Saturday, August 2, 2025

चार्ल्स फिन्नीकाे उपस्थिति र मानिसहरूको हृदयमा हलचल :

 



 यो चार्ल्स फिन्नीको एक यात्राको क्रममा भएको थियो, जब उनी एउटा सानो शहरको मदभट्टी र सैलुनमा रोकिएका थिए ।


उनी त्यसभित्र भित्र पस्दा, उनले प्रचार गरेनन, कराएनन वा धेरै बाेलेनन, तर केबल त्यहाँ गएर बसे ।


तर उनको उपस्थितिले मात्र उनको वरपरका मानिसहरूको हृदयमा गहिरो हलचल मच्चायो ।


नजिकै बसिरहेको एक जना मानिस काँप्न थाल्यो र अन्ततः भन्यो, “हजुर, तपाईंले मलाई पापको दोषी ठहराउनुहुन्छ !”


चाँडै नै, कोठामा भएका अरूले पनि त्यस्तै ठूलो विश्वास महसुस गर्न थाले । उनले एक शब्द पनि नबोली, मानिसहरू घुँडा टेकेर आफ्ना पापहरू स्वीकार गर्न र मुक्ति खोज्न थाले ।


यो घटना उनको सेवकाईमा सामान्य घटना थियो ।


भनिन्छ कि उनमा परमेश्वरको यति तीव्र उपस्थिति थियो कि मानिसहरू उनको नजिक हुँदा मात्र पश्चात्ताप गर्न शुरू गर्थे ।


उनी एक आत्मसमर्पणकारी पात्र थिए, यति धेरै कि उनीसँग परमेश्वरको भय थियो ।


उनको जीवनले पवित्र आत्माले समर्पण गरिएको पात्र मार्फत कति गहिरो रूपमा काम गर्न सक्नुहुन्छ भनेर देखाएको थियो । 


धेरै आत्माहरू हाम्रो समर्पणमा जाेडिने छन ! 


सृष्टि बड़ो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गरिरहेको छ । 


अनि हाम्रो अपेक्षा छ कि पछिल्लो महिमा पहिलेको भन्दा ठूलो हुनेछ ।


* के आज हाम्रो देशले पनि जीवित परमेश्वरकाे महिमा देख्ने कुराकाे प्रतीक्षा गरिरहेको छैन र ?


यसकारण लेखिएको छ,

“अनि जब उहाँ (पवित्र आत्मा) आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ।  

पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्वास गर्दैनन,  

धार्मिकताको विषयमा, किनभने म पिताकहाँ जान्छु, र तिमीहरू मलाई फेरि देख्नेछैनौ।  

र न्यायको विषयमा, किनभने यस संसारको शासकलाई दण्डाज्ञा भइसकेको छ।” [यूहन्ना १६:८-१०]


यो कुरा सुनेर तिनीहरूको हृदय छियाछिया भयो, अनि पत्रुस र अरू प्रेरितहरूलाई तिनीहरूले भने, “ए भाइ हो, हामीले के गर्ने?” 

पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।” [प्रेरित २:३७-३८]


तब बत्ती मागेर उनी हामफाल्दै भित्र आए, र डरले काम्दै पावल र सिलासका अगाडि घोप्टो परे। 

तिनीहरूलाई बाहिर ल्याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?” [प्रेरित १६:२९-३०]


“तर सबैले अगमवाणी गरिरहेको बेला कोही अविश्वासी वा बाहिरको मानिस त्यहाँ पस्यो भने उसलाई सबैद्वारा आफ्नो पापको बोध हुनेछ, र सबैद्वारा ऊ जाँचिनेछ।” [१ कोरिन्थी १४:२४]


Sources :

1. https://www.facebook.com/groups/165702792978906/permalink/495659233316592/?app=fbl

2. https://www.facebook.com/groups/135409533845533/permalink/1571028436950295/?app=fbl

3. https://www.charlesgfinney.com/fbbeardsley.htm


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...