मानिस आमाको गर्भमा ४ महिना पुगेपछि मानव शरीरको औंलामा रेखाहरू बन्न थाल्छन।
यी रेखाहरू मासुमा रेडियोधर्मी तरंगको रूपमा बन्न थाल्छन, डीएनएले पनि यी तरंगहरूलाई आकार दिन्छ।
तर अचम्मको कुरा के छ भने ती रेखाहरू पृथ्वीमा बस्ने कुनै पनि पुर्खा या मानवसँग मेल खाँदैन।
अर्थात, रेखाहरू बनाउनेले यस संसारमा रहेका र यस संसारमा नभएका करोडौं मानवहरूको औंलाहरूमा रहेको रेखाहरूको आकार र डिजाइनसँग राम्ररी परिचित हुने गरी समायोजन राख्नुहुन्छ।
यही कारणले गर्दा उहाँले हरेक पल्ट आफ्नो औंलामा नयाँ शैलीको डिजाइन बनाएर याे प्रमाणित गर्नुभएकाे छ,
* म जस्तो सृष्टिकर्ता कोही छ ?
* म जस्तो कारीगर कोही छ ?
* म जस्तो रचनाकार कोही छ ?
* म जस्तो कलाकार कोही छ ?
अचम्मको कुरा के भने यो औँलाको छाप जलन, चोट वा अन्य कुनै कारणले मेटियो भने पनि एउटै कोशिकाको कमी बिना नै ती रेखाहरू पुनः देखापर्न थाल्छन।
सारा संसारले मिलेर पनि मानिसको औंलामा फरक-फरक रेखाको फिंगरप्रिन्ट बनाउन सक्दैन।
काेही त अवश्य हुनुहुन्छ, जसले याे संसारलाई चलाई रहनुभएको छ।
यसकारण शताब्दीकै महान वैज्ञानिक आइज्याक न्यूटनले भनेका थिए,
“कुनै अन्य प्रमाणको अभावमा, औंलाले मात्र मलाई परमेश्वरकाे अस्तित्वको बारेमा विश्वस्त गराउनेछ।”

No comments:
Post a Comment