जीवविज्ञानमा स्नातक गरेका एकजना व्यक्तिलाई जागिर खोज्न गाह्रो भइरहेको थियो। उनले एउटा दैनिक पत्रिकामा चिडियाखानामा कामको लागि विज्ञापन देखे।
अन्तर्वार्तामा, प्रबन्धकले उनलाई भने कि पर्यटकहरूको आकर्षणको रूपमा रहेको उनीहरूको गोरिल्ला मरेको छ, त्यसैले उनीहरूलाई नक्कली लुगा लगाएर र गोरिल्लाको नाटक गर्ने कर्मचारीको आवश्यक छ।
स्नातक गरेकाे ती व्यक्तिलाई लाज लाग्यो, तर तलब ठिक भएकोले जागिर स्विकारे। पहिलो दिन, उसले गोरिल्लाको नक्कली छाला लगाएर खोरमा छिर्यो, ऊ माथि तल उफ्रन थाल्यो, छाती पिट्यो र गोरिल्ला जस्तै गर्ज्यो।
भोलिपल्ट, उसले गोरिल्लाको छाला लगाएर फेरि चिडियाखानाको वरिपरि घुम्न थाल्यो, तर यसपटक भने गल्तीले अर्को खोरमा छिर्यो र आफूलाई सिंहलाई हेरिरहेको भेट्टायो। सिंह गर्ज्यो र ऊतिर दौडियो।
डराएको ती व्यक्तिले आफू गोरिल्ला हो भनेर तुरुन्तै बिर्स्यो र मान्छे जस्तै कराउन थाल्यो, “बचाउ! बचाउ!” सिंह उसमाथि उफ्र्यो, र तत्काल सिंहले मन्द स्वरमा भन्याे, “शान्त बस, मूर्ख! नत्र हामी दुबैले आफ्नो जागिर गुमाउनेछौं।”
धर्मको विशेष लुगा लगाएर नाटक गर्ने धेरै मानिसहरू छन। मण्डलीका झुठो शिक्षा फैलाउनेहरू पनि यसरी नै काम गर्छन (तैँ चुप, मैँ चुप)। आज याे धेरै अध्यात्मिक जीवनको वास्तविकता हो।
Sources :
1. 101 Bible Lessons (Hindi), by E. D. Chelladurai, Reprit 2018, Published by GS Books, Pg. 280
2. https://www.linkedin.com/posts/kelvin-sichimata-3a1692147_a-graduate-in-zoology-was-having-difficulties-activity-7059633252172480512-iPrR
3. https://www.facebook.com/100006162134760/posts/pfbid0FpLwY2YKWJwwPpCA9EVjCXdY8xFbZTMWFCVMDa6fR21w1hWBNn74oibQzAxJ6i5xl/?app=fbl

No comments:
Post a Comment