तलको तस्वीर हेर्नुहोस र यी प्रश्नहरूको जवाफ दिनुहोस।
1. त्यो पैसा कहाँ छ, जसले तपाईंलाई यति धेरै अपमानित बनाएको थियो?
2. त्यो सुन्दरता कहाँ छ, जसले तपाईंलाई यति धेरै घमण्डी र ढाेंगी बनाएको थियोे?
3. त्याे सवारीसाधन कहाँ छ, जसले तपाईंलाई मानिसहरु माथी देखावटी बनाएकाे थियोे?
4. तपाईंलाई सीईओ बनाउने प्रमाणपत्र र प्रशंसापत्रहरू कहाँ छन, जहाँ तपाईंको स्थान अरू कसैले लिएका छन?
5. तपाईंलाई मूर्ख बनाउने साथीहरू कहाँ छन?
6. तपाईं चिहानमा कति सुन्दर हुनुहुन्छ?
7. तपाईंले आफ्नै सँगी मान्छेलाई ढाँटेर या मारेर प्राप्त गरेको सम्पत्ति कहाँ छ?
8. तपाईंले पैसा खर्च गरेको स्तन र नितम्बहरू कहाँ छन, जसको निम्ति तपाईंले आफ्नो परिवार र साथीहरूको बेवास्ता गर्नुभयाे?
धनी हुनु राम्रो हाे, सम्पत्तिको स्वामित्व राम्रो हाे, सुन्दर हुनु राम्रो हाे, तर यी सबैमा मानवतालाई आफ्नो प्राथमिकता दिनुहोस।
चिहान मात्र त्यस्तो ठाउँ हो, जहाँ धनी र गरिब बराबर हुन्छन। आफ्नो धनमा आनन्द लिनुहोस, तर मानवतालाई पहिलो स्थान दिनुहोस। मानवता जस्तो महान धर्म अरू कुनै छैन।
यसकारण लेखिएको छ,
“तैंले परमप्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर।
दोस्रोचाहिँ यो हो, तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर। योभन्दा ठूलो आज्ञा अर्को छैन।” [मर्कुस १२:३०-३१]
“परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।” [याकूब १:२७]
“यदि गरीबहरूलाई तिनीहरूले चाहेका कुरा इन्कार गरेको छु भने अथवा विधवाको आँखा आँसुले धमिल्याइदिएको छु भने, यदि मैले मेरो गाँस एकलै खाएको छु भने र टुहुरा-टुहुरीसित त्यो बाँड़ेको छैन भने, तर मैले त टुहुरो केटालाई त्यसको बुबालेजस्तै पालनपोषण गरें। र मैले आफू जन्मेको दिनदेखि नै विधवालाई डोर्याएँ।
यदि मैले कसैलाई लुगाफाटाको अभावले नष्ट भएको अथवा कुनै गरीब मानिसलाई ओढ्ने नभएको देखेको छु भने, र मेरो भेड़ाको ऊनले त्यसलाई न्यानो पार्न नदिएको कारण त्यसले मलाई हृदयसमेतले प्रशंसा गरेको छैन भने, मानिसहरूले अदालतमा मेरो प्रभाव छ भनी जानेर पनि यदि मैले मेरो हात टुहुरा-टुहुरीहरूमाथि उठाएको छु भने, मेरो पाता काँधबाट खुस्कोस, मेरो पाखुरा जोर्नीबाट खुस्कोस!” [अय्यूब ३१:१६-२२]
“जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ...
तब राजाले आफ्ना दाहिनेपट्टिकाहरूलाई भन्नेछ, ‘आओ, मेरा पिताका धन्यका हो! संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर।
किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।
नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’
तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्यौं, र पिउन दियौं?
कहिले हामीले तपाईंलाई परदेशी देख्यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्यौं र वस्त्र लगाइदियौं?
र कहिले हामीले तपाईंलाई बिरामी वा झ्यालखानमा देख्यौं, र तपाईंकहाँ आयौं?’
तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ’।” [मत्ती २५:३१-४६]
Sources :
1. https://www.facebook.com/100071318806622/posts/302226415497983/
2. https://www.instagram.com/p/CvCmruLRhx8/?igsh=OWdjanM4aG9jYWRs

No comments:
Post a Comment