एकपटक सुसाना वेस्लीलाई सोधियो, “तपाईंका १९ सन्तान हुँदा तपाईं कसरी एक्लै प्रार्थना गर्ने समय निकाल्नुहुन्छ ?”
उनले जवाफ भनेकी थिईन, “उनी हरेक दिउँसो आफ्नो मनपर्ने ठाउँमा बस्छिन, र उनी एक घण्टाको लागि आफ्नो टाउकोमा एउटा कपडाको घुम्टो हाल्छिन । आमाले टाउकोमा घुम्टो लगाएको अर्थ : उनी परमेश्वरसँग कुरा गरिरहेकी छिन र उनलाई बाधा नपुऱ्याउन हुँदैन भनेर उनका सन्तानहरूलाई थाहा थियो । किनकि याे कुरा पहिल्यै निर्देशन दिइएको थियो ।”
सुसाना वेस्ली मेथोडिस्ट मण्डलीका संस्थापक जोन वेस्लीकी आमा थिइन । उनी इतिहासकी ती महिला थिइन, जसलाई धेरै सन्तानकाे आशिष पाएकी थिइन । उनले १९ सन्तानलाई जन्म दिइन (जसमध्ये दस जना मात्र बाँचे) । उनका जतिसुकै सन्तान भए पनि, उनी अझै पनि एकरूप र स्थिर प्रार्थना जीवन कायम राख्न सक्षम थिइन । जब उनी प्रार्थना गर्न थाल्छिन, उनका सन्तानबाट आउने कुनै पनि बाधाले उनलाई प्रार्थना गर्नबाट रोक्न सक्दैनथ्यो । सुसानाले पाँच वर्षको उमेरदेखि आफ्ना प्रत्येक सन्तानलाई बाइबल मात्र पढाउन थालिन । उनले कडा घरपरिवार चलाउँथिन तर प्रत्येक बच्चालाई माया गर्ने र उनीहरूको लागि प्रार्थना गर्ने व्यक्तिगत समय बिताइन ।
उनले प्रार्थना र अनुशासन मार्फत आफ्ना बच्चाहरूको भविष्यलाई पुन: आकार दिन निश्चित गरिन । इतिहासले भन्छ कि उनका कुनै पनि सन्तान समाजको लागि कहिल्यै उपद्रव वा बाधाको कारण बनेनन । तिनीहरू सबैले मृत्यु नहोउन्जेल येशूको सेवा गरे र उनका सबै बच्चाहरूमध्ये ३ जना उल्लेखनीय पुरुष र ३ जना उल्लेखनीय महिला थिए;
1. जोन वेस्ली : मेथोडिस्ट मण्डली स्थापना गरे र मेथोडिस्ट जागृतिसँगै अमेरिकाको पश्चिमी भागमा सुसमाचार फैलाए ।
2. चार्ल्स वेस्ली : एक महान कवि बने, जसले लगभग ९००० भजनहरू लेखे, र उनका धेरैजसो भजनहरू आजसम्म पनि ख्रीष्टको शरीरको लागि आशिष हुन । वास्तवमा, हामीले मण्डलीमा गाउने धेरैजसो राम्रा पुराना भजनहरू सुनन्नाको छोरा चार्ल्सबाट आएका हुन ।
3. शमूएल वेस्ली : एक महान कवि पनि थिए, उनी कहिल्यै मेथोडिस्ट आन्दोलनमा सामेल भएनन, तर भजन लेखकको रूपमा आफ्नो सीपले व्यापक मण्डलीलाई आशिष दिए ।
4. एमिली : जोन मिल्टनको लेखनमा विशेषज्ञ थिइन ।
5. मार्था : आफ्नो उमेरको सबैभन्दा ठूलो शाब्दिक समाजको हिस्सा थिइन ।
6. हेट्टी : ९ वर्षको उमेरमा तीन भाषा बोल्ने कवि थिइन ।
म त्यस्ता महिलाहरूको बारेमा कुरा गर्दैछु, जसले प्रार्थना मार्फत आफ्ना बच्चाहरूको भविष्यलाई पुन: आकार दिन सक्छन । सुसाना वेस्लीका छोराछोरीहरूले शाब्दिक रूपमा राष्ट्रको मार्ग परिवर्तन गरे र आफ्नो प्रचार, लेखन र भजन लेखन मार्फत हजारौं अरूलाई प्रभावित गरे । वेस्ली सन्तानहरू प्रार्थनाशील आमाको उपज हुन । उनीहरू बाइबल बोकेर परमेश्वरकाे सेवामा हिँड्नुकाे कारण यो हो कि उनीहरूलाई एक आमाले हुर्काउनुभयो, जो मध्यरातमा घण्टौं प्रार्थना गर्न सक्थे । पछि जाेन वेस्लीले पनि स्विकार गरे कि यो उनकी आमाको प्रार्थना थियो, जसले उनको जीवन र सेवालाई आकार दियो ।
मेरो प्रश्न यो छ, यदि सुजाना वेस्लीले १९ जना बालबालिकाको हेरचाह गर्ने आफ्नो व्यस्त तालिकाको बाबजुद पनि एक्लै बसेर आफ्ना बालबालिकाको भलाइको लागि प्रार्थना गर्न सकिन भने, तपाईं आफ्ना छोराछोरीहरूको लागि पनि त्यस्तै समय के गर्दै हुनुहुन्छ ?
यदि यी महिलाले यति धेरै ध्यान भंग गर्ने कारणहरू हुँदाहुँदै पनि प्रार्थना गर्न सक्छिन भने... के तपाईंसँग कुनै बहाना छ ?
