Tuesday, September 12, 2023

परमेश्वरबारे नौ सम्भाव्य मतहरू :

 


परमेश्वरमा विश्वास (वा अविश्वास) एउटा लिखत मात्र होइन। परमेश्वरमा कसैले विश्वास गरिरहेको छ वा छैन भन्ने विषय मात्र पनि यो होइन। यो परमेश्वरको कुन किसिममा तिनीहरू विश्वास गर्छन भन्ने विषय पनि हो। परमेश्वरका बारेमा मानिसहरूकाे नौ प्रमुख दृष्टिकोणहरू छन।

1. ईश्वरवाद [Theism]
ईश्वरवादलाई “अलौकिक प्रकाशद्वारा आफूलाई चिनाउन समर्थ वैयक्तिक परमेश्वरमा विश्वास” भनेर व्याख्या गरिएको छ। परमेश्वर आफैले सृष्टि गर्नुभएको, ब्रम्हाण्डबाट अलग र टाढा हुनुहुन्छ, तथापि मानव जातिका कारोबारमा व्यक्तिगत रुपमा सहभागी हुनुहुन्छ। यस कार्यमा उहाँ सदा रुची राख्नुहुन्छ। ईश्वरवाद एकेश्वरवाद पनि कहलाइनसक्छ। यसको अर्थ एक र एक मात्र परमेश्वरमा विश्वास गर्नु हो। बाइबलको ईश्वरशास्त्र स्वभावमा ईश्वरवादी र एकेश्वरवादी हो।

2. एकेश्वरवादित्व [Deism]
ईश्वरवादीहरू जस्तै एकेश्वरवादीले ब्रम्हाण्डबाट अलग तर यसप्रति उत्तरदायी एक अनन्त परमेश्वरमा विश्वास गर्छ। तर ईश्वरवादी विपरीत एकेश्वरवादीले एउटा वैयक्तिक परमेश्वरमा विश्वास गर्दैन, र यसरी मानव कृयाकलापहरूमा ईश्वरीय प्रकाश वा हस्तक्षेपको सम्भावनालाई अस्वीकार गर्छ। थोमस जेफरसन एक प्रख्यात एकेश्वरवादीका उदाहरण हुन।

3. अद्वैतवाद [Pantheism]
“सारा जगत नै परमेश्वर हुन, वा विश्वको हरेक अङ्ग परमेश्वरको प्रस्फुटन हो” भन्ने मत अद्वैतवाद हो। पावल डेभिसले वर्णन गरेअनुसार, “परमेश्वरको पहिचान प्रकृति स्वयमसँग हुन्छ, प्रत्येक थोक परमेश्वरको कारीगरी हो, र हरेक थोकमा परमेश्वर हुनुहुन्छ।” नयाँ युगको दर्शनको महत्व दर्शाउने र आफ्ना जराहरू हिन्दु र बौद्ध विचारमा भेट्टाउने धर्मविद्या अद्वैतवाद हो ।

4. अनेकेश्वरवाद [Polytheism]
अनेकेश्वरवाद धेरै ईश्वरहरूमा विश्वास हो। यो प्राचीन समयका अन्य जातिहरूले अपनाएको मत हो। अझै पनि चीन, जापान, कोरिया, भारत, थाइलैण्ड, बर्मा, नेपाल, भुटान, बंगलादेश, श्रीलंका, कम्बोडिया र भियतनाम लगायत, आधुनिक संसारको केही महत्वपूर्ण भागमा यस मतमा विश्वास गर्ने मानिसहरू छन।

5. एनिमिज्म [Animism]
सबै वस्तु (जस्तै रुख, ढुङ्गा, आदि) मा आत्मा हुन्छ भन्ने विश्वास
यस मतलाई मान्नेहरू “सबै वस्तु, प्राणहीनमा समेत, जीवन हुन्छ र तिनमा आत्मा हालिएको हुन्छ" भनी विश्वास गर्छन। धेरै अफ्रिकीहरू र एशियालीहरू यस मतलाई मान्छन, भलै नाममा ती अर्को धर्ममा पत्यार गरुन। उदाहरणको लागि, एक थाइवासी ईश्वरशास्त्रमा एउटा बौद्ध धर्मालम्बी (जो अद्वैतवादी हो) भएर पनि व्यवहारमा अनेकेश्वरवादी वा यसै मतको विश्वासी हुनसक्छ।

6. अनीश्वरवादी, नास्तिक [Atheism]
हामीले पहिले नै देखिसक्यौं, अनीश्वरवाद परमेश्वरको अस्तित्वको इन्कार हो, बाइबलका परमेश्वरको मात्र होइन, तर जुनसुकै ईश्वरको पनि। धेरै नास्तिकहरू आस्तिकहरूका विरोधी पनि हुन्छन। ती परमेश्वरको अस्तित्वलाई इन्कार मात्र गर्दैनन, तर यस विश्वासको प्रचारमा तिनीहरू आक्रामक पनि हुन्छन।

