येशू ख्रीष्ट पैसा, प्रसिद्धि वा शक्ति प्राप्त गर्न आउनुभएको थिएन । उहाँ सेवा गर्न आउनुभयो ।
यदि तपाईं अर्को स्तरमा माथि उठ्न चाहनुहुन्छ भने, आफूलाई तल झारेर येशू जस्तै सेवा गर्न सक्नुहुन्छ ।
परमेश्वरले तपाईंलाई सेवा गर्नु आह्वान गर्नुहुन्छ ।
यदि तपाईंले परमेश्वर र अरूको सेवा गरिरहनुभएको छैन भने तपाईंले आफ्नो जीवनको उद्देश्य पूरा गरिरहनुभएको छैन । तपाईंले राम्रो प्रयास गरिरहनुभएको हुन सक्छ । तपाईंसँग राम्रो मनसाय हुन सक्छ । तर यदि तपाईं जीवनमा सेवा गर्न असफल हुनुभयो भने, तपाईं आफ्नो जीवनको लागि परमेश्वरको योजना पूरा गर्न असफल हुनुभएको छ ।
* के यो नयाँ साल तपाईंको निम्ति परमेश्वरको सेवा गर्ने साल बन्नेछ ?
यसकारण लेखिएको छ,
“तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज-- कि तिम्रा पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि पुजेका देवताहरू कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवताहरू। तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” [यहोशू २४:१५]
“कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ।” [यूहन्ना १२:२६]
“तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।
परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन।
तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो।
स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो।
त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ,
कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।” [फिलिप्पी २:५-११]

No comments:
Post a Comment