याे पुस्तककाे मुख्य बिषयवस्तु परमेश्वरको हृदयकाे याेजना, मानिसको अवस्था, मुक्तिको बाटो र पापीहरूको सर्वनाशकाे बारेमा छ।
यसको सिद्धान्तहरू पवित्र छन, यसको वचनहरू अनिवार्य छन, यसको इतिहासहरू सत्य छन र यसको निर्णयहरू अपरिवर्तनीय छन।
बुद्धिमानी हुन यसलाई पढ्नुहोस, सुरक्षित हुन विश्वास गर्नुहोस, र पवित्र हुन अभ्यास गर्नुहोस।
याे तपाईलाई दाेहाेर्याउनको लागि प्रकाश हाे, बलियो बनाउनकाे लागि भाेजन हाे र सान्त्वना दिनकाे लागि जयध्वनि हाे।
यो यात्रीको लागि नक्सा, तीर्थयात्रीको लागि लाैराे, पाइलटको लागि कम्पास, सैनिकको लागि हतियार र एक ख्रीष्टियनकाे लागि अधिकार पत्र हो।
यहाँ स्वर्गलाेक पुनर्स्थापित गरिएको छ। स्वर्ग खाेलिएकाे छ र नरककाे ढोकाहरू बन्द छ।
यसको मुख्य बिषयवस्तु येशू ख्रीष्ट हुनुहुन्छ। हाम्रो भलाईकाे निम्ति याे तयार गरिएको छ र परमेश्वरको महिमा यसको अन्तिम लक्ष्य हो।
यसले हाम्रो बुद्धि भर्नुपर्छ, हृदयमा शासन गर्न दिनुपर्छ, खुट्टालाई मार्गनिर्देशन गर्न दिनुपर्छ। यसलाई बिस्तारै, बारम्बार र प्रार्थनापूर्वक पढ्नुपर्छ।
यो धनको खानी हाे, स्वर्गकाे गौरव हाे र आनन्दको नदी हो।
यो तपाईकाे जीवनमा दिइएको छ, न्यायकाे दिनमा खोलिनेछ र याे सधैंभरि रहिरहनेछ।
यसमा सबैभन्दा ठूलो जिम्मेवारी समावेश छ, यसले सबैभन्दा धेरै परिश्रम गर्नेलाई पुरस्कृत गर्नेछ र जसले यसको पवित्र बिषय वस्तुहरूलाई हल्का रूपमा लिन्छ र थपघट गर्छ, तिनीहरू सबैलाई दण्ड दिनेछ।
र अन्तमा तपाईंकाे निम्ति याे प्रश्न छ कि,
के तपाईंले परमेश्वरकाे पवित्र वचन बाइबल अध्ययन गर्नुभयाे ?
यसकारण २ तिमोथी 3:16-17 मा लेखिएको छ,
“सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस।”

No comments:
Post a Comment