Sunday, January 14, 2024

विवाह गर्नुअघि एकपटक यी कुराहरू सोच्नुहोस!

 




1. विवाहको तयारी गर्नुभन्दा विवाहमा तयारी गर्नु राम्रो हाे।

2. टुटेको सम्बन्ध, टुटेको विवाहभन्दा धेरै राम्रो हुन्छ।

3. यदि एउटा केटीले “मैले पहिले केटालाई यौन सम्बन्ध राख्न दिएपछि उसले पक्कै पनि मसँग नै विवाह गर्न बाध्य हुनेछ” भनी साेच्छ भने सबै वेश्याहरूको पनि अवस्य विवाह हुनेछ।

4. डेटिङ भनेको जब तपाईं विवाहपछि कसैलाई खराब पुरूष वा खराब महिलामा रूपान्तरण गर्न चाहानुहुने चिन्ह हाे।

5. गलत व्यक्तिसँगकाे विवाह एक वर्षपछि मगनीको एक औंठी महिलाको हातमा एक हातकडीमा परिणत हुनेछ।

6. आफूले माया नगरेको व्यक्तिसँग विवाह गर्नु भनेको आफूलाई आजीवन कारावासको सजाय सुनाउनु जस्तै हो।

7. पृथ्वीमा बाँचेको र सम्पुर्ण मनुष्य इतिहासकाे एक मात्र सिद्ध एकल मानिस येशू ख्रीष्ट मात्रै हुनुहुन्छ।

8. खराब विवाह एकल जीवनभन्दा धेरै खराब छ। दु:खी विवाहित हुनुभन्दा अविवाहित र खुसी हुनु राम्रो हाे।

9. “श्री सहि” लाई खोज्न रोकिनुहोस, “श्री बायाँ” लाई समात्नुहोस र धैर्य र मायालु भई उहाँलाई “सहि” बनाउनमा अगाडि बढ्नुहाेस। (मलाई गलत नबुझ्नुहोस। बुद्धिमान हुनुहोस!)

10. प्रेम अन्धो हुन्छ, तर विवाहले तिम्रो दुई आँखा खोल्नेछ।

11. विवाहको बारेमा तितो सत्य याे हाे कि विवाह सबैको निम्ति हाेइन, जसले यसलाई ग्रहण गर्न सक्छ गराेस।

12. विवाहले हामीलाई धेरै कुराहरू सिक्न र सिकाउन मद्दत गर्दछ। यसले हामीलाई अनन्तकालकाे निम्ति हाम्रो व्यक्तित्व र चरित्र निर्माणमा महत्त्वपूर्ण भुमिका खेल्छ।

13. स्वर्गमा कुनै विवाहबारी हुँदैन। याे पृथ्वी रहुन्जेलसम्म गरिने क्षणिक कार्य मात्रै हाे।

14. परमेश्वरले “विवाह” स्थापना गर्नुकाे उद्देश्य भावनात्मक प्रेम सम्बन्ध र सन्तान बृद्धि त थियोे, तर त्याे भन्दा महत्त्वपूर्ण उद्देश्य भनेको येशू ख्रीष्ट (परमेश्वर) र मण्डली बिचकाे अन्तरसम्बन्ध मानिसलाई बुझाउनकाे निम्ति थियोे। जुन कुरा बाइबलकाे “श्रेष्ठगीत” नामक पुस्तकमा देख्न सक्छौं।

15. विवाह भन्दा हजारौं, लाखौं र करोडौं गुणा बढी महत्त्वपूर्ण हाम्रो जीवन छ।

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...