7. जडवाद [Agnosticism]
परमेश्वरबारे, अर्थात उहाँको अस्तित्व वा उहाँको स्वभावबारे कुनै पनि कुरा जान्नु सम्भव छैन भन्ने मानिसहरू जडवादी हुन। यस अर्थमा एक सच्चा जडवादीले “परमेश्वर हुनुहुन्छ वा हुनुहुन्न म जान्दिनँ” मात्र भन्दैन। तर उसले यसो पनि भन्छ, “परमेश्वर हुनुहुन्छ वा हुनुहुन्न सो जान्नु असम्भव छ।”

8. द्वैतवाद [Dualism]
द्वैतवाद शब्दले धेरै विभिन्न दार्शनिक दृष्टिकोणहरूको वर्णन गर्छ। जहाँसम्म यसको परमेश्वरसँग सम्बन्ध छ, यसले ईश्वरीय दुई समान र विरोधी शक्तिहरू, अर्थात असल र खराब हुन भन्ने विश्वासलाई उल्लेख गर्दछ। उदाहरणको निम्ति, द्वैतवादले जोरोआस्टरको प्राचीन पारसी धर्मलाई पोषण गर्दछ, र अर्कोमा यो ताओवादमा पनि पाउन सकिन्छ, जहाँ नकारात्मक र सकारात्मक (यिन र याङ्ग) लाई सिद्ध विरोधीहरूको रुपमा हेरिन्छ।

9. डिम्युर्जिज्म [Demiurgism]
प्लेटोले कल्पना गरेको ईश्वरको एउटा ग्रीक विचार
यो प्लेटोले प्रतिपादित गरेका प्राचीन ग्रीक विचारको एउटा आधुनिक रुप हो।

पावल डेभिस यसको वर्णन यसरी गर्छन, “केही वैज्ञानिकहरूले ब्रम्हाण्ड भित्र विकसित हुने ईश्वरको एउटा नमूना प्रस्तावित गरेका छन, जो अन्ततः धेरै शक्तिशाली हुन्छ र उ प्लेटोको अधीनस्थ ईश्वरसमान देखिनथाल्छ।” उदाहरणको लागि, कसैले क्रमशः बढी विकसित हुँदै गएको र विश्वभरि फैलिरहेको बौद्धिक जीवन वा यान्त्रिक बुद्धिको समेत कल्पना गर्नसक्छ। यसले पदार्थ र ऊर्जाको आफ्नो छल योजनालाई परिष्कृित नबनाउञ्जेल विश्वको धेरैभन्दा धेरै भागमाथि नियन्त्रण गर्दै जानेछ। अनि यो बुद्धि प्रकृति स्वयम्बाट छुट्टयाउन नसकिने हुनेछ। यस किसिमको परमेश्वरको जस्तै बुद्धि हाम्रा आफ्नै सन्तानहरूबाट विकसित हुनसक्छ।

यी वैज्ञानिकहरूमध्ये केहीले आफूले “उल्टो कार्य-कारण” भन्ने गरेका कारणमाथि तर्कसमेत गरेका छन। यस मतको सामान्य अर्थ हो, त्यो अलौकिक बौद्धिक जीवन विश्वको अन्त्यमा गएर परमेश्वरकै जस्तो दर्जामा विकसित हुन्छ। अनि त्यो विशाल “कार्य र कारणको सम्बन्धको फन्को” मा सृष्टिको सम्पूर्ण प्रकृया स्थापित हुन उचित समयमा उल्टो घुम्छ। अर्को शब्दमा, क्षमतापूर्वक हामी (वा अझ सहीरुपमा हाम्रा सन्तानहरू) परमेश्वर हुनको लागि भेला हुन्छन)।

परमेश्वरका यी नौ आधारभूत विचारहरूका असंख्य भेदहरू छन। भन्नु निरर्थक छ, बाइबलमा प्रकट हुनुभएको परमेश्वर वैयक्तिक र अन्ततसम्मै स्व-अस्तित्व हुनुभएको परमेश्वर हुनुहुन्छ । उहाँ प्रकृतिबाट स्वतन्त्र र समय र ठाउँको अन्तरालबाट माथि हुनुहुन्छ। ख्रीष्टमा तपाईंका आशाको आधार यी नै परमेश्वर हुनुहुन्छ।

Source :
पुस्तक, “विवेकशील विश्वास”, A Reasonable Faith, Online Bible College, Good News Publisher, Kathmandu, Nepal, First Nepali Publication 2006, पृष्ठ नं. 16-18

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...