एक शिक्षकले कक्षा काेठामा भने,
“बालकहरू, खडा हाेऊ र आकाशतिर हेर्दै ठूलो स्वरले कराओ, ‘यहाँ परमेश्वरकाे कुनै अस्तित्व छैन’!”
सबैजना चिच्याउन थाले, तर एउटा मात्र बालक चुपचाप बस्यो।
शिक्षकले सोधे, “तिमी किन मौन बसेका छाै?”
बच्चाले जवाफ दियो,
“यदि बाहिर कोही छैन भने हामी किन चिच्याउने र यदि हुनुहुन्छ भने उहाँसँग हाम्रो सम्बन्ध किन बिगार्ने?”
“तपाईंले हामीलाई कसरी सोच्ने र हाम्रो आफ्नै निष्कर्ष निकाल्न सिकाउनुपर्छ, हामीलाई मनाउन र हामीलाई तपाईंको जस्तै सोँच्न बाध्य नगर्नुहोस।”
त्यसपछि ती दस वर्षको बालकलाई कक्षाबाट निकालियाे।
ती बालककाे नाम थियाे, फ्योडर दोस्तोवस्की (Fyodor Dostoevsky)। उनी विश्व साहित्यका एक महान उपन्यासकार र सरल विश्वासी थिए।
यसकारण लेखिएको छ,
“परमेश्वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।” [२ कोरिन्थी 10:5]
“तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषय कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर।” [१ पत्रुस 3:15]

No comments:
Post a Comment