Thursday, September 11, 2025

राष्ट्रको लागि प्रार्थना गर्नुहाेस

 


1. यस राष्ट्रमा असल अगुवा नियुक्त हाेस । यस राष्ट्रलाई शासन गर्न अगुवाहरूले परमेश्वरको बुद्धि खोजून भनी प्रार्थना गर्नुहोस ।


2. यस राष्ट्रका सबै नागरिकहरूको लागि शान्ति र सुरक्षाको लागि प्रार्थना गर्नुहोस ।


3. यस राष्ट्रले परमेश्वरलाई सबै आशीषको स्रोतको रूपमा सम्मान र स्वीकार गरोस भनी प्रार्थना गर्नुहोस ।


4. यस राष्ट्रका मानिसहरूले सुसमाचारको सन्देश स्वीकार गरून भनेर प्रार्थना गर्नुहोस ।


5. यस राष्ट्रले एक राष्ट्रको रूपमा मानिसहरूले वचन अध्ययन गरून भनेर प्रार्थना गर्नुहोस ।


6. यस राष्ट्रमा बलियो परिवार निर्माण गर्ने र परमेश्वरको डर मान्ने बालबालिका हुर्काउने प्राथमिकता होस भनेर प्रार्थना गर्नुहोस । 


7. यस राष्ट्र भित्रकाे लागूपदार्थ र मदिरा सेवन, हिंसा, अपराध, गर्भपतन आदि जस्ता सामाजिक कुरीतिहरू विरुद्ध प्रार्थना गर्नुहोस ।


8. यस राष्ट्रका अनाथ, विधवा, दरिद्र र विपन्नहरूको लागि प्रार्थना गर्नुहोस ।


9. यस राष्ट्रमा राम्रो शिक्षा र बलियो मूल्यमान्यताहरू हाम्रा आगामी पुस्ताका लागि जग बनून भनेर प्रार्थना गर्नुहोस ।


10. यस राष्ट्रका जिम्मेवार मनोरञ्जन मिडिया र पत्रकारिताको लागि प्रार्थना गर्नुहोस, ताकि तिनीहरूले न्यायलाई कायम राखून र मानवीय मर्यादा र राम्रो नैतिक जीवनशैलीलाई प्रवर्द्धन गरून ।


* के तपाईंले आफ्नो देशको निम्ति प्रार्थना गर्नुभयाे ?


यसकारण लेखिएको छ,

“धार्मिकताले देशलाई उचाल्छ, तर पाप गर्नुचाहिँ कुनै पनि जातिको लागि बेइज्जती हो।” [हितोपदेश १४:३४]


“यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु।” [२ इतिहास ७:१४]


“मैले तिमीहरूलाई निर्वासित गरेको सहरको भलो चिताओ, र त्यसको निम्ति परमप्रभुसित प्रार्थना गर। किनभने त्यसको उन्नति भएकोमा नै तिमीहरूको उन्नति हुनेछ।” [यर्मिया २९:७]


“सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्ति नम्र-निवेदन, प्रार्थना र मध्यस्थ-बिन्ती र धन्यवाद चढ़ाइऊन, 

राजाहरू र सबै उच्च पदमा भएकाहरूका निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं।” [१ तिमोथी २:१-६, ८]


Source :

https://www.umn.org.np/new/news_img/9ph0a8at40%20DAYS%20OF%20GLOBAL%20PRAYER%20FOR%20NEPAL%202014%20%2830%20APRIL%20-%208%20JUNE%202014%29.pdf


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...