Sunday, November 24, 2024

डब्लुएचओकाे मदिरा र क्यान्सर बारे तथ्य

 



 यो जानकारीले मदिराको खपत र क्यान्सर बीचको सम्बन्धको बारेमा केही तथ्यहरू प्रदान गर्दछ। मदिराले मदिरा पिउने मानिसहरूलाई मात्र होइन तर उनीहरूको परिवार, साथीभाइ र समुदायलाई पनि असर गर्छ।


1. मदिराले कम्तिमा ७ प्रकारको क्यान्सर निम्त्याउँछ।

 मदिराले पहिले डीएनएलाई क्षति पुर्‍याउँछ, र त्यसपछि क्यान्सर निम्त्याउँछ। मदिराको सेवनले क्यान्सरको जोखिम बढाउँछ। जस्तै : मुख, घाँटी , कलेजो

स्वरयंत्र, अन्ननली, ठूलो आन्द्रा र मलाशय, महिलाको स्तनकाे क्यान्सर।


2. मदिराको कारण हुने क्यान्सरमा पुरुष र महिलामा फरक-फरक असर हुन्छ।

 २०१८ मा डब्लुएचओ (विश्व स्वास्थ्य सङ्गठन) काे सर्वेक्षणमा युरोपेली क्षेत्रमा मदिरा सेवनको कारण सबैभन्दा धेरै महिलाकाे स्तन र ठूलो आन्द्राकाे क्यान्सर थियोे।


पुरुषहरूमा ११०००० भन्दा बढी क्यान्सर हुने गरेको छ र करिब ७०००० महिलामा क्यान्सर हुने गरेको छ र २०१८ मा डब्लुएचओकाे सर्वेक्षण अनुसार युरोपेली क्षेत्रमा मदिरा पिउने कारण लगभग ९२००० जनाको क्यान्सरले मृत्यु भएको थियो।


२०१८ मा लगभग मदिराको कारण ४५५०० केसहरूमा महिलाहरुमा स्तन क्यान्सरदेखि १२१०० मृत्यु भएको थियोे, र ५९२०० केसहरूमा कोलोरेक्टल (ठूलो आन्द्रा) क्यान्सरबाट २८२०० जनाको मृत्यु भएको थियो।


3. मदिरा सेवनबाट क्यान्सरको जोखिम पहिलो घुटबाट नै शुरू हुन्छ।

 क्यान्सरका लागि मदिरा खपतको कुनै सुरक्षित स्तर छैन। बियर, वाइन र अन्य सबै प्रकारका मादक पेय पदार्थहरूले क्यान्सर निम्त्याउन सक्छ। जोखिम न्यून स्तरबाट सुरु हुन्छ र धेरै मदिरा सेवन गर्दा पर्याप्त मात्रामा बढ्छ।


२०१८ मा डब्लुएचओले युरोपेली क्षेत्रमा मदिरासंग सम्बन्धित सबै क्यान्सर मामिलाहरु मध्ये १० मा १ भन्दा बढी मादक पदार्थको कारण थियो।


4. सुर्ती र मदिराको प्रयोगले क्यान्सरको जोखिम बढाउँछ।

 मदिरा वा सुर्तीजन्य पदार्थ दुवै प्रयोग गर्ने मानिसहरूमा मुख, घाँटी, स्वरयंत्र र अन्ननलीको क्यान्सर हुने खतरा ५ गुणा बढी हुन्छ। धेरै पिउने बानी भएका मानिसहरूको लागि, जोखिम ३० गुणा बढी हुन्छ।


5. मदिरा सेवन कम गरेर क्यान्सर रोकथाम गर्न सकिन्छ।

 रक्सीको सेवन कम गर्नाले मदिरा सेवनबाट हुने क्यान्सरबाट बच्न सकिन्छ। यस्ता नियमहरू ल्याएर भएपनि केही राेकथाम गर्न सकिन्छ। जस्तै:

 * मदिरालाई धेरै महँगो बनाएर 

 * मदिरा सम्बन्धि सबै मार्केटिंगमा प्रतिबन्ध लगाएर

 * मदिरा उपलब्धता कम गर्न र असरहरूकाे बारेमा मिडियाको प्रयोग गरेर


 डब्लुएचओले मादक पेय पदार्थहरूमा स्वास्थ्य चेतावनीहरू राख्नका लागि नियमहरूलाई कडा समर्थन गर्दछ, ताकि जनताले मदिराको सेवनबाट हुने क्यान्सरको जोखिमहरू बारे जान्न सकून। 


Sources :

1. https://www.who.int/andorra/publications/m/item/factsheet-5-facts-about-alcohol-and-cancer

2. https://alcoholcampaign.org/2021/05/25/5-facts-about-alcohol-and-cancer/

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...