Monday, August 7, 2023

मानव मस्तिष्क र तथ्य

 



मानव मस्तिष्क 100 बिलियन Neurons र लगभग 100 ट्रिलियन Synapses मिलेर बनेको छ। जुन सबैले एकअर्कासँग सञ्चार गर्छन।

मिल्की वे आकाशगंगामा रहेका ताराहरूको तुलनामा मस्तिष्कमा 300 गुणा बढी जडानहरू छन।

एक नयाँ अध्ययन अनुसार, अझै राेचक कुरा याे छ कि सारा विश्वकाे बनावट, मानव मस्तिष्क र इन्टरनेटको समान संरचनाहरू छन। जसरी मानिसहरुकाे बीचमा विश्वासकाे सम्बन्धको एक सामाजिक सञ्जाल छ।

याे विकासवादले होइन, तर परमेश्वरले यो सबै सृष्टि गर्नुभयो र क्रमबद्धतामा राख्नुभयो। दुर्घटनाले कहिल्यै पनि यस्तो क्रमबद्धतालाई सिर्जना गर्न सक्दैन!

यदि कुनै दुर्घटनाबाट क्रमबद्धता सृष्टि हुन्छ भने कुनै बमको बिस्फोटबाट सुन्दर घर बन्छ या एक सुन्दर आधुनिक कम्प्युटर तैयार हुन्छ भनी विश्वास गर्नुपर्ने हुन्छ। जाे असम्भव छ।

तर्क नै गर्नु हो भने “परमेश्वर हुनुहुन्छ” भनी तर्क गर्नु सजिलो छ। “परमेश्वर हुनुहुन्छ” भनी विश्वास गर्नुचाहिँ, “हुनुहुन्न” भनी विश्वास गर्नुभन्दा सजिलो हुन्छ। जसले परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्छ उ भाग्यमानी मान्छे हो। तर झन सत्य परमेश्वरलाई विश्वास गर्ने मानिस त धन्य हो।

Sources :
1. https://brandongaille.com/13-interesting-facts-about-the-human-brain/
2. http://www.reluctantchauffeur.com/2013/02/knowledge-universe-human-brain-and.html?m=1

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...