Saturday, January 4, 2025

क्षमा

 



1. शंका गर्न ढिलो हुनुहाेस, तर विश्वास गर्न छिटो हुनुहाेस ।


2. निन्दा गर्न ढिलो हुनुहाेस, तर निष्पक्ष न्याय गर्न छिटो हुनुहाेस ।


3. अपमान गर्न ढिलो हुनुहाेस, तर रक्षा गर्न छिटो हुनुहाेस ।


4. पर्दाफास गर्न ढिलो हुनुहाेस, तर ढाक्न छिटो हुनुहाेस ।


5. हप्काउन ढिलो हुनुहाेस, तर सहन गर्न छिटो हुनुहाेस ।


6. अवमूल्यन गर्न ढिलो हुनुहाेस, तर प्रशंसा गर्न छिटो हुनुहाेस ।


7. माग गर्न ढिलो हुनुहाेस, तर दिन छिटो हुनुहाेस ।



8. उक्साउन ढिलो हुनुहाेस, तर मिलाउन छिटो हुनुहाेस ।


9. बाधा दिन ढिलो हुनुहाेस, तर मद्दत गर्न छिटो हुनुहाेस ।


10. रिसाउन ढिलो हुनुहाेस, तर क्षमा गर्न छिटो हुनुहाेस ।



कसरी क्षमा गर्ने ?


1. उनको निम्ति प्रार्थना गर्नुहोस । [मत्ती ५:४४]


2. अपराधीलाई माया गर्नुहाेस र भलाइ गर्नुहाेस । [रोमी १२:९]


3. अपराधीलाई नराम्रो कुरा नगर्नुहोस । [रोमी १२:१४]


4. तिनीहरूलाई तपाईंको सजायबाट मुक्त गर्नुहोस । [रोमी १२:१७-१९]


5. तिनीहरूको असफलतामा खुशी नहुनुहाेस । [हितोपदेश २४:१७]


6. तपाईंलाई जसरी व्यवहार गरिएको चाहनुहुन्छ, त्यसरी नै उनीहरूलाई पनि व्यवहार गर्नुहोस । [लूका 6:31]


7. विगतमा बस्न बन्द गर्नुहोस । [यशैया ४३:१८]


यसकारण लेखिएको छ,

“प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन। प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ। प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।” [१ कोरिन्थी १३:४-७]


“अब विश्वास, आशा, प्रेम, यी तीन रहन्छन, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।” [१ कोरिन्थी १३:१३]


“अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ।” [लूका ६:३७]


“किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।   

तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।” [मत्ती ६:१४-१५]


“जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।” [एफिसी ४:३२]


“एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ।” [कलस्सी ३:१३]


Sources :

1. https://housetohouse.com/perfect-love/

2. https://bibletruthpublishers.com/quick-and-slow-marriage-tips/william-bill-prost/marriage-november-2014/the-christian/print-friendly/lxpf-la-141151

3. https://bibletruthpublishers.com/quick-and-slow/more-heart-to-heart-godly-wisdom-woman-to-woman/valerie-hallowell/la170542

4. https://pin.it/1ZKCZofPQ

5. https://pin.it/4mnTNhzKn


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...