चार्ली कर्ककाे स्मृति सेवा, हजारौं मानिसको भिड र विश्वव्यापी रूपमा प्रत्येक्ष प्रसारणकाे क्रममा आफैलाई सम्हाल्दै एरिका कर्कले भनिन,
“...ती युवाहरू जसलाई लाग्छ कि उनीहरूसँग कुनै दिशा छैन, कुनै उद्देश्य छैन, कुनै विश्वास छैन, र बाँच्ने कुनै कारण छैन । ती पुरुषहरू जसले आफ्नो जीवन ध्यान भंगमा बर्बाद गरिरहेका थिए र ती पुरुषहरू जो आक्रोश, क्रोध र घृणाले भरिएका थिए । चार्ली उनीहरूलाई मद्दत गर्न चाहन्थे । आफ्नो ज्यान लिने व्यक्ति जस्तै, जवान मानिसहरूलाई बचाउन चाहन्थे।
हाम्रा मुक्तिदाताले भन्नुभयो, ‘हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस, किनकि यिनीहरूले के गर्दैछन सो जान्दैनन ।’ ती जवान मानिस (आफ्नो पतिको हत्यारा), म उनलाई क्षमा गर्छु । म उनलाई क्षमा गर्छु किनभने येशूले त्यही गर्नुभयो र चार्लीले पनि त्यही गर्ने थिए । घृणाको जवाफ घृणा होइन... हाम्रा शत्रुहरूलाई प्रेम गर्नु र हामीलाई सताउनेहरूलाई प्रेम गर्नु जवाफ हाे ।”
1. क्षमा कमजोरी होइन, यो परम महाशक्ति हो ।
2. क्षमाले भन्छ कि तपाईंलाई नयाँ सुरुवात गर्ने अर्को मौका दिइएको छ ।
3. क्षमाले उनीहरूको व्यवहारलाई माफ गर्दैन । क्षमाले उनीहरूको व्यवहारले तपाईंको हृदयलाई नष्ट गर्नबाट रोक्छ ।
4. उनीहरूलाई क्षमा गर्नुले उनीहरूको कार्यलाई जायज ठहराउँदैन, यसले हामीलाई स्वतन्त्र बनाउँछ ।
5. क्षमा भनेको आत्म-स्वतन्त्रता हो । बदलाले तपाईंलाई सन्तुष्टि दिन सक्छ, तर क्षमाले तपाईंलाई स्वतन्त्रता दिन्छ ।
6. स्वर्ग ती मानिसहरूले भरिएको छ, जसमा यो समानता छ: तिनीहरूलाई क्षमा गरिन्छ र तिनीहरूले क्षमा गर्छन ।
7. क्षमा भनेको कैदीलाई मुक्त गर्नु हो, र त्यो कैदी केबल म नै हुँ भनेर पत्ता लगाउनु हो ।
8. जब तपाईंलाई त्यो पीडा फेरि उठेको महसुस हुन्छ, तब तपाईंले क्षमा गरिरहनु पर्छ ।
9. क्षमाले निको पार्छ ! क्षमा उनीहरूको लागि होइन, यो तपाईंको लागि हो । पीडा छोड्नुहोस र शान्तिको लागि ठाउँ बनाउनुहोस । म आफ्नै विकासको लागि त्यो कदम चाल्दै छु !
10. आत्मिक स्तरकाे नाप : क्षमा गर्ने, रिसाउने भन्दा बलियो हुन्छ; आशिष दिने, सराप दिने भन्दा बलियो हुन्छ; धन्यवाद दिने, गुनासो गर्ने भन्दा बलियो हुन्छ; प्रशंसा गर्ने, आरोप लगाउने भन्दा बलियो हुन्छ र माया गर्न, घृणा गर्ने भन्दा बलियो हुन्छ ।
11. मानिसहरूलाई उनीहरू जति खराब छन त्यति व्यवहार नगर, उनीहरूलाई आफू जति राम्रो छौं त्यति नै व्यवहार गर ।
12. ख्रीष्टियन विश्वासकाे परीक्षा केवल येशूलाई प्रेम गर्नु मात्रै होइन, तर यहूदा (शत्रु) लाई पनि प्रेम गर्नु हो !
