किरजायदा रोड्रिग्ज (Kyrzayda Rodríguez) एक विश्व प्रसिद्ध करोडपति फेसन डिजाइनर, ब्लगर र लेखिका थिइन, जो 2018 मा उनको ज्यान लिने एक धेरै आक्रामक पेटकाे क्यान्सरको शिकार भएकी थिईन। सबैभन्दा अचम्मको कुरा उनको मृत्युशय्यामा हुँदा उनले व्यक्त गरेका शब्दहरू र उनले हामीलाई छोडेको ठूलो पाठ थियो।
किरजायदा रोड्रिग्जले मानवतालाई छोडेको ठूलो सन्देश;
1. संसारको सबैभन्दा महँगो ब्रान्डको कार मेरो ग्यारेजमा छ। तर म ह्वीलचेयरमा बस्नु पर्छ।
2. मेरो घर सबै प्रकारका डिजाइन कपडा, जुत्ता, महँगो चीजहरूले भरिएको छ। तर मेरो शरीर अस्पतालले दिएको सानो चादरले छोपेको छ।
3. बैंककाे खातामा भएको पैसा मेरो पैसा हो। तर त्यो पैसा अब मेरो लागि कामको छैन।
4. मेरो घर महल जस्तै छ तर म अस्पतालमा डबल साइजको ओछ्यानमा सुतेको छु।
5. म एउटा पाँचतारे होटलबाट अर्को पाँचतारे होटलमा जान्थे। तर अहिले अस्पतालको एउटा प्रयोगशालाबाट अर्को प्रयोगशालामा गएर समय बिताइरहेको छु।
6. मैले सयौं मानिसहरूलाई अटोग्राफ दिएको छु, र आज डाक्टरद्वारा निर्धारित औषधिकाे पर्चा मेरो अटोग्राफ हो।
7. मेरो कपाल सजाउन सात सौन्दर्यकर्मी थिए, तर आज मेरो टाउकोमा एउटा कपाल छैन।
8. निजी जेट प्लेनमा, म जहाँ पनि उड्न सक्छु, तर अहिले अस्पतालको बरण्डामा पुग्न दुईजनाको सहयोग लिनुपर्छ।
9. मैले संसारभरका धेरै खानेकुराहरू किनेर खान सक्ने भए तापनि मेरो आहार केबल दिनमा दुई चक्की र रातमा केही थोपा नुन हो।
10. यो घर, यो कार, यो जेट, यो फर्निचर, यति धेरै बैंक खाता, यति प्रतिष्ठा र यति प्रसिद्धि, यी कुनै पनि मेरो लागि कामको छैन। यी कुनै पनि कुराले मलाई सान्त्वना दिन सक्दैन। यसले मात्र दिन सक्छ - केहि प्यारा मान्छेको अनुहार, र उनको स्पर्श।
धेरै पटक हामी हाम्रो व्यक्तिगत लक्ष्यहरूमा यति धेरै ध्यान केन्द्रित गर्छौं कि हामीले हाम्रो जीवनको धेरै जसो ती लक्ष्यहरू प्राप्त गर्न कोसिस गर्दै बिताउँछौं र हामी जीवनको वास्तविक सार बिर्सन्छौं र हामी यस पृथ्वीमा किन छौं।
प्रसिद्धि, पैसा र सफलताले सबैभन्दा महत्त्वपूर्ण कुरा “स्वास्थ्य र जीवन” किन्न सक्दैन, त्यसैले हामीले यस पृथ्वीका चीजहरूलाई व्यर्थको रूपमा हेर्नुपर्छ। अस्थायी चीजहरूको रूपमा जुन अन्तमा हामी कहिँ पनि लिन सक्दैनौं।
हामीले हरेक सेकेन्ड जीवित, हरेक व्यक्ति, हरेक साथीलाई मूल्यवान बनाउनु पर्छ जुन परमेश्वरले हाम्रो मार्गमा राख्नुभएको छ। किनकि यो पार्थिव जीवन क्षणिक छ र हामीलाई थाहा छैन कि हामी यसमा कति समय हुनेछौं; त्यसोभए, अनावश्यक चीजहरू, गुनासोहरू र चीजहरूमा समय बर्बाद नगर्नुहोस जसले तपाईंलाई माया गर्ने व्यक्तिहरूबाट टाढा लैजान्छ। जीवनको प्रत्येक सेकेन्ड र उहाँले तपाईंलाई बाँच्न दिनुभएको सबै कुराको लागि परमेश्वरलाई धन्यवाद दिनुहोस।
यसकारण लेखिएको छ,
“किनकि हामीले न त यस संसारमा केही ल्यायौं न यहाँबाट केही लैजान नै सक्छौं।
तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट हुनेछौं।” [१ तिमोथी 6:7-8]
र भूइँमा घोप्टो परेर दण्डवत गरी भने, “म आफ्नी आमाको गर्भबाट नाङ्गै आए, अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस।” [अय्यूब 1:21]
“मानिस आमाको गर्भबाट नाङ्गै आउँछ, र जसरी आउँछ, त्यसरी नै त्यो फर्किजान्छ। त्यसले आफ्नो परिश्रमबाट आफ्नो हातमा लान सक्ने केही लैजाँदैन।” [उपदेशक 5:15]
Sources :
1. https://www.google.com/amp/s/www.gunjuronline.com/amp/reflections-fashion-blogger-kyrzayda-rodriguez-s-last-words
2. https://www.google.com/amp/s/www.bibliatodo.com/En/christian-reflections/death-of-dominican-fashion-blogger-kyrzayda-rodriguez-and-the-great-message-she-left-to-humanity/amp/
3. https://www.google.com/amp/s/21ninety.com/amp/kyrzayda-rodriguez-inspired-us-all-in-so-many-ways-and-we-will-miss-her/


No comments:
Post a Comment