1. बिहानको प्रार्थना धेरै महत्त्वपूर्ण छ किनभने तपाईंले शैतानलाई भेट्नु अघि परमेश्वरलाई भेट्नुहुनेछ ।
2. तपाईंले जीवनको परिस्थितिहरूलाई भेट्नु अघि परमेश्वरलाई भेट्नुहुनेछ ।
3. तपाईंले धेरै मानिसहरूसँग कुरा गर्नु अघि परमेश्वरसँग कुरा गर्नुहुनेछ ।
4. तपाईंले अरू मानिसहरूसँग संगति गर्नु अघि परमेश्वरसँग संगति गर्नुहुनेछ ।
5. तपाईंले कुनै पनि ताजा समाचार प्राप्त गर्नु अघि स्वर्गबाट समाचार सुन्नुहुनेछ ।
6. तपाईंले मानिसहरूको अगाडि बस्नु अघि परमेश्वरको अगाडि बस्नुहुनेछ ।
7. तपाईंले मानिसहरूको अगाडि घुँडा टेक्नु अघि परमेश्वरको अगाडि घुँडा टेक्नुहुनेछ ।
8. तपाईंले मानिसहरूलाई आदर गर्नु अघि परमेश्वरको आदर गर्नुहनेछ ।
9. तपाईंले मानिसहरूको उपस्थितिमा पुग्नु अघि उहाँको उपस्थितिमा जानुहुनेछ ।
10. तपाईंले आफ्नो शरीरलाई खुवाउनु अघि आफ्नो आत्मालाई खुवाउनुहुनेछ ।
11. तपाईंले अरू सबै साना नामहरू बोलाउनु अघि महान नाम येशूलाई बोलाउनुहुनेछ ।
12. तपाईंले आफूलाई ऐनामा हेर्नु अघि येशू ख्रीष्टलाई देख्नुहुनेछ ।
13. तपाईं आफ्नो आँगन झाडी सफा गर्नु अघि आफ्नो हृदयकाे झाडी सफा गर्नुहुनेछ ।
त्यसोभए, प्रिय हो, उठ्नुहोस र आफ्नो मुख खोल्नुहोस र तपाईंको प्रभु येशूसँग सङ्गति गर्नुहोस !
प्रार्थना एक शक्तिशाली हतियार हो । हतियार तपाईंको हातमा छ । शक्ति तपाईंको मुखमा छ । उठ्नुहोस, आफैलाई सशक्त बनाउन प्रार्थनाको शक्ति प्रयोग गर्नुहोस ।
हरेक बिहान प्रार्थना गर्न नबिर्सनुहोस !
* के तपाईंले आज बिहान प्रार्थना गर्नुभयो ?
* के तपाईंले बिहान सबेरै प्रार्थना किन गर्नुपर्छ भन्ने महत्त्व बुझ्नुभयाे ?
यसकारण लेखिएको छ,
“हे परमप्रभु, मेरा वचनहरूमा कान थाप्नुहोस! मेरो सुस्केरामा ध्यान दिनुहोस!
हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो दुहाई सुनिदिनुहोस, किनकि तपाईंमा नै म प्रार्थना गर्दछु।
हे परमप्रभु, बिहानै तपाईंले मेरो सोर सुन्नुहुन्छ। सबेरै तपाईंको अगि मेरो प्रार्थना राख्दछु, र आशामा पर्खन्छु।” [भजनसंग्रह ५:१-३]
“प्रात:कालले तपाईंको अचूक कृपाको वचन ल्याओस, किनकि तपाईंमा नै मैले भरोसा राखेको छु। कुन मार्गमा मैले हिँड्नुपर्ने हो त्यो मलाई सिकाउनुहोस, किनकि मेरो आत्मा म तपाईंतिर उचाल्दछु।” [भजनसंग्रह १४३:८]
“बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो।” [मर्कुस १:३५]
“हे परमेश्वर, तपाईं मेरा परमेश्वर हुनुहुन्छ, म तपाईंलाई दिलोज्यानले खोज्छु। पानी नभएको ओबानो र बाँझो जमिनमा मेरो प्राण तपाईंको निम्ति तिर्खाउँछ, मेरो शरीर तपाईंकै निम्ति मरिमेट्दछ।” [भजनसंग्रह ६३:१]
Sources :
1. https://www.pridesibiya.com/2020/03/13-points-why-morning-prayers-are.html
2. https://www.prayerrequest.com/threads/why-you-should-pray-early-in-the.4387604/
3. https://odmdaily.com/why-you-should-pray-early-in-the-morning/
4. https://dioceseofmiri.blogspot.com/2018/07/how-important-are-morning-prayers.html?m=1
5. https://pg.linkedin.com/posts/mycoguardiano_why-you-should-pray-early-in-the-morning-activity-6910391398831726593-6R8Y
6. https://www.facebook.com/groups/310619370816016/permalink/786672636544018/?app=fbl
7. https://www.facebook.com/515900525420387/posts/pfbid0BD9KEyRzPkqrM1xWe2zGL8SA6vKDRbp7m3wrZGtKG1VzkUmXH4JEvAdSTjZrqchyl/?app=fbl
8. https://www.facebook.com/101287538468318/posts/pfbid0qMQviR6cNusVDKmzGyDz43myyiVrUsHHVpbYeRKfjQjsZZX8VqTiGBo9LunG1WQPl/?app=fbl
9. https://youtu.be/G2tm3Dhwa00?si=0UHUwbqdFqLjS4TO
10. https://www.redeemersavior.com/praying-in-the-morning/
11. https://forums.crosswalk.com/t/what-is-a-good-morning-prayer-to-start-the-day/2151
12. https://pastorvlad.org/prayinthemorning/
13. https://www.christianwebhost.com/blog/the-5-benefits-of-a-morning-devotional-prayer/

No comments:
Post a Comment