“प्रभु, यो भूमि जहाँ म मेरा घुँडा टेक्छु (जाम्बिया), यसलाई एक शक्तिशाली ख्रीष्टियन राष्ट्र बन्न दिनुहोस, जुन अफ्रिकी महादेशको लागि आशाको किरण र बाँकी संसारको लागि ज्योति बन्न सकाेस ।” याे डेभिड लिभिङस्टोनको अन्तिम प्रार्थना थियो ।
डेभिड लिभिङस्टोन एक मिसनरी थिए, जसमा अफ्रिकाको लागि जोश र बोझ थियो ।
दुर्गम अफ्रिकी महादेशमा स्कटिश मिसनरी डा. डेभिड लिभिङस्टोनको १ मे १८७३ मा प्रार्थनामा आफ्नो ओछ्यानको छेउमा घुँडा टेकेर मृत्यु भयो ।
वास्तवमा, उनको प्रार्थना र बलिदान जाम्बिया र सम्पूर्ण अफ्रिकामा आत्मिक लगानी थियो ।
२९ डिसेम्बर, १९९१ मा जाम्बियालाई राष्ट्रपति फ्रेडरिक चिलुबाले ख्रीष्टियन राष्ट्र घोषित गरे ।
* परमेश्वरकाे अघि तपाईंको माग के छ ?
* के तपाईंले आफ्नो देशको निम्ति प्रार्थना गर्नुहुन्छ ?
यसकारण लेखिएको छ,
“यसकारण अब यो पहाड़ी देश (हेब्राेन) मलाई दिनुहोस, जसको बारेमा परमप्रभुले त्यस दिन भन्नुभएको थियो...।” [यहोशू १४:१२]
“मसँग माग, र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु, र समस्त पृथ्वी तिम्रो निजी सम्पत्ति तुल्याइदिनेछु।
फलामको राजदण्डले तिमीले तिनीहरूमाथि शासन गर्नेछौ, र कुमालेको भाँड़ालाई झैँ तिमीले तिनीहरूलाई चकनाचूर पार्नेछौ।” [भजनसंग्रह २:८-९]
“माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ।
किनकि जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ।” [मत्ती ७:७-८]
Sources :
1. https://lightfeatherstoriesw.home.blog/2020/11/26/find-a-bush-lets-burn/
2. https://www.times.co.zm/?p=88828
3. https://en.m.wikipedia.org/wiki/Zambia
4. https://www.westminster-abbey.org/abbey-commemorations/commemorations/david-livingstone

No comments:
Post a Comment