जतिसुकै लामो समयसम्म बाँचे पनि, सबैभन्दा ठूलो र शक्तिशाली सिंह अन्ततः मर्छ। यो संसारकाे नियम हो।
तिनीहरूको चरम सीमामा, तिनीहरूले शासन गर्छन, अन्य जनावरहरूलाई लखेत्छन, समात्छन, निल्छन, हसुर्छन र हाइनाहरूको लागि केही टुक्राहरू छोड्छन। तर उमेर चाँडै बित्छ।
बृद्ध सिंहले शिकार गर्न सक्दैन, मार्न वा आफ्नो रक्षा गर्न सक्दैन। त्यो घुम्छ र गर्जन्छ जबसम्म उसको समय समाप्त हुँदैन। त्यसपछि हाइनाहरूले चारैतिरबाट घेर्नेछन, र तिनीहरूले जिउँदै खानेछन। तिनीहरूले त्यसलाई टुक्रा-टुक्रा हुनु अघि मर्न पनि दिँदैनन।
जिवन छोटो छ। शक्ति क्षणिक छ। शारीरिक सौन्दर्य अल्पकालीन हुन्छ, त्याे मैले सिंहमा देखेको छु। मैले पुराना मान्छेहरुमा देखेको छु। लामो समयसम्म बाँच्ने हरेक व्यक्ति कुनै न कुनै समयमा कमजोर र अत्यन्तै कमजोर बन्नेछ।
त्यसैले, हामी नम्र बनौं। बिरामी, कमजोरहरूलाई मद्दत गर्नुहोस र सबैभन्दा महत्त्वपूर्ण कुरा प्रभु येशू ख्रीष्टलाई चिन्नुहोस! “उहाँ को हुनुहुन्छ भन्ने सत्य थाहा छैन, तर पनि उहाँलाई चिन्नुहोस।” याे सत्य कहिल्यै नबिर्सनुहोस कि एक दिन हामी सबै उहाँको न्याय आसनमा हाम्रो सम्पुर्ण जीवनकाे हिसाब बुझाउनुपर्नेछ।
* सत्ता, शासन, प्रभाव, शक्ति, उमेर, समय, शारीरिक सौन्दर्य सबै कुराको एक्सपायरी डेट हुन्छ। संसारको हरेक कुरा क्षणिक छ, यसैले सधै नम्र बनाैँ।
यसकारण लेखिएको छ,
“साँच्चै, म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्थ्यौ, र जहाँ इच्छा लाग्छ जान्थ्यौ। तर जब तिमी बूढ़ा हुनेछौ, तब तिमीले आफ्ना हात पसार्नेछौ, र अरूले तिम्रो पटुका बाँधिदिनेछ, र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ।” [यूहन्ना 21:18]

No comments:
Post a Comment