तलको तस्बिरमा पुरूषलाई थाहा छैन कि तल सर्प छ।
महिलालाई पनि थाहा छैन कि पुरुषलाई ढुङ्गाले थिचेकाे छ।
महिलाले सोच्छिन, “म तल खस्दैछु! र म माथि पनि चढ्न सक्दिन किनभने सर्पले मलाई टोक्ने छ। पुरूषले किन मलाई माथि तान्न अलिकति थप बल प्रयोग गर्न सक्दैन!?”
त्यो पुरूषले पनि सोच्छ, “म धेरै पीडामा छु! तैपनि म उनलाई सकेसम्म तान्दै छु। उनी किन अलिकति माथि चढ्न प्रयास नगरेकाे हाेला!?”
नैतिक शिक्षा : तपाईले अर्को व्यक्तिको दबाब देख्न सक्नुहुन्न, र अर्को व्यक्तिले तपाईमा भएको पीडा देख्न सक्दैन।
यही जिवन हो।
चाहे त्यो कामकाे क्षेत्रमा होस, परिवार, भावना वा साथीहरू, जहाँ र जुन परिस्थितिमा भएपनि हामीले एकअर्कालाई बुझ्ने प्रयास गर्नुपर्छ।
फरक ढंगले सोच्न सिक्नुहोस, अझ सबैभन्दा राम्रो त स्पष्ट रूपमा र राम्रोसँग प्रत्येक्ष कुराकानी गर्नुहोस। थोरै सकारात्मक सोच, विचार र धैर्यले हाम्रो असमझदारीहरूलाई धेरै टाढा लैजान सक्छ।
* मानिसको लागि परमेश्वरको उद्देश्य भनेको हेर्ने आँखा र बुझ्ने हृदय प्राप्त गर्नु हो!
यसकारण लेखिएको छ,
“मेरो प्रार्थनामा तिमीहरूलाई सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन म थामिन्नँ।
म प्रार्थना गरिरहन्छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा देऊन।
म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्यालो होस, र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो, सो तिमीहरूले जान्न सक।” [एफिसी १:१६-१७]
Source :
https://spiritualgrowth2022.blogspot.com/2024/02/blog-post_5.html

No comments:
Post a Comment