आज हामीले एरिका कर्कले आफ्नो श्रीमान चार्ली कर्कको ज्यान लिने व्यक्तिलाई माफी दिएको देख्यौं । यो क्षणले हामीलाई केही समय रोक्छ र मनन गर्न बाध्य बनाउँछ : क्षमाको वास्तविक अर्थ के हो ?
१. क्षमा कुनै भावना होइन : यो स्व-इच्छाको कार्य हो, प्रेमको कार्य हो । क्षमा गर्नको लागि तपाईंले क्षमाशील महसुस गर्नुपर्दैन । (एरिका कर्कको बारेमा सोच्नुहोस : अत्यधिक शोक र भावनाहरूको बाबजुद पनि, उनी क्षमाको बारेमा बाइबलले सिकाएको कुरा पालना गर्न रोजिरहेकी छिन ।)
२. क्षमा गर्नु भनेको बिर्सनु होइन : त्यो हुँदै हाेईन । (प्रत्येक पटक जब उनी पीडा सम्झन्छिन, उनले फेरि क्षमा रोज्नुपर्नेछ । क्षमा भनेको एक पटकको कार्य होइन, बारम्बार गरिने छनौट हो ।)
३. क्षमा गर्नु भनेको गल्तीलाई माफ गर्नु वा यसले केही फरक पार्दैन भन्नु होइन । क्षमाले भनेको छ, “मलाई थाहा छ तिमीले के गर्यौ । यसले मलाई असह्य दुखाई दियो । तर म तिमीलाई दोष दिने छैन ।”
४. क्षमा भनेको सही हुनको लागि आफ्नो “अधिकार” त्याग्नु हो । यसको अर्थ रिस त्याग्नु, बदलाको इच्छा त्याग्नु र न्यायलाई परमेश्वरको हातमा छोड्नु हो ।
एरिका किर्कको लागि प्रार्थना गराैँ,
“परमेश्वर पिता, तपाईंको शान्ति र सान्त्वनाले एरिकालाई बलियो बनाउनुहोस । तपाईंको प्रेमले उनलाई घेर्नुहोस र उनको हृदयको हरेक घाउलाई निको पार्नुहोस । उनलाई पूर्ण रूपमा क्षमा गर्ने अनुग्रह, अगाडि बढ्ने साहस, र तपाईं उनको शरणस्थान र उनको न्यायी हुनुहुन्छ भन्ने आश्वासन दिनुहोस । आमेन ।”
* क्षमा हामीलाई गर्न बोलाइएको सबैभन्दा कठिन कामहरू मध्ये एक हो, तर यो सबैभन्दा मुक्ति दिने कामहरू मध्ये एक पनि हो ।
यसकारण लेखिएको छ,
“हाम्रा अपराध क्षमा गर्नुहोस, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।” [मत्ती ६:१२]
“किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।
तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।” [मत्ती ६:१४-१५]
“अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ।” [लूका ६:३७]
“जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।” [एफिसी ४:३२]
“एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ।” [कलस्सी ३:१३]
“यदि तेरो शत्रु भोकाएको छ भने, त्यसलाई खान भोजन दे, यदि त्यो तिर्खाएको छ भने, त्यसलाई पिउन पानी दे।
यसो गर्नाले तैंले त्यसको टाउकोमा जलिरहेको भुङ्ग्रो खन्याउनेछस, र परमप्रभुले तँलाई इनाम दिनुहुनेछ।” [हितोपदेश २५:२१-२२]
Sources :
1. https://www.facebook.com/share/r/1A41y996H7/
2. https://www.facebook.com/share/r/16KdZZFrU5/
3. https://www.facebook.com/share/v/1Ei4ErBKfJ/
4. https://www.facebook.com/share/v/17KTcw2Sry/
5. https://www.facebook.com/WhiteHouse/videos/1867299070516318/
6. https://www.facebook.com/share/r/19dDvh4TmB/
7. https://www.facebook.com/share/r/1CXQqqQnCq/
8. https://www.facebook.com/100059396147148/posts/pfbid02p8cq5kkSzEEbae33aVNFqJ7eBCDTywCqXGgyTVtpQd72YPxreLhkdTH8ULeyuiacl/?app=fbl
9. https://youtu.be/zFfdJyaUzTU?si=4xBct2gUObfQsXoi
10. https://www.lifesitenews.com/news/erika-kirk-forgives-her-husbands-killer-at-memorial-service-in-front-of-70000-people/?utm_source=fb

No comments:
Post a Comment