Thursday, May 9, 2024

दुई भाईकाे निर्णय र परिणाम

 


 एकपटक जोन लिविङ्गस्टन ओन्टारियोको पेर्थ काउन्टीको सबैभन्दा धनी मानिस भएर मरे। तिनको सम्पत्ति ५ लाख डलर थियो। यसबाहेक तिनको जीवन बिमा अझ पाँच लाख डलर थियो। तिनको भाई डेविड लिविङ्गस्टनचाहिँ स्कोटल्याण्डको धनाड्य मिशनरी थिए।


 स्कोटल्याण्डको तिनीहरूको घरमा यी दुईजना मानिसहरूले युवा अवस्थामा जीवनका केही महत्वपूर्ण निर्णयहरू लिए। 


 जोनले भनेः क्यानडा गएर म पैसा कमाउनेछु। अनि तिनले त्यही गरे।


 डेविडले चाहिँ आफ्नो जीवन प्रभु येशू आफ्ना मुक्तिदातालाई अर्पण गरे। अफ्रिकाका भित्री भागहरूमा मानिसहरूलाई सुसमाचार प्रचार गरेर प्रभुको निम्ति जित्ने चाहेर उनले पूरा बलले आफ्नो जीवन यस ठूलो काममा लगाए। 


 सांसारिक दृष्टिकोणमा हेरेर जोनचाहिँ बुद्धिमान ठहरिन्छन र डेविडचाहिँ मूर्ख ठानिन्छ।


 तर सांसारिक दृष्टिकोण एकदम छोटो छ, किनभने यता जोनले व्यापारमा सफलता प्राप्त गरेर धेरै धन थुपारे पनि, अनि उता डेविडले अफ्रिकाको निम्ति आफ्नो जीवन दिएर एउटा छाप्रोमा एक्लै भएर आफ्ना घुँडामा घोप्टो परी मरे।


 तापनि तिनीहरूको मृत्युपछिको पचास वा पचहत्तर वर्षपछि हेर्याैँ भने के देख्छौं भने जोनको नाम पृथ्वीबाट प्रायः लुप्त भएका छन, तर डेविड लिविङ्गस्टनको नामचाहिँ संसारभरि जहाँ सुसमाचार जानिएको छ, त्यहाँ प्रख्यात भएका छन।


 * तपाईंको जीवनमा तपाईंले कसको सेवा गर्ने निर्णय गर्नुभएको छ?

    (परमेश्वर या संसारको धन-सम्पत्ति?)


 यसकारण लेखिएको छ, 

 “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।” [मत्ती ६:२४]


 “संसार बितिजान्‍छ र त्‍यसको अभिलाषा पनि बितिजान्‍छ,

तर परमेश्‍वरको इच्‍छा पूरा गर्नेचाहिँ सधैँको निम्‍ति रहन्‍छ।” [१ यूहन्ना २:१७]


 “कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस र म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ।” [यूहन्ना १२:२६]



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...