यदि तपाईंले आफ्ना छोराछोरी र श्रीमानसँग झगडा गर्नमा लगानी गर्नुभयो भने, तपाईंले उनीहरूलाई संसारबाट गुमाउन सक्नुहुन्छ, तर यदि तपाईंले उनीहरूको लागि प्रार्थना गर्नमा लगानी गर्नुभयो भने, उनीहरू परमेश्वरको इच्छा र उद्देश्य अनुरूप हुनेछन र तपाईंको आँखा अगाडि प्रकट हुने परिणामहरू देखेर तपाईं आनन्दले भरिपूर्ण हुनुहुनेछ । परमेश्वरले तपाईंलाई आजदेखि येशूको नाममा तपाईंको परिवारको लागि प्रार्थनामा लगानी गर्न मद्दत गर्नुभएको हाेस ।
हितोपदेश ३१ महिलाको एउटा विशेषता यो हो कि उनी रातमा प्रार्थना गर्ने महिला पनि हुन । “...र तिनको बत्ती राती निभ्दैन।” [हितोपदेश ३१:१८]
हरेक प्रार्थनाविहीन महिला एक सम्भावित प्रार्थनाविहीन आमा हुन । अनि हरेक प्रार्थनाविहीन आमामा ईश्वरीय बच्चाहरूलाई हुर्काउने क्षमताको कमी हुन्छ ।
एकपटक चार्ल्स स्पर्जनले पनि भनेका थिए, “म पक्का छु कि मेरो प्रारम्भिक युवावस्थामा, कुनै पनि शिक्षाले मेरो दिमागमा मेरी आमाको निर्देशन जत्तिको प्रभाव पारेको थिएन ।”
म परमेश्वरका केही अभिषिक्त जनहरूलाई चिन्छु, जसले स्वीकार गरे कि यदि तिनीहरूका पत्नीहरूको प्रार्थना नभएको भए तिनीहरू मर्ने थिए ।
केनेथ हेगिन पनि प्रार्थना गर्ने पिता थिए । उनले पनि आफ्नो छाेराछाेरीहरूकाे लागि बिहान प्रार्थना गर्थे । प्रार्थना गर्दै स्कूल छोड्थे र प्रार्थना गर्दै साँझ लिन जान्थे । उनले अझै प्रार्थना गर्दै खाना खान्छन र प्रार्थना गर्दै सुत्न जान्छन ।
* के तपाईं पनि आफ्नो कामकाे व्यस्ततामा प्रार्थना गर्ने शक्तिशाली महिला बन्नुहुनेछ ?
* के तपाईंको जीवन तपाईंको सन्तानको लागि आशिषकाे कारण बनेको हेर्न चाहानुहुन्न ?
* के एक उत्कृष्ट मण्डली तथा देश निर्माणको निम्ति एक महिलाको महत्त्वपूर्ण भुमिका छैन र ?
* युवतीहरू, मलाई थाहा छ तिम्रो अनुहार राम्रो छ... तर के तिमी प्रार्थना गर्न सक्छौ ?
यसकारण लेखिएको छ,
“बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।” [हितोपदेश २२:६]
“किनभने त्यसले आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस भनेर मैले त्यसलाई छानेको छु। यसैले नै परमप्रभुले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ।” [उत्पत्ति १८:१९]
“तर होशियार बस र आफ्नो मनलाई सचेत राख, ताकि तिमीहरूले आँखाले देखेका कुराहरू नबिर्स र ती तिमीहरूको सारा जीवनभरि तिमीहरूको मनदेखि नहटून। ती तिमीहरूका छोराछोरीहरू र नाति-नातिनाहरूलाई सिकाओ।” [व्यवस्था ४:९]
“ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर।” [व्यवस्था ६:७]
“भोज दिने क्रम सिद्धिएपछि अय्यूबले आफ्ना छोराछोरीहरूलाई बोलाएर शुद्ध बनाउने गर्थे। तिनी बिहान सबेरै उठी तिनीहरू प्रत्येकको निम्ति यो विचारले एउटा-एउटा होमबलि चढाउथे, ‘शायद मेरा छोराछोरीले पाप गरे होलान र परमेश्वरलाई आफ्ना हृदयमा सरापे होलान।’ अय्यूबले सधैँ यसै गर्थे।” [अय्यूब १:५]
“बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।” [एफिसी ६:४]
Sources :
1. https://lightfeatherstoriesw.home.blog/2020/11/26/find-a-bush-lets-burn/
2. https://faithgateway.com/blogs/christian-books/leaving-a-legacy-of-prayer-praying-example-susanna-wesley
3. https://www.umc.org/en/content/susanna-wesley-mother-of-methodism
4. https://www.umc.org/en/content/complete-answers-to-the-susanna-wesley-quiz
5. https://www.algiersumc.com/pastors-corner/pastors-corner-may-7-2025/
6. https://craigtowens.com/2014/10/30/susanna-wesley-on-prayer/
7. https://www.facebook.com/groups/408128392671821/permalink/1421303051354345/?app=fbl
8. https://www.facebook.com/groups/agcnigeria/permalink/10159423934390470/?app=fbl
9. https://www.facebook.com/100067024686333/posts/pfbid0aLJgjbgufpXiYcS3jt7kbb3753rjTFfUGwoTz8fTLrG43mfyU5czPoCyDGXZGK7zl/?app=fbl
10. https://www.risenmotherhood.com/articles/susanna-apron-six-tips-for-prayer-as-a-mom#:~:text=Among%20the%20noise%20and%20activity%20of%20her,in%20prayer%20and%20not%20to%20be%20disturbed.

No comments:
Post a Comment