1. के तपाईं एक चित्रकारकाे अस्तित्वलाई प्रमाणित गर्न सक्नुहुन्छ?
अवश्य, एउटा पेन्टिङ हेर्नुहोस !
2. के तपाईं एक लेखककाे अस्तित्वलाई प्रमाणित गर्न सक्नुहुन्छ?
अवश्य, एउटा किताब पढ्नुहोस !
3. के तपाईं एक गीतकारकाे अस्तित्वलाई प्रमाणित गर्न सक्नुहुन्छ?
अवश्य, एउटा गीत सुन्नुहोस !
4. के तपाईं एक वास्तुकारकाे अस्तित्वलाई प्रमाणित गर्न सक्नुहुन्छ?
अवश्य, एउटा भवन हेर्नुहोस !
5. के तपाई एक कविकाे अस्तित्वलाई प्रमाणित गर्न सक्नुहुन्छ?
अवश्य, एउटा कविता पढ्नुहोस !
6. के तपाईं एक सृष्टिकर्ता परमेश्वरकाे अस्तित्वलाई प्रमाणित गर्न सक्नुहुन्छ?
अवश्य, सारा सृष्टिलाई हेर्नुहोस !
किनकि सृष्टिकर्ता बिना, सृष्टिको अस्तित्व असम्भव छ।
यसकारण रोमी 1:19-20 मा लेखिएको छ,
“परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनुभएको छ।उहाँको अदृश्य गुण, अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।”

No comments:
Post a Comment