1. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईंले अरूलाई दुर्व्यवहार गर्न सुरु गर्नुहुनेछ ।
2. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईं जीवनको महत्त्वपूर्ण मामिलामा खराब छनौट गर्न सुरु गर्नुहुनेछ ।
3. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईं सबै कुरामा बेवास्ता गर्नुहुनेछ ।
4. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईंले आफ्नो मूल्य गुमाउन थाल्नुहुनेछ ।
5. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईंले अवसरहरू गुमाउन थाल्नुहुनेछ ।
6. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईं आत्मिकता गुमाउनुहुनेछ र शारीरिक बन्नुहुनेछ ।
7. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईं प्रेरणा र उत्कृष्टता गुमाउनुहुनेछ र गल्ती गर्न सुरु गर्नुहुनेछ ।
8. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईं ताजगी गुमाउनुहुनेछ र सड्न थाल्नुहुनेछ ।
9. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईंले आफ्नो जग गुमाउन सुरु गर्नुहुनेछ ।
10. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईंले चीजहरू गुमाउन थाल्नुहुनेछ ।
11. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईंले आफ्नो गन्तव्यसम्म पुर्याउने सहयोगीहरू तथा सबैलाई शत्रु र नक्कली रूपमा हेर्न थाल्नुहुनेछ ।
12. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईं लुक्न थाल्नुहुनेछ ।
13. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईंले जीवनको मूल्य र सुन्दरता देख्न छोड्नुहुनेछ र आत्महत्याको विचार गर्न थाल्नुहुनेछ ।
14. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईं अनावश्यक प्रतिस्पर्धा र कलह सुरु गर्नुहुनेछ ।
15. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईं तन्त्रमन्त्र विद्याको लागी अधिक संवेदनशील हुनुहुनेछ ।
16. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईं बाइबल, पोस्टहरू पढ्दा र ईश्वरीय मानिसहरूको सन्देशहरू अपमानजनक मनोवृत्तिको साथ सुन्न सुरु गर्नुहुनेछ ।
17. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईं सम्बन्धविच्छेदको बाटोमा हुनुहुनेछ ।
18. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईंको उज्यालो अँध्यारो हुनेछ ।
19. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब तपाईं आफैलाई सान्त्वना दिन सुरु गर्नुहुनेछ कि तपाईंको टिभी तथा अनलाइन सेवा अनुभवहरू पर्याप्त छन र मानिसहरूसँगकाे प्रत्येक्ष संगति महत्त्वपूर्ण छैन ।
20. जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तब प्रकृति सहित सबै चीज तपाईंसँग लड्न थाल्नेछ ।
कुनै पनि समयमा प्रार्थना रोकिनसक्छ, यसलाई गलत बानी र गलत आत्माले छिट्टै प्रतिस्थापित गर्न सक्छ, यसकारण सावधान रहनुहाेस !
तपाईंलाई मन नलागे पनि प्रार्थना गर्नुहोस, किनभने प्रार्थना भावना होइन, यो एक प्रतिबद्धता हो । तपाईंको प्रार्थना जीवनमा हरेक अल्छीलाई हटाउनु हाेस ।
* प्रार्थना बिनाको दिन बर्बाद दिन हो ।
यसकारण लेखिएको छ,
त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू प्रार्थना गरिरहो, र परीक्षामा नपर।”
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नलाई प्रार्थना गर।” [लूका २२:४०,४६]
“निरन्तर प्रार्थना गरिरहो।” [१ थेसलोनिकी ५:१७]
“सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो।” [एफिसी ६:१८]
“आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।” [रोमी १२:१२]
Sources :
1. https://poweringrace.com/to-stop-praying-20-dangers-that-can-happen/
2. https://sparkofhisglory.com/cgi-sys/suspendedpage.cgi
3. https://www.facebook.com/groups/1488129464585678/permalink/5156729044392350/?app=fbl
4. https://www.facebook.com/groups/337098144042248/permalink/689974188754640/?app=fbl

No comments:
Post a Comment