Wednesday, February 7, 2024

केटा र केटीको बिचमा पवित्र छलफल

 


 केटा : “तिम्रो कोही प्रेमी छ?”

 केटी : “छैन, मलाई कुनै प्रेमी चाहिँदैन।”

 केटा : उत्पत्ति २:१८ फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”


 केटी : “तर म तिमीलाई प्रेम गर्दिन।”

 केटा : १ यूहन्ना ४:८ “प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।”


 केटी : “त्यसोभए मैले कसरी बुझु कि तिम्रो कुरा सत्य हो?”

 केटा : मत्ती १२:३४  “...किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन।”


 केटी : “तर तिमी इमान्दार र विश्वासयाेग्य छौ भनेर म कसरी पक्का हुन सक्छु?”

 केटा : मर्कुस १३:३१ “स्वर्ग र पृथ्वी बितिजानेछ, तर मेरा वचन कहिल्यै बित्नेछैनन।”


 केटी : “तर म नै किन? यहाँ अरू धेरै केटीहरू पनि छन।”

 केटा : हितोपदेश ३१:२९ “धेरै स्त्रीहरूले उत्तम कुराहरू गर्छन, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।”


 केटी : “तर तिमीले ममा के देख्यौ, जसकाे कारण मलाई प्रेम गर्न बाध्य पार्याे?”

 केटा : श्रेष्ठगीत ४:७ “मेरी प्यारी, तिमी साह्रै सुन्दरी छ्यौ, तिमीमा कुनै दाग छैन।”


 केटी : “तर साँच्चै, म त्यति सुन्दर छैन... तिमीले बढाइचढाइ गर्दैछाै।”

 केटा : हितोपदेश ३१:३० “सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।”


 केटी : “के हुनेछ, यदि मैले हुन्छ भने भने?”

 केटा : उत्पत्ति २:२४ “यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन।”


 केटी : “तिमीलाई यति धेरै धर्मशास्त्रका वचनहरू कसरी थाहा छ?”

 केटा : यहोशू १:८ “व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस र सफलता पाउनेछस।”


 केटी : “वाह, म तिमीले परमेश्वरलाई साँच्चै माया गरेको म देख्छु।”

 केटा : भजनसंग्रह ३४:८ “परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्छ। उहाँमा शरण लिने मानिस धन्यको हो।”


 केटी : “ठीक छ, कृपया मलाई यस बारे सोँच्नको लागि केहि समय दिनुहोस।”

 केटा : फिलिप्पी ४:८ “अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर।”


 केटी : “वाह! म पनि तिमीलाई नै प्रेम गर्छु।”

 केटा : प्रकाश २२:२१  “...आमेन!”


नैतिक शिक्षा : त्यहीँ व्यक्तिसँग विवाह गर्नुहोस, जसले परमेश्वरलाई हृदयदेखि माया गर्दछ, परमेश्वरकाे भय मान्दछ, परमेश्वरकाे बचनकाे ज्ञान छ, परमेश्वरकाे भजन गाउँछ, परमेश्वरकाे आराधना गर्छ, परमेश्वरकाे सेवा गर्छ, परमेश्वरकाे उच्चस्तरीय दर्शन प्राप्त गरेको छ। किनभने त्यो व्यक्तिले तपाईंलाई पनि साँच्चै माया गर्नेछ, तपाईंलाई आदर गर्नेछ र तपाईंलाई आत्मिक जीवनमा र जीवनकाे लक्ष्यमा सँगसँगै बढ्न मद्दत गर्नेछ।


Sources :
1. https://www.nairaland.com/3572147/holy-toasting
2. https://www.afrisonet.com/2015/09/holy-toasting.html?m=1
3. https://www.facebook.com/100008217639707/posts/pfbid0wJo3AjGb8hoUcCGCKaW5Ym7zbdvtuGP7h3aSCXy33UkcxmFQAX1Xky58zamzHoX6l/

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...