एक पटक एउटी सुन्दर केटी आफ्नो वैवाहिक जीवनबाट थकित भइन, र आफ्नो जीवनसाथीको हत्या गर्न चाहन्थिन।
एक दिन बिहान उनी दौडेर आफ्नी आमा कहाँ गइन र भनिन, “आमा, म मेरो श्रीमानबाट थाकेको छु। म अब उसलाई सहन सक्दिन। म उसलाई मार्न चाहन्छु तर मलाई डर छ कि देशको कानूनले मलाई दाेषी बनाउँछ, कृपया मद्दत गर्नुहोस आमा?”
आमाले जवाफ दिईन, “हो मेरी छोरी म तिमीलाई मद्दत गर्न सक्छु, तर तिमीले गर्ने एउटा सानो काम छ।”
छोरीले सोधिन, “के काम? म उसलाई मेरो जीवनबाट बाहिर निकाल्नको लागि कुनै पनि काम गर्न तयार छु।”
आमाले भन्नुभयो, “ठीक छ, तिमीले निम्न कामहरू गर्नुपर्ने हुन्छ।”
1. तिमीले उनीसँग शान्ति कायम गर्नुपर्नेछ, ताकि उनी मरेपछि कसैले तिमी प्रति शंका नगराेस।
2. उनलाई आकर्षक देखाउनको लागि तिमीले आफैलाई सुन्दर बनाउनु पर्छ।
3. तिमीले उनको राम्रो हेरचाह गर्नुपर्छ र उनीप्रति धेरै राम्ररी प्रस्तुत हुनुपर्छ र उनको आदर र प्रशंसा गर्नुपर्छ।
4. तिमी धैर्य, मायालु र कम ईर्ष्यालु हुनुपर्छ। धेरै सुन्ने कानहरू छन। यसैले तिमी अधिक आज्ञाकारी हुनुपर्छ।
5. उनको लागि आफ्नो पैसा खर्च गर्नु र तिमीले उनलाई जतिसुकै पैसा दिनुपरे पनि रिस नगर्नु।
6. उनको विरुद्ध आफ्नो आवाज नउठाउनु तर शान्ति र प्रेमलाई प्रोत्साहन दिनु ताकि उनको मृत्यु भएको बेलामा तिमीलाई कसैले शंका नगरेकाे हाेस।
“के तिमी यी सबै गर्न सक्छ्याै?” आमाले सोधिन।
तब उनले जवाफ दिइन, “हो म सक्छु।
फेरि आमाले भन्नुभयो, "ठीक छ, अब यो सेताे धूलो लेऊ र उनको हरेक दिनको खानामा थोरै हाल्नु, तब बिस्तारै उनको मृत्यु हुनेछ।”
उनी ३० दिनपछि आमाकहाँ आइन र दुःखी स्वरमा बिन्ती गर्दै भनिन, “आमा, मेरो श्रीमानलाई फेरि मार्ने मनसाय छैन। अहिले म उहाँलाई माया गर्न थालेको छु, किनकि उहाँ पूर्ण रूपमा परिवर्तन हुनु भएको छ, उहाँ अब मैले सोचेको भन्दा धेरै असल पति हुनुहुन्छ। उहाँलाई मार्नबाट विष रोक्न म के गर्न सक्छु? कृपया मलाई मद्दत गर्नुहोस, आमा!”
तब आमाले जवाफ दिईन, “चिन्ता नगर मेरी छोरी। मैले तिमीलाई त्यो दिन जे दिएँ, त्यो हाम्रो घरको गहुँको सेताे पिठो मात्र थियो। त्यसले उहाँलाई कहिल्यै मार्दैन। छाेरी, वास्तवमा तिमी नै त्यो विष थियौ, जसले आफ्नो पतिलाई तनाव र वैराग्यले बिस्तारै मार्दै थियो। जब तिमीले उहाँलाई माया, सम्मान र कदर गर्न थाल्याै, तब तिमीले उहाँलाई बचायाै।”
Source :
https://www.maravipost.com/healthy-relationships-poison-that-kills-men/?amp=1

No comments:
Post a Comment