जब विलियम केरी भारत देशमा निरन्तर परमेश्वरकाे सेवाकाे काममा लागिरहेका थिए, तब उनलाई लण्डनदेखि एउटा पत्र आउँछ, र त्याे पत्रमा उनकै एक छाेराले हर्षकाे साथ उनलाई यसरी लेखिएका थिए,
“बुबा, म भर्खरै बेलायतकी महारानीकाे एक राजदुत पदमा नियुक्ति भएकाे छु।”
तर विलियम केरी केही समयपछि दु:खित हुँदै ती छाेरालाई पत्रकाे जवाफमा यस्ताे लेखेर पठाए,
“छाेरा! तिमीले यति महान परमेश्वर, सारा सृष्टिका मालिक, जाे राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ, उहाँको सेवा गर्न छाेडेर एक साधारण रानीकाे राजदुतकाे नाेकर पदलाई राेज्याै?”
साँच्चै! विलियम केरीकाे याे पत्रकाे जवाफले आज हामी हरेक ख्रीष्टियन सेवकहरू र विश्वासीहरूलाई साेच्न बाध्य पार्नुपर्छ। आज हामीले महान परमेश्वरकाे सेवा गरिरहेका छाैँ भने ठिक छ, तर गरेका छैनौं भने एउटा खतरा छ, हामीले जुन परमेश्वरकाे सेवा गर्ने अवसरलाई छाेडेर संसारकाे सेवा गर्दैछाैँ... सायद, भाेलि हाम्रो हातमा केही पनि हुनेछैन, न संसार र न परमेश्वर! हरेक मानिसले परमेश्वरकाे सेवा गराेस भन्ने उहाँको ईच्छा छ।
आजकाे दिनसम्म हनाेक, नाेआ, अब्राहम, माेशा, यहाेशू, एलिया, दाऊद, दानिएल, 12 चेला, पावल, साथै मण्डली इतिहासका अनगिन्ती ब्यक्तिहरूले त्यही महान सर्वशक्तिमान परमेश्वरकाे सेवा गरेर गए। उनीहरूले आउनेवाला परमेश्वरकाे अनन्तको राज्यमा आफ्नाे स्थान सुरक्षित पारेका छन। परमेश्वरकाे अनन्तको राज्यमा तपाईंको स्थान कहाँ हुनेछ?
* संसारको काम गर्नु आफैमा गलत त हाेईन, संसारको कामबाट पनि परमेश्वरकाे काम गर्ने माध्यम बन्न सक्छ तर सिधा सृष्टिकर्ताकाे सेवाकाे काम मात्रै गर्नु संसारकै सबैभन्दा सर्वश्रेष्ठ काम हाे!
यसकारण लेखिएको छ,
“तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज, तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” [यहोशू २४:१५]
“जवान भएपछि विश्वासद्वारा मोशाले फारोकी छोरीका छोरा कहलाइन इन्कार गरे।
पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे।
मिश्रदेशको धन-सम्पत्तिभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले मूल्यवान सम्पत्ति ठाने। किनभने तिनले आफ्नो दृष्टि इनामतिर लाएका थिए।” [हिब्रू ११:२४]
“मैले उत्तम लड़ाइँ लड़ेको छु। मैले दौड सिद्ध्याएको छु। मैले विश्वासलाई बचाइराखेको छु।
अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन, तर उहाँको पुनरागमन प्रिय मान्नेहरू सबैलाई दिनुहुनेछ।” [२ तिमोथी ४:७-८]
“संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ।” [१ यूहन्ना २:१७]
“आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्ट पार्छन र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन।
तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, र चोरले पनि चोर्दैन।” [मत्ती ६:१९-२०]
“अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँचिराखिएका छन।” [२ पत्रुस ३:७]

No comments:
Post a Comment