लगभग दुई हजार वर्षभन्दा अगाडि जीवनको नियमविपरीत एउटा मानिसको जन्म भएको थियो।
ती मानिस गरिबीमा बाँचे र असुरक्षामा हुर्किए।
उनले धेरै टाढासम्म यात्रा गरेनन। एक पटक मात्र उनले आफ्नो देशको सीमाना पार गरे; त्यो बाल्यकालमा उनको निर्वासनको समयमा थियो।
उनीसँग न सम्पत्ति थियो, न कुनै प्रभाव, न उनका आफन्तहरू प्रसिद्ध नै थिए। उनीसँग न त तालिम थियो, न औपचारिक शिक्षा।
तथापि शिशु अवस्थामा उनले एक राजालाई भयभीत पारे।
बालक कालमा उनले पवित्रशास्त्रका विद्वानहरूलाई पनि आश्चार्य चकित पारिदिए।
पुर्ण वयस्कमा उनले प्रकृतिमाथि शासन गरे, पानीकाे छालहरूमाथि हिँडे, र समुद्रलाई शान्त पारे।
उनले भीडहरूलाई बिना औषधि निको पारे, र उनको सेवाको निम्ति कुनै शुल्क लिएनन।
उनले कहिल्यै पुस्तकहरू लेखेनन, र अझै पनि संसारका सबै पुस्तकालयहरूमा उनको बारेमा लेखिएका पुस्तकहरू अटाउन सक्दैन।
उनले कहिल्यै गीत लेखेनन, र अझै पनि सबै गीतकारहरूका गीतभन्दा धेरै गीतहरूको लागि विषयवस्तु उनी नै बनेका छन।
उनले कहिल्यै कलेज स्थापना गरेनन, तथापि उनले यति धेरै विद्यार्थीहरू उत्पादन गरे कि सबै विद्यालयका विद्यार्थीहरू जम्मा गर्दा पनि त्यसको बराबरी हुन सक्दैन।
उनले कहिल्यै कुनै सेनालाई नेतृत्व गरेनन, न सिपाही बनाए, न बन्दुक चलाए। तैपनि कुनै नेतासँग उनको भन्दा बढी स्वयंसेवकहरू थिएनन।
उनको आदेशमा धेरै विद्रोहीहरूले हतियार थुपारेका छन र बिना गोली चलाएर आत्मसमर्पण गरेका छन।
उनले कहिल्यै मनोचिकित्सा अध्ययन गरेनन, तापनि उनले संसारका सबै डाक्टरहरूभन्दा धेरै टुटेको हृदयलाई निको पारे।
हरेक हप्ताकाे एक पटक भीडहरू उनलाई श्रद्धा र आदर गर्न आराधना सभाहरूमा भेला हुन्छन।
विगतमा ग्रीस र रोमका अहङ्कारी नेताहरू आए र गए।
विगतमा वैज्ञानिकहरू, दार्शनिकहरू र धर्मशास्त्रीहरू आए र गए,
तर उनको नाउँ दिन प्रतिदिन बढ्दै र फैलिँदै गइरहेको छ।
उनको क्रूसारोहणमा गिल्ला गर्ने पुस्तादेखि आजको पुस्ताकाे बिचमा लगभग दुई हजार वर्ष बितिसके तापनि उनी अझै जीवित छन।
शत्रुहरूले उनलाई नाश गर्न सकेनन, र चिहानले उनलाई रोक्न सकेन।
एकदिन, परमेश्वरको घोषणा गरिएको, स्वर्गदूतहरूद्वारा स्वीकार गरिएको, सन्तहरूद्वारा अति प्रेम गरिएको, र शैतान भयभीत भएको, बौरी उठेको, व्यक्तिगत ख्रीष्ट, हाम्रा प्रभु र मुक्तिदाताको रूपमा उनी स्वर्गीय महिमाको सर्वोच्च शिखरमा उभिनेछन।
उनको नाउँ हो, येशू ख्रीष्ट!
Source :
https://www.challies.com/quotes/the-incomparable-christ/

No comments:
Post a Comment