१. संसार भनेको परमेश्वर विरूद्द विद्रोहमा रहेको समुदाय, सँस्कृति तथा साेँचकाे व्यवस्थित प्रणाली हाे।
२. परमेश्वरबाट टाढा रहेको मानिसको वर्तमान अवस्था भनेर पनि संकेत गर्दछ।
३. संसार भनेर शारीरिक कामुकता (शारीरिक चाहानाहरू), आँखाकाे अभिलाषा (बाहिरी सुन्दरता), अनि जीवनकाे अहंकारी शेखी (स्वार्थी महत्वकांक्षी) भनेर वर्णन गरेको छ।
यसकारण लेखिएको छ,
“यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।” [रोमी 12:2]
“किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो।
संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो, जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।” [१ यूहन्ना 5:4-5]
“व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।” [याकूब 4:4]
“संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन।” [१ यूहन्ना 2:15]
किन परमेश्वरले “संसारलाई प्रेम नगर” भन्नुभयो?
1. किनभने संसारको लाभ आत्माको हानि हो। [मत्ती 16:25-26]
2. किनभने संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो। [याकूब 4:4]
3. किनभने संसारले ख्रीष्टलाई चिनेन। [यूहन्ना 1:10, 17:25]
4. किनभने संसारले ख्रीष्टलाई घृणा गर्दछ। [यूहन्ना 7:7, 15:18]
5. किनभने पवित्र आत्माले संसारलाई प्रेम नगर भनी हामीलाई निषेध गर्नुभएको छ। [1 यूहन्ना 2:15]
6. किनभने ख्रीष्टले संसारको लागि प्रार्थना गर्नुभएन। [यूहन्ना 17:9]
7. किनकी ख्रीष्टका जनहरू संसारको अधीनमा छैनन। [यूहन्ना 17:16]
8. किनभने संसारले पवित्र आत्मा प्राप्त गर्नेछैन। [यूहन्ना 14:17]
9. किनभने संसारकाे शासक शैतान हो। [यूहन्ना 13:31, 16:11]
10. किनभने ख्रीष्टको राज्य संसारको होइन। [यूहन्ना 18:36]
11. किनभने संसारको बुद्धि मूर्खता हो। [1 कोरिन्थी 1:20]
12. किनभने संसारको बुद्धि अज्ञानता हो। [1 कोरिन्थी 1:21]
13. किनभने ख्रीष्ट संसारको अधीनमा हुनुहुन्न। [यूहन्ना 8:23]
14. किनभने संसार दाेषी ठहरिएको छ। [1 कोरिन्थी 11:32, युहन्ना 3:16-19]
15. किनभने संसारको रूप बितेर जानेछ। [1 कोरिन्थी 7:31]
16. किनकि संसारले ख्रीष्टलाई मारेको थियो। [याकूब 5:6, मत्ती 21:39]
17. किनभने संसार हाम्रो लागि क्रूसमा टाँगिएको छ। [गलाती 6:14]
18. किनभने हामी संसारको लागि क्रूसमा टाँगिएका छौं। [गलाती 6:14]
19. किनकि संसार दुष्टताको आसन हो। [2 पत्रुस 1:4, 1 यूहन्ना 5:19]
20. किनभने संसारको ईश्वर दुष्ट छ। [2 कोरिन्थी 4:4]
* के तपाईंले संसारलाई किन प्रेम गर्नुहुँदैन भन्ने सत्य बुझ्नुभयाे?
Sources :
1. https://jesustruthdeliverance.com/2017/11/23/love-not-the-world/
2. https://pin.it/3fZwGNC0k

No comments:
Post a Comment