Monday, December 25, 2023

मरियम, के तिमीलाई थाहा छ?

 



मरियम, के तिमीलाई थाहा छ,
कि तिम्रो बच्चा एक दिन पानी माथि हिंड्नेछ?
मरियम, के तिमीलाई थाहा छ,
तिम्रो बच्चाले हाम्रा छोराछोरीहरूलाई बचाउनेछ?
के तिमीलाई थाहा छ,
कि तिम्रो बच्चाले तिमीलाई नयाँ बनाउन आएको हो?
तिमीले जन्म दिएको यो बच्चाले तिमीलाई चाँडै नयाँ जन्म दिनेछ।

मरियम, के तिमीलाई थाहा छ,
कि तिम्रो बच्चाले अन्धो मानिसहरूलाई दृष्टि दिनेछ?
मरियम, के तिमीलाई थाहा छ,
कि तिम्रो बच्चाले आफ्नो हातले आँधीलाई शान्त पार्नेछ?
के तिमीलाई थाहा छ,
तिम्रो बच्चा स्वर्गदूतहरू हिँडेको ठाउँमा हिँड्नेछ?
तिमीले आफ्नो सानो बच्चालाई चुम्बन गर्दा तिमीले परमेश्वरको अनुहार चुम्बन गर्याै?

ओ मरियम, के तिमीलाई थाहा छ,
अन्धाहरूले देख्नेछन, बहिराहरूले सुन्नेछन, मरेकाहरू फेरि जीवित हुनेछन, लङ्गडाहरू उफ्रनेछन, “परमेश्वरकाे थुमाको प्रशंसा हाेस!” भन्दै गूंगाहरू बोल्नेछन।

मरियम, के तिमीलाई थाहा छ,
तिम्रो बच्चा सारा सृष्टिको प्रभु हो?
मरियम, तिमीलाई थाहा छ,
कि तिम्रो बच्चाले एक दिन सबै राष्ट्रहरूमाथि शासन गर्नेछ?
के तिमीलाई थाहा छ,
तिम्रो बच्चा स्वर्गको सिद्ध थुमा हो?
तिमीले समातेको र तिम्रो काखमा सुतिरहेको बच्चा “म हुँ, जाे म हुँ” हाे।

Sources :
1. https://www.biblestudytools.com/bible-study/topical-studies/biblical-truths-from-mary-did-you-know.html
2. https://oldtimemusic.com/the-meaning-behind-the-song-mary-did-you-know-by-mark-lowry/#:~:text=Mark%20Lowry%20was%20inspired%20to,message%20began%20to%20take%20shape.
3. https://www.staugustine.com/story/lifestyle/faith/2016/12/09/story-behind-song-mary-did-you-know/16292732007/
4. https://www.godupdates.com/story-behind-mary-did-you-know/

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...