैं एउटा लडाइँ, बचाउन एउटा पक्ष र डराउन कोही न कोही हुनेछ ।

जब तपाईं येशूको मानसिकतामा बस्नुहुन्छ, स्वागत गर्न सधैं एक अपरिचित व्यक्ति, प्रेम गर्न एक छिमेकी र क्षमा गर्न एक शत्रु हुनेछ ।


* संसारले हामीलाई पक्ष कसरी लिने भनेर सिकाउँछन् । येशूले हामीलाई मानिसहरूमाथि कसरी प्रेम गर्ने भनेर सिकाउनुहुन्छ । येशूको बाटो सधैं मानिसहरूतिर सरेको छ, तिनीहरूबाट टाढा होइन ।


यसकारण लेखिएको छ,

“मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ। म त्यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्यसकहाँ प्रकट गर्नेछु।” [यूहन्ना १४:२१]


“यदि मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु।” [यूहन्ना १५:१०]


“तर जसले उहाँको वचन पालन गर्छ, त्यसमा परमेश्वरप्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौं भन्ने कुरामा यसैबाट निश्चित हुन्छौं। 

उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चालअनुसार चल्नुपर्छ।” [१ यूहन्ना २:५-६] 


“किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर।” [यूहन्ना १३:१४-१५]